तुलसीले यसअघि पटकपटक दक्षिण कोरिया र जापानका विभिन्न सहरमा गएर लोकवार्ता र कविताबारे प्रवचन दिएका छन्, नेपाली कवितालाई चिनाएका छन् र नेपाली लोकवार्ताका बारेमा गहन व्याख्यान दिएका छन्।
कुनै पनि व्यापार, व्यवसायमा आर्थिक कारोबार गर्दा चेकबाट हुन्छ । व्यक्तिव्यक्तिबीच हुने रकम लेनदेन पनि चेकबाट हुने गरेको पाइन्छ । तर, आफ्नो बैंक वा वित्तीय संस्थाको खातामा पर्याप्त रकम नै नहुने अवस्थाले गर्दा चेक अनादर हुने घटना धेरै बढेका छन् । अदालतमा यस सम्बन्धमा प्रशस्त मुद्दा परिरहेका छन् ।
भारत र बेलायतको विनिमेय अधिकारपत्रसम्बन्धी कानूनले चेकलाई नि:शर्त प्रतिज्ञापत्रका रूपमा मानेको छ । नेपालको विनिमेय अधिकार पत्र ऐन, २०३४ ले चेकलाई नि:शर्त विनिमेयपत्र मानेको छ । चेक कुनै बैंक उपर खिचिएको विनिमेय अधिकारपत्र हो, जसको भुक्तानी माग्नासाथ दिनुपर्छ । त्यसैले आर्थिक कारोबारमा धारकले चेकमा उल्लिखित रकम र त्यसको ब्याज विनाशर्र्त भराई लिन पाउँछ । यो धारकको अधिकारभित्र पर्छ ।
खातामा पर्याप्त रकम नभएको जानीजानी चेक जारी गरेमा चेक अनादर हुन जान्छ । चेकको ड्रयीले भुक्तानी दिनु पर्ने रकमको भुक्तानी नदिएमा सो चेक भुक्तानी दिन इन्कार गरी अनादर गरेको मानिने गरी विनिमेय अधिकारपत्र ऐनको दफा ६५ मा व्यवस्था गरिएको छ । चेक अनादर भएको सूचना उक्त चेकसँग सम्बद्ध सबै पक्षलाई दिनुपर्छ । चेकको भुक्तानी धारकलाई दिनुपर्छ । कुनै बैंक उपर खिचिएको चेकको हकमा उक्त चेक खिचिएको मितिले ६ महीनाभित्र भुक्तानीको लागि बैंकसमक्ष प्रस्तुत गर्नुपर्छ । त्यसो नगरिएमा उक्त चेकको भुक्तानी दिन बैंक बाध्य हुने छैन ।
चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई दिने गरी विनिमेय अधिकारपत्र ऐनको दफा १०७ क मा व्यवस्था गरिएको छ । यसैलाई आधार मानी चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाविरुद्ध चेकमा उल्लिखित रकम र ब्याजको दाबी गरी दफा १०८ को हदम्याद ५ वर्षभित्र सम्बद्ध जिल्ला अदालतमा नालिस गर्न पाउँछ । यो कानूनी व्यवस्था प्रचलनमा रहँदारहँदै चेक अनादरको विषयलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ जारी भएपछि बैंकिङ कसुरका रूपमा पनि जोड्ने गरेका छन् । यसको दफा ३ (ग) अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी रकम भुक्तानी माग गरेमा बैंकिङ कसुर हुन्छ । त्यस्तो कसुरमा सोही ऐनको दफा १५(१) बमोजिम बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महीना कैद हुन्छ ।
कानूनमा चेक अनादरको स्पष्ट परिभाषा गरिएको छैन । सामान्यता चेकमा उल्लेख भएको रकम आफ्नो खातामा नभएमा, चेकको दस्तखत खाताको दस्तखतसँग नमिलेमा, चेक केरमेट भएको वा मिति, अंक, अक्षर वा मसी फरक परेको, म्याद नाघेको वा भविष्यको मिति रहेको, खाता बन्द भएको, बैंकको क्लियरिङ छाप नभएको, दरपीठ अनियमित भएको चेक बैंक तथा वित्तीय संस्थाबाट अनादर हुन सक्छ । बैंकसमक्ष प्रस्तुत गरेको चेकको भुक्तानी दिन बैंकले इन्कार गरेमा (ने.का.प.२०७०, नि.नं. ८९५०) र आफैले जारी गरेको चेकबाट हुने भुक्तानीमा अवरोध खडा गरेमा (ने.का.प.२०६७, नि.नं. ८३६१) चेक अनादर भएको मानिन्छ । खातामा पर्याप्त निक्षेप नभएमा बैंक वा वित्तीय संस्थाबाट चेक अनादर हुन्छ । चेक अनादर भएमा नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७८ को प्रक्रिया अपनाई चेक काट्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई कालोसूचीमा राख्न सक्छ । यसको लागि बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा कर्जा सूचना केन्द्रमा लेखी पठाउनुपर्छ । यस कार्यले चेकको रकम भुक्तानीसम्बन्धी विवाद छिटो समाधान हुन्छ ।
बैंकिङ कसुरको मुद्दामा चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको कारण सम्बद्ध बैंकबाट चेक अनादरसम्म भएको (ने.का.प.२०७२, नि.नं. ९४५२) व्याख्या गर्दै सर्वोच्च अदालतबाट अभियोगपत्र नै खारेज गरिदिएको अवस्था छ । खातामा रकम नभएको चेक काटी दिएको कार्यलाई अदालतले बैंकिङ कसुर मानेको छैन । (ने.का.प.२०७५, नि.नं. १०१३७) त्यस्तै अर्को बैंकिङ कसुर मुद्दामा खातामा रकम नभएको जानीजानी चेक काटी दिने कार्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) ले निषेध गरेको कार्य ठहराई प्रतिवादीलाई विभिन्न मितिमा जारी गरेको दुईओटा चेकको दायित्व वहन गर्न लगाइएको र दफा १५ (१) बमोजिम १ महीना कैद र बिगो भराई जरीवाना हुने गरी २०७९ वैशाख २२ गते अदालतबाट फैसला भएको छ । यो फैसला पछि खातामा पर्याप्त रकम नभएको जानीजानी चेक जारी गरेको अवस्थामा पीडितले विनिमेय अधिकारपत्र ऐन वा बैंकिङ कसुर तथा सजाय ऐनमध्ये कुनै एक कानूनी व्यवस्था अवलम्बन गर्न पाउने र अदालतले पनि सोही व्यवस्थामा केन्द्रित भई निर्णय दिनुपर्ने देखिएको छ । फैसलाले बहुउपचारको मार्गलाई स्वीकार गरेको छ । छिटो न्याय प्राप्तिका लागि यस किसिमको विवाद मिलापत्रबाट समेत टुंगिन सक्छ ।
विनिमेय अधिकारपत्र ऐन र बैंकिङ कसुर तथा सजाय ऐन फरकफरक कानून भएको र उद्देश्यमा पनि भिन्नता रहेको छ । बैंकिङ कसुर वित्तीय प्रणालीलाई हानिनोक्सानी पार्नेतर्फ लक्षित देखिन्छ । अहिले दुवै कानून प्रचलनमा रहेको हुँदा पीडितले आफू अनुकूल कानूनी उपचार माग्ने अभ्यास हुँदै आएको छ ।
कारोबारको क्रममा चेकलाई नगदको सट्टामा जारी गरिने हुँदा कागजसरह यसको अवमूल्यन गर्नु राम्रो मानिँदैन । बैंक तथा वित्तीय संस्थाको आफ्नो खातामा निक्षेप पर्याप्त रहेको यकीन गरेर मात्र चेक जारी गर्नुपर्छ । चेक अनादर हुनु भनेको व्यापार, व्यवसायमा आफ्नो विश्वास, इज्जत र प्रतिष्ठा गुमाउनु हो भने कानूनको उल्लंघन पनि हो । चेक कानूनद्वारा मान्यताप्राप्त विनिमेय अधिकारपत्र भएकाले कसैको नाममा चेक जारी गर्दा यसका विविध सामाजिक, आर्थिक तथा कानूनी पक्षका बारेमा अवश्य ख्याल गर्नुपर्छ ।
लेखक अधिवक्ता हुन् ।
पूूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने गौशालाचोक नजिकै करिब ३० वर्षीय युवा मृत फेला परेका छन् । अक्षर सङ्केत उडेको ८३४२ नम्बर देखिने मोटरसाइकल शव नजिकै लडेको भेटिँदा सो सडक दुर्घटना घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवास (महोत्तरी)ले जनाएको छ ।मृत व्यक्ति जिल्लाकै गौशाला नगरपालिका–१ चिनीमिल चोकका कृष्णप्रसाद दाहाल रहेका पहिचान भएको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए । आज साँझ ५ बजेतिर घटना भएको अनुमान प्रहरीले गरेको छ । राजमार्गमा युवालाई लडेको देखेपछि नजिकको सशस्त्र प्र
पूूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने गौशाला चोक नजिकै करीब ३० वर्षीय युवा मृत फेला परेका छन् ।
अक्षर संकेत उडेको ८३४२ नम्बर देखिने मोटरसाइकल शव नजिकै लडेको भेटिँदा सडक दुर्घटना घटना भएको इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीले जनाएको छ ।
मृत व्यक्ति जिल्लाकै गौशाला नगरपालिका–१ चिनीमिल चोकका कृष्णप्रसाद दाहाल रहेका पहिचान भएको प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए ।
शनिवार साँझ ५ बजेतिर घटना भएको अनुमान प्रहरीले गरेको छ । राजमार्गमा युवालाई लडेको देखेपछि नजिकको सशस्त्र प्रहरी बिटका सशस्त्र ...
स्कुल जीवनमा तपाईंले पनि आफ्नो हेन्डराइटिङ (अक्षर) सुधार्न भनेर थुप्रैपटक शिक्षकको ‘गाली’ खानुभएको होला । स्कुले जीवन वितेको धेरैपछि पनि तपाईलाई यो कुरा याद होला ।
तर के तपाईंले ध्यान दिनुभएको थियो कि तपाईको टिचरले तपाईलाई ‘अक्षर सुधार्न’ भन्नुभएको थियो, कहिल्यै पनि ‘अक्षर बदल्न’ भनेर भन्नुभएन् ! यसको सीधा कारण यो हो कि हामी प्राकृतिक चीजलाई पूर्णरुपमा बदल्न सक्दैनौं ।
ज्योतिषशास्त्र र समुद्रशास्त्रमा पनि मानिसको स्वभासँग जोडिएका कैयौं कुराको उल्लेख गरेको पाइन्छ । जसमध्येको एक हो व्...
शेयरबजारमा बेलाबेलामा विभिन्न विषयमा चर्चा आइरहन्छ । यसपटक भित्री कारोबारले चर्चा पाएर जस्तोसुकै घटनालाई पनि भित्री कारोबार भयो भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत परेको छ । कुनै कम्पनीको शेयरको भाउ, संख्या, कारोबार संख्या घट्दा वा बढ्दालगायत जुनसुकै अवस्थालाई पनि भित्री कारोबार भन्ने गरिएको पाइन्छ । शेयरबजारमा हुने भित्री कारोबार विश्वव्यापी समस्या हो । शेयरबजारमा भित्री मात्र होइन, अन्य प्रकारका कारोबार पनि हुन्छन् । अन्य प्रकारका कारोबारलाई पनि भित्री कारोबारै भन्ने गरिएको छ । एकै अक्षर भएको वाक्यमा एउटा डिकोले अर्थ फरक पार्छ । उदाहरणका लागि ‘बढिरहेको छ’ र ‘बढी रहेको छ’ को अर्थ एकै हुँदैन । पहिलो वाक्यले ‘बढ्दै छ, रोकिएको छैन’ र दोस्रो वाक्यले ‘तुलनामा बढी छ’ भन्ने अर्थ दिन्छ । सर्वाधिक चर्चामा आएको सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर खरिदबिक्री प्रकरण र बोर्डले प्रकाशन गरेको ५१ कम्पनीको सूची फरकफरक विषय भए पनि यी दुवैलाई भित्री कारोबार भन्दै प्रचार भएको छ ।
शेयरबजारमा हुने भित्री कारोबार विश्वव्यापी समस्या हो । शेयरबजारमा भित्री मात्र होइन, अन्य प्रकारका कारोबार पनि हुन्छन् । अन्य प्रकारका कारोबारलाई पनि भित्री कारोबारै भन्ने गरिएको छ ।
भित्री कारोबारको सैद्धान्तिक पक्ष
भित्री कारोबार हुनका लागि पहिलो शर्त कम्पनी स्टक एक्सचेन्जमा सूचीकरण भएर निरन्तर कारोबार हुनुपर्छ । भित्री कारोबारसम्बन्धी विषयको उठान सूचीकरण भइसकेपछि सक्रिय हुन्छ । मूल्य संवेदनशील सूचनाको आधारमा भित्री कारोबार हुन्छ । सूचीकृत कम्पनीमा उत्पन्न हुने सबै सूचना मूल्य संवेदनशील हुँदैन । सूचीकृत कम्पनीमा उत्पादन हुने सूचनाले शेयरको मूल्य बढ्छ वा घट्छ भने यस्ता सूचनालाई मूल्य संवेदनशील सूचना भनिन्छ । यस्ता सूचनामा पहुँच हुने कुनै पनि व्यक्तिले त्यस्ता सूचना चुहाई आफूले वा आफ्ना इष्टमित्रमार्फत गर्ने कारोबार भित्री कारोबार हो । कानूनमा पनि यस्तै कुरालाई लिपिबद्ध गरिएको हुन्छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ दफा ९१(१) मा ‘कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने सार्वजनिक नभएका भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरूलाई कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ’ भनिएको छ । यसैको स्पष्टीकरणमा ‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने कुनै कम्पनीबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्नसक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ’ भनेको छ ।
भित्री कारोबारमा को को संलग्न हुन सक्छन् भन्ने विषयमा ऐनको दफा ९२ मा (१) कम्पनीका सञ्चालक, कर्मचारी वा शेयरधनी, (२) उक्त कम्पनीलाई पेशागत सेवा प्रदान गर्ने व्यक्ति–बाह्य लेखापरीक्षक, कानूनी सल्लाहकार आदि) र (३) माथि (१) र (२) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्नेलाई सूचना र जानकारीमा पहुँच भएको व्यक्ति (लेखापरीक्षण वा ल फर्मको कर्मचारी, संचालक, शेयरधनी वा कर्मचारीको नातेदार आदि) मानिएको छ । यस्ता सूचनामा पहुँच हुने व्यक्तिमा सरकारी निकायका कर्मचारी (कर कार्यालय, कम्पनी रजिस्ट्रार कार्यालय), शेयर रजिस्ट्रार, केन्द्रीय निक्षेपक, स्टक एक्सचेन्ज, विषयगत नियामक र पूँजीबजार नियामकका कर्मचारी पनि पर्न सक्छन् । यिनको विषयमा ऐनमा उल्लेख नभए पनि सूचनामा पहुँच हुनसक्ने व्यक्ति हुन् ।
रजत र राजारत्नम्
भित्री कारोबार कस्तो हुन्छ बुझ्न भारतीय र श्रीलंकाली मूलका अमेरिकी नागरिक क्रमशः रजत गुप्ता र राज राजारत्नम्को घटना पर्याप्त छ । गुप्ता गोल्डम्यान स्याक्स नामक इन्भेस्टमेन्ट बैंकका सञ्चालक थिए । उनले २३ सेप्टेम्बर २००८ का दिन बैंकको सञ्चालक समितिको बैठक सकिएको १६ सेकेन्डपछि वारेन बफेटले ५० लाख डलर गोल्डम्यानमा लगानी गर्न लागेको सूचना राजारत्नमलाई दिए । २३ अक्टोबरमा फेरि गुप्ताले राजारत्नम्लाई बैठक सकिएको २३ सेकेन्डपछि गोल्डम्यानको आम्दानी नकारात्मक हुँदै छ भन्ने जानकारी गराए । गुप्ताले २००९ जनवरीमा पनि आफू सञ्चालक रहेको प्रोक्टर एन्ड ग्याम्बल कम्पनीको आम्दानी नकारात्मक हुने सूचना राजारत्नम्लाई दिएका थिए ।
गुप्ताले पहुँचको आधारमा सूचनाको दुरुपयोग (भित्री कारोबार) गरेको आरोपमा २४ अक्टोबर २०१२ मा यूएस सेक्युरिटीज एक्सचेन्ज कमिशनले २५ वर्षको जेलसजाय माग गरे पनि अदालतले २ वर्षको जेल सजाय सुनाएको थियो । जेल सजाय भुक्तान गरेपछि पनि उनलाई आफ्नै घरमा सन् २०१६ मार्चसम्म नजरबन्द गरियो । रजत गुप्ताको गतिविधि सम्बन्धमा कमिशनले छानविन गरिरहेको थियो । हेज फन्डका म्यानेजर रहेका राजारत्नम् ११ वर्षको जेलसजाय भोगिरहेका छन् । उनको ग्यालियन ग्रूप कम्पनी बन्द गरिएको छ ।
झुनझुनवाला र अमेरिकी अदालत
भारतका अर्बपति शेयर कारोबारी राकेश झुनझुनवाला र उनकी पत्नीसहित ८ जनालाई आफ्नै शैक्षिक कम्पनी एपटेकले प्राथमिक विद्यालय सञ्चालन गर्ने निर्णय गरेर उक्त सूचना सार्वजनिक हुनुअघि शेयर किनेर भित्री कारोबार गरेको भन्दै सेक्युरिटीज एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले ३७ करोड भारतीय रुपयामा जरीवाना गरेको थियो ।
अमेरिकी अदालतले यूएस सेक्युरिटीज एक्सचेन्ज कमिशनविरुद्ध टेक्सास गल्फ सल्फर कम्पनीविरुद्धको मुद्दामा यदि कोही व्यक्तिसँग कुनै भित्री सूचना छ भने त्यसलाई प्रकट गर्नुपर्छ वा त्यसबाट आफू अलग हुनुपर्छ भन्ने निर्णय दिएको थियो । कम्पनीले क्यानाडामा खानी उत्खनन गरेको थियो । उत्खनन गर्दा खानीको मात्रा प्रशस्त भेटिने हुँदा वरपरको जग्गा लिने निर्णय गर्यो । यसमा संलग्न १२ जना कर्मचारी र अन्य बाह्य व्यक्तिले उक्त सूचना पाएपछि कम्पनीको शेयर किनेका थिए । यो सूचना बाहिर आउनुअघि नै गरिएको कारोबारलाई अदालतले भित्री कारोबारमा दोषी ठहर गरेको थियो ।
सर्वोत्तम र ५१ कम्पनी
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भित्री कारोबार गरेको भन्ने आरोप लागे पनि संसदको अर्थ समितिले ‘अनैतिक कार्य’ गरेको निष्कर्ष निकाल्दै निलम्वन गरी छानविन गर्न सरकारलाई आदेश दियो । सरकारले गठन गरेको छानविन समितिले सर्वोत्तमको शेयर कारोबार र ५१ कम्पनीको सूची प्रकाशलाई ‘भित्री कारोबार’ भनेर प्रतिवेदन दिए पनि माथिका विभिन्न अनुच्छेदमा वर्णित भित्री कारोबारका सैद्धान्तिक, कानूनी र अदालती निर्णयको आधारमा दुवै कार्य भित्री कारोबार होइन । पुनरावेदन अदालतका पूर्वन्यायाधीशको छानविन समितिले दिएको प्रतिवेदन सार्वजनिक नभएको हुँदा के निष्कर्ष आयो जानकारी हुन सकेको छैन । सर्वोत्तमका शेयरधनीलाई कानूनले वर्जित नगरेको अवस्थामा शेयर विक्री गर्न रोक छैन । तर, नियमन निकायको सर्वोच्च पदमा आसीन व्यक्तिलाई नातेदारको नाममा सूचीकरणमा आउन लागेको कम्पनीको शेयर किन्ने (उपहारमा लिने) हक हुँदैन । ढुंगानाले सर्वोत्तमको शेयर नातेदारको नाममा किन्नु (उपहार लिनु) अनैतिक कारोबार हो भने ५१ कम्पनीको सूची प्रकाशन गरेर कसैलाई लाभ पुर्याउने हेतुले गरिएको बदनियतपूर्ण कार्य हो । ढुंगानाले गरेका यी दुवै कार्य गम्भीर प्रकृतिको वित्तीय कसुर भएको हुँदा पश्चातदर्शी कानून बनाएर भए पनि ढुंगानालाई आर्थिक दण्डयुक्त कारवाही गर्नुपर्छ । सर्वोत्तमको शेयर जफत गरी राज्यले विक्री गर्नुपर्छ । यही कुरा स्टक एक्सचेन्जको तत्कालीन कार्यकारी प्रमुख चन्द्रसिंह साउदको हकमा पनि लागू गर्नुपर्छ ।
लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।
लिखतको अर्थ लेखिएको भन्ने हो । व्यक्तिहरूका बीचमा कुनै पनि विषयलाई लेखबद्ध गरी राखिएको कागज नै लिखत हो । कुनै पनि पक्षहरूका बीचमा लिखत तयार पार्दा जुन विषयको लिखत तयार गर्ने हो त्यसका बारेमा स्पष्ट रूपमा खुलाई कुनै अशुद्धि र केरमेट नहुने गरी छापेर, टाइप गरेर वा हातले लेखेर तयार पार्नुपर्छ र त्यस्तो लिखतमा सम्बद्ध व्यक्ति अर्थात् कारणीले सहीछाप गर्नुपर्छ । यसअन्तर्गत लेनदेन व्यवहार, सम्पत्ति हस्तान्तरण, धितो बन्धक, धर्मपुत्र र धर्मपुत्रीसम्बन्धी, करार, अख्तियारनामा, मञ्जुरनामाका साथै सरकारी कार्यालय वा संगठित संस्था वा अदालतमा पेश हुने फिराद, प्रत्युत्तर, निवेदन र दरखास्तसमेत लिखत हो । यसै गरी सरकारी कार्यालय वा संगठित संस्थाबाट जारी हुने कानूनी हक वा दायित्व सृजना गर्ने वा नगर्ने सबै किसिमका लिखत यसैअन्तर्गत पर्छ ।
लेख्न पढ्न नसक्ने व्यक्तिलाई लिखतमा सहीछाप गराउँदा त्यस्तो व्यक्तिले चाहेमा निजले रोजेको व्यक्तिको रोहवरमा गराउनुपर्छ । त्यसरी रोहवरमा राखेकोमा रोहवरमा रहने व्यक्तिको निजले रोजेको बेहोरासमेत सोही लिखतमा जनाई सहीछाप गराउनुपर्छ ।
मुलुकी देवानी कार्यविधि संहिता २०७४ को परिच्छेद ४ अन्तर्गत दफा २८ देखि ४६ सम्म लिखतका सम्बन्धमा व्यवस्था गरिएको छ ।
दफा २८. लिखत तयार गर्दा रीत पुर्याउनुपर्ने : (१) लिखत तयार गर्दा जुन विषयको लिखत तयार गरिने हो त्यो विषय स्पष्ट रूपमा खुलाई त्यसमा कुनै अशुद्धि र केरमेट नहुने गरी छापी टाइप गरी वा हातले लेखी तयार गनुपर्नेछ र त्यस्तो लिखतसँग सम्बद्ध कारणीले सहीछाप गर्नुपर्नेछ । स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि (क) लिखत भन्नाले देहायका लिखत सम्झनुपर्छ । (१) घर व्यवहारमा हुने सबै किसिमका लेनदेन व्यवहार, सम्पत्ति हस्तान्तरण वा धितो बन्धक दिने गरी भएको लिखत, (२) धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी लिखत, (३) करार, (४) अख्तियार दिएको लिखत, अख्तियारनामा, मञ्जुरीनामा वा त्यस्तै प्रकृतिका अन्य कागज, (५) सरकारी कार्यलय वा संगठित संस्थामा पेश हुने कुनै पनि लिखत, (६) अदालतमा पेश हुने फिरादपत्र, प्रत्युत्तरपत्र, पुनरावेदनपत्र, निवेदनपत्र, दरखास्तलगायत जुनसुकै किसिमको लिखत, (७) सरकारी कार्यालय वा संगठित संस्थाबाट जारी हुने लिखत, (८) कानूनी हक वा दायित्व सृजना गर्ने वा नगर्ने अन्य कुनै लिखत । (ख) ‘कारणी’ भन्नाले लिखतको बेहोराबाट सहीछाप गर्नुपर्ने जिम्मेवारी भएको व्यक्ति सम्झनुपर्छ । (ग) ‘सरकारी कार्यालय’ भन्नाले अदालत, नेपाल सरकार वा प्रदेश सरकारको कार्यालय वा संवैधानिक निकाय सम्झनुपर्छ र उक्त शब्दले नेपाल सरकार वा प्रदेश सरकारको बजेट, अनुदान वा संलग्नता रहेको कुनै कार्यालय वा स्थानीय तहको कार्यालयलाई समेत जनाउँछ । (घ) ‘संगठित संस्था’ भन्नाले नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्था, कानूनबमोजिम स्थापित संस्था, कम्पनी वा गुठी सम्झनुपर्छ र त्यस शब्दले विश्वविद्यालय, महाविद्यालय वा विद्यालयसमेत जनउँछ । (२) उपदफा (१) बमोजिमका लिखत तयार गर्दा कारणबश अशुद्ध भएमा वा बेहोरा फरक परी सच्याउनुपरेमा जुन वाक्य, शब्द, अंक वा अक्षर सच्याउनुपर्ने हो सोही वाक्य, शब्द, अंक वा अक्षर फरक परेको देखिने गरी केरी वा संकेत गरी जेजस्तो वाक्य, शब्द, अंक वा अक्षर रहनुपर्ने हो त्यसरी केरिएको ठाउँभन्दा लगत्तै माथि वा तल लेखी सच्याउनुपर्नेछ र त्यसरी केरिएको वा सच्याएको प्रत्येक ठाउँमा सम्बद्ध कारणीले सहीछाप गर्नुपर्नेछ । (३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै लिखत केरमेट गरी सच्याउन नसकिने भएमा वा सकिने भएमा पनि सच्याइएको व्यहोराबाट द्विविधा वा शंका उत्पन्न हुने भएमा वा कानूनबमोजिम प्रमाणीकरण गर्नुपर्ने लिखत भए त्यस्तो लिखतको सट्टा अर्को छुट्टै लिखत तयार गर्नुपर्नेछ ।
(४) उपदफा (१) बमोजिमको लिखतमा कुनै रकम उल्लेख गर्नुपर्दा अंक र अक्षर दुवैमा उल्लेख गर्नुपर्नेछ । (५) उपदफा (४) बमोजिम कुनै रकम खुलाउँदा अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको बेहोरा मान्य हुनेछ । भनी लिखत तयार पार्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गरिएको छ । लिखत तयार पारेपछि सम्बद्ध व्यक्तिहरूले लिखतमा सहीछाप गर्नुपर्ने हुन्छ, त्यसरी सहीछाप गर्दा वा गराउँदा लेख्न जान्नेले आफ्नो नाम, थर, वतन लेखी हस्ताक्षर गर्नुपर्ने हुन्छ, लेख्न नजान्नेले दुवै हातको बूढीऔंलाको ल्याप्चे सहीछाप गर्नुपर्छ भने सरकारी कार्यालय वा संगठित संस्थाबाट जारी हुने लिखतमा भने सम्बद्ध अधिकारीले आफ्नो नाम दर्जा खुलाई हस्ताक्षर गरी मितिसमेत उल्लेख गरी अड्डाको छाप लगाउनुपर्छ । एउटै विषयको लिखत एकभन्दा बढी पृष्ठको भए प्रत्येक पृष्ठको शिर र पुछारमा हस्ताक्षर गर्नुपर्छ भन्ने व्यवस्था दफा २९ र ३० ले गरेको छ ।
लेख्न पढ्न नसक्ने व्यक्तिलाई लिखतमा सहीछाप गराउँदा त्यस्तो व्यक्तिले चाहेमा निजले रोजेको व्यक्तिको रोहवरमा गराउनुपर्छ । त्यसरी रोहवरमा राखेकोमा रोहवरमा रहने व्यक्तिको निजले रोजेको बहोरासमेत सोही लिखतमा जनाई सहीछाप गराउनुपर्छ भन्ने व्यवस्था दफा ३५ मा गरिएको छ ।
यसै गरी हस्ताक्षर वा ल्याप्चे सहीछाप गर्नुपर्ने ५० हजार रुपैयाँभन्दा बढी रकमको नेपालभित्र घरसारमा तयार भएको लिखत सम्बद्ध पक्षहरू स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयबाट सक्कल लिखतको शिरमा त्यस्तो कार्यालयबाट प्रमाणित गराउनुपर्छ र त्यसरी प्रमाणित गर्दा कारणीहरूलाई पनि सहीछाप गराउनुपर्छ । सहीछाप गर्न नसक्ने कारणीका हकमा त्यस्तो सहीछाप गर्नुपर्ने व्यक्तिको हकमा संरक्षक वा माथवरलाई रोहवरमा राखी सहीछाप गराउनुपर्ने कानूनी व्यवस्था छ । त्यसरी लिखत प्रमाणित गरेबापत त्यस्तो कार्यालयले २ सय रुपैयाँसम्म दस्तुर लिन सक्ने व्यवस्था दफा ३६ ले गरेको छ । त्यसअनुरूप रीत नपुगेको लिखत अदालतबाट कार्यान्वयन हुन सक्दैन । लिखत तयार पार्दा कारणीको स्पष्ट पहिचान जस्तो तीनपुस्ते विवरण, पति या पत्नीको नाम, ठेगाना, नागरिकता नम्बरका साथै विदेशी व्यक्ति भए राहदानीलगायत परिचय खुल्ने सम्पूर्ण विवरण उल्लेख हुनुपर्छ । माथवर वा संरक्षकको रोहवरमा लिखत गराउँदा पनि ती सबै कुरा आवश्यक पर्ने व्यवस्था दफा ३७ मा गरिएको छ भने संगठित संस्थाको हकमा त्यस्तो संस्थाको स्पष्ट पहिचान खुुुुल्ने विवरण साथै संस्थाको छाप अनिवार्य हुन्छ ।
लिखत कुन ठाउँमा तयार पारेको हो त्यो ठाउँ र मिति स्पष्ट लेखिनुका साथै करार गर्नयोग्य कम्तीमा दुईजना साक्षी आवश्यक पर्छ । लिखत कारणी आपैmले लेखेको भए सोही बेहोरा र अन्यले मस्यौदा गरेको भए मस्यौदाकारको नामका साथै स्पष्ट पहिचान खुल्नुपर्छ । कानूनबमोजिम रीत पुगेको लिखतले मात्र कानूनी मान्यता प्राप्त गर्छ । कुनै लिखत कारणी स्वयम आफ्नै हस्ताक्षरले लेखेको रहेछ र उक्त कुरा प्रमाणित भएमा त्यस्तो लिखतले पनि मान्यता पाउँछ । विद्युतीय माध्यमबाट कुनै लिखत तयार गर्न सकिने गरी व्यवस्था भएकोमा त्यसरी तयार भएको लिखतलाई पनि रीतपूर्वक नै भएको मानिने व्यवस्था ऐनले गरेको छ । साविकको मुलुकी ऐन २०२० को कागज जाँचको महलमा यस सम्बन्धमा व्यवस्था गरिएको थियो भने त्यसैको परिमार्जित रूप यो ऐनमा आएको छ । यसरी मुलुकी देवानी कार्यविधि संहिता २०७४ ले व्यक्तिहरूका बीचमा लिखत तयार पार्दा अपनाउनुपर्ने कार्यविधिका बारेमा स्पष्ट व्यबस्था गरेको छ ।
लेखक अधिवक्ता हुन् ।
जिन्दगीका उकालीओरालीमा, भञ्ज्याङ र देउरालीमा अनगिन्ती मानिसहरू भेटिन्छन् । अनेक प्रकारका घटनाहरू घट्छन् । तर ती सबै मानिस र घटनाहरू हाम्रो संझनामा रहिरहँदैनन् । कुनै क्षणभरमै बिर्सिएर जान्छन् । कुनै महिना वर्षमा
बिर्सिइन्छन् । कुनै व्यक्ति वा घटना भने यस्ता हुन्छन् कि हाम्रो मानसपटलमा कहिल्यै नमेटिने ढुङ्गाका अक्षर जस्ता अमिट रहन्छन् । अविस्मरणीय हुन्छन् । तिनै अविष्मरणीय व्यक्तिमध्ये मेरो स्मृति विम्वमा हुनुहुन्छ वरिष्ठ साहित्यकार ,पत्रकार,बहुमुखी प्रतिभाका धनी, स्रष्टा, द्रष्टा आदरणीय विनय कसजू सर ।
स्वस्थानी व्रतकथा नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको छ । पौराणिक कथा स्वस्थानीमा तत्कालीन समयको ग्रामीण सामाजिक परिपाटीको प्रत्यक्षीभूत उठान गरिएको छ । समाजमा रहेका सामाजिक उत्पीडनलाई कथाका माध्यमबाट मुखरित गरिएको छ । यतिखेर स्वस्थानी समयसापेक्ष नरहेको आवाज पनि उठ्न थालेको छ । तर, स्वस्थानी कथाले केही दशकअघिसम्म समाजमा साक्षरता अभिवृद्धि गर्न ज्यादै नै ठूलो भूमिका खेलेको थियो । समाजमा स्वस्थानी पढ्न सक्ने व्यक्ति भनेर मानक नै कायम गरिन्थ्यो । कतै–कतै ग्रामीण परिवेशमा आज पनि यो मापदण्डको पुनरावृत्ति सुन्न सकिन्छ । विशेषगरी साँवा अक्षर चिन्ने महिलाले स्वस्थानी व्रत अवधिमा व्रतकथा पढ्ने हुनाले सजिलैसँग चिट्ठीपत्र पढ्न र लेख्न सक्ने, सामान्य पाठ पढ्ने र नाम लेख्न सक्ने हुन्थे । तर, सञ्चारका साधन र पाठ्यसामग्रीको विविधताले पनि अहिले परम्परागत साक्षरताको अध्याय समाप्त भइसकेको छ ।
यसैगरी, स्वस्थानी व्रतकथामा वर्णित पौषशुक्ल पूर्णिमामा हातगोडाका नङहरू काटी, एकचित्त भई, शुद्धसँग व्रत विधिको पालना गर्दै.... आदि जस्ता नियमले सरसफाइलाई विशेष जोड दिएको छ । माघ महिनामा ठण्डा जलले नुहाएर व्रत बस्ने, मध्याह्नमा नदीकिनारमा शिवशक्ति पूजनले शास्त्रीय मान्यताको हठयोग र सिर्जनको पूजालाई सङ्केत गर्छ । प्रकृति र पुरुष एक–अर्काका पूरक हुन् भन्ने रहस्यलाई पनि स्वस्थानी कथाले सौम्य चित्रण गरेको छ । समाजमा रहेका उच्छृृङ्खल क्रियाकलापलाई नियन्त्रित गर्दै एकाग्रता र विधिको पालना गरेर आफ्नो सत्मा बस्दा असम्भव कुरा पनि पूरा हुने वर्णन छ । स्वस्थानमा बसेर वातावरण र शरीरलाई सफा राखेर संयम चित्तमा बसेर परम तत्वको चिन्तन गर्दा मान्छेमा सकारात्मक ऊर्जाको विकास हुन्छ र समाज पनि सकारात्मक दिशातर्फ उन्मुख हुन्छ ।
लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिविरुद्ध मलाई कुनै पनि अक्षर कोर्न मन छैन । र, लेख्दिनँ पनि । राष्ट्रपति व्यक्ति भन्दा पनि संस्था हो । त्यसैले संस्थाले गल्ती गर्दैन भन्ने मेरो मान्यता छ । तर, राष्ट्रपति विद्यादेवी भण्डारी र भण्डारीकै पूर्व पार्टी नेकपा (तत्कालीन नेकपा एमाले) की एक युवा नेतृ रामकुमारी झाँक्रीलाई लिएर सञ्चारमाध्यम र सामाजिक […]
पुस्तकलाई विकसित देशमा 'ज्ञानको महासागर'को रुपमा चिनाइएको पाइन्छ । व्यक्ति, समाज र राष्ट्र अनुसार पुस्तक, अक्षर र पुस्तकालयलाई चिन्ने धेरै आधार हुन सक्छन् । नेपाली समाजमा केही पहिलासम्म 'काला अक्षर भैंसी बराबर' भनेर भनिन्थ्यो । …