चेक अनादरमा कानूनी अभ्यास : यसरी छिटो समाधान हुन्छ भुक्तानीसम्बन्धी विवाद

कुनै पनि व्यापार, व्यवसायमा आर्थिक कारोबार गर्दा चेकबाट हुन्छ । व्यक्तिव्यक्तिबीच हुने रकम लेनदेन पनि चेकबाट हुने गरेको पाइन्छ । तर, आफ्नो बैंक वा वित्तीय संस्थाको खातामा पर्याप्त रकम नै नहुने अवस्थाले गर्दा चेक अनादर हुने घटना धेरै बढेका छन् । अदालतमा यस सम्बन्धमा प्रशस्त मुद्दा परिरहेका छन् ।  भारत र बेलायतको विनिमेय अधिकारपत्रसम्बन्धी कानूनले चेकलाई नि:शर्त प्रतिज्ञापत्रका रूपमा मानेको छ । नेपालको विनिमेय अधिकार पत्र ऐन, २०३४ ले चेकलाई नि:शर्त विनिमेयपत्र मानेको छ । चेक कुनै बैंक उपर खिचिएको विनिमेय अधिकारपत्र हो, जसको भुक्तानी माग्नासाथ दिनुपर्छ । त्यसैले आर्थिक कारोबारमा धारकले चेकमा उल्लिखित रकम र त्यसको ब्याज विनाशर्र्त भराई लिन पाउँछ । यो धारकको अधिकारभित्र पर्छ ।  खातामा पर्याप्त रकम नभएको जानीजानी चेक जारी गरेमा चेक अनादर हुन जान्छ । चेकको ड्रयीले भुक्तानी दिनु पर्ने रकमको भुक्तानी नदिएमा सो चेक भुक्तानी दिन इन्कार गरी अनादर गरेको मानिने गरी विनिमेय अधिकारपत्र ऐनको दफा ६५ मा व्यवस्था गरिएको छ । चेक अनादर भएको सूचना उक्त चेकसँग सम्बद्ध सबै पक्षलाई दिनुपर्छ । चेकको भुक्तानी धारकलाई दिनुपर्छ । कुनै बैंक उपर खिचिएको चेकको हकमा उक्त चेक खिचिएको मितिले ६ महीनाभित्र भुक्तानीको लागि बैंकसमक्ष प्रस्तुत गर्नुपर्छ । त्यसो नगरिएमा उक्त चेकको भुक्तानी दिन बैंक बाध्य हुने छैन ।  चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई दिने गरी विनिमेय अधिकारपत्र ऐनको दफा १०७ क मा व्यवस्था गरिएको छ । यसैलाई आधार मानी चेक जारी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाविरुद्ध चेकमा उल्लिखित रकम र ब्याजको दाबी गरी दफा १०८ को हदम्याद ५ वर्षभित्र सम्बद्ध जिल्ला अदालतमा नालिस गर्न पाउँछ । यो कानूनी व्यवस्था प्रचलनमा रहँदारहँदै चेक अनादरको विषयलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ जारी भएपछि बैंकिङ कसुरका रूपमा पनि जोड्ने गरेका छन् । यसको दफा ३ (ग) अनुसार आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटी रकम भुक्तानी माग गरेमा बैंकिङ कसुर हुन्छ । त्यस्तो कसुरमा सोही ऐनको दफा १५(१) बमोजिम बिगो भराई बिगो बमोजिम जरिवाना र ३ महीना कैद हुन्छ ।  कानूनमा चेक अनादरको स्पष्ट परिभाषा गरिएको छैन । सामान्यता चेकमा उल्लेख भएको रकम आफ्नो खातामा नभएमा, चेकको दस्तखत खाताको दस्तखतसँग नमिलेमा, चेक केरमेट भएको वा मिति, अंक, अक्षर वा मसी फरक परेको, म्याद नाघेको वा भविष्यको मिति रहेको, खाता बन्द भएको, बैंकको क्लियरिङ छाप नभएको, दरपीठ अनियमित भएको चेक बैंक तथा वित्तीय संस्थाबाट अनादर हुन सक्छ । बैंकसमक्ष प्रस्तुत गरेको चेकको भुक्तानी दिन बैंकले इन्कार गरेमा (ने.का.प.२०७०, नि.नं. ८९५०) र आफैले जारी गरेको चेकबाट हुने भुक्तानीमा अवरोध खडा गरेमा (ने.का.प.२०६७, नि.नं. ८३६१) चेक अनादर भएको मानिन्छ । खातामा पर्याप्त निक्षेप नभएमा बैंक वा वित्तीय संस्थाबाट चेक अनादर हुन्छ । चेक अनादर भएमा नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७८ को प्रक्रिया अपनाई चेक काट्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई कालोसूचीमा राख्न सक्छ । यसको लागि बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा कर्जा सूचना केन्द्रमा लेखी पठाउनुपर्छ । यस कार्यले चेकको रकम भुक्तानीसम्बन्धी विवाद छिटो समाधान हुन्छ ।  बैंकिङ कसुरको मुद्दामा चेक काट्ने व्यक्तिको खातामा पर्याप्त रकम नभएको कारण सम्बद्ध बैंकबाट चेक अनादरसम्म भएको (ने.का.प.२०७२, नि.नं. ९४५२) व्याख्या गर्दै सर्वोच्च अदालतबाट अभियोगपत्र नै खारेज गरिदिएको अवस्था छ । खातामा रकम नभएको चेक काटी दिएको कार्यलाई अदालतले बैंकिङ कसुर मानेको छैन । (ने.का.प.२०७५, नि.नं. १०१३७) त्यस्तै अर्को बैंकिङ कसुर मुद्दामा खातामा रकम नभएको जानीजानी चेक काटी दिने कार्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) ले निषेध गरेको कार्य ठहराई प्रतिवादीलाई विभिन्न मितिमा जारी गरेको दुईओटा चेकको दायित्व वहन गर्न लगाइएको र दफा १५ (१) बमोजिम १ महीना कैद र बिगो भराई जरीवाना हुने गरी २०७९ वैशाख २२ गते अदालतबाट फैसला भएको छ । यो फैसला पछि खातामा पर्याप्त रकम नभएको जानीजानी चेक जारी गरेको अवस्थामा पीडितले विनिमेय अधिकारपत्र ऐन वा बैंकिङ कसुर तथा सजाय ऐनमध्ये कुनै एक कानूनी व्यवस्था अवलम्बन गर्न पाउने र अदालतले पनि सोही व्यवस्थामा केन्द्रित भई निर्णय दिनुपर्ने देखिएको छ । फैसलाले बहुउपचारको मार्गलाई स्वीकार गरेको छ । छिटो न्याय प्राप्तिका लागि यस किसिमको विवाद मिलापत्रबाट समेत टुंगिन सक्छ ।  विनिमेय अधिकारपत्र ऐन र बैंकिङ कसुर तथा सजाय ऐन फरकफरक कानून भएको र उद्देश्यमा पनि भिन्नता रहेको छ । बैंकिङ कसुर वित्तीय प्रणालीलाई हानिनोक्सानी पार्नेतर्फ लक्षित देखिन्छ । अहिले दुवै कानून प्रचलनमा रहेको हुँदा पीडितले आफू अनुकूल कानूनी उपचार माग्ने अभ्यास हुँदै आएको छ ।  कारोबारको क्रममा चेकलाई नगदको सट्टामा जारी गरिने हुँदा कागजसरह यसको अवमूल्यन गर्नु राम्रो मानिँदैन । बैंक तथा वित्तीय संस्थाको आफ्नो खातामा निक्षेप पर्याप्त रहेको यकीन गरेर मात्र चेक जारी गर्नुपर्छ । चेक अनादर हुनु भनेको व्यापार, व्यवसायमा आफ्नो विश्वास, इज्जत र प्रतिष्ठा गुमाउनु हो भने कानूनको उल्लंघन पनि हो । चेक कानूनद्वारा मान्यताप्राप्त विनिमेय अधिकारपत्र भएकाले कसैको नाममा चेक जारी गर्दा यसका विविध सामाजिक, आर्थिक तथा कानूनी पक्षका बारेमा अवश्य ख्याल गर्नुपर्छ ।  लेखक अधिवक्ता हुन् । 

सम्बन्धित सामग्री

लगानी विवादमा मध्यस्थको प्रयोग: विवाद छिटो समाधान हुँदा आकर्षण बढ्दो

उद्योग, व्यापार, व्यवसायमा लगानीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । लगानीविना व्यापार, व्यवसायलार्ई गति दिन सकिँदैन । उपयुक्त लगानीपछि मात्र व्यवसायीले बजारमा राम्रो उपस्थिति देखाउन सक्छ । खुला अर्थ व्यवस्थाको शुरुआतपछि नेपालमा निजी लगानीमा थुप्रै उद्योगधन्दा, कम्पनी स्थापना भएका छन् । विदेशी उद्योग, कम्पनीले पनि प्रचलित कानूनको अधीनमा रहेर देशमा लगानी गर्न सक्ने वातावरण बनिसकेको छ । सरकारी लगानीमा पनि कतिपय उद्योग, संस्थानहरू सञ्चालनमा रहेकै छन् । लगानीकै सम्बन्धमा कतिपय अवस्थामा सरकार, उद्योगी, व्यवसायी तथा व्यक्तिहरूबीच एकआपसमा आपूर्ति, उत्पादन, आयात, निर्यात, निर्माण, श्रम, क्षतिपूर्ति, बीमा दाबी आदि विषयमा विवाद उत्पन्न हुने गर्छ । यस किसिमको विवादले व्यावसायिक कारोबारमा नराम्रो असर पर्ने गर्छ । विवादले गर्दा लगानीको सदुपयोग हुन र समयमै लगानी परिचालन गर्न सकिँदैन । यस्तो स्थितिमा लगानीकर्ता विवाद समाधानको लागि अदालती बाटो नरोजी मध्यस्थताको बाटो रोज्न पुग्छन् । व्यावसायिक लगानी तथा कारोबारसम्बन्धी विवादमा मध्यस्थद्वारा विवाद समाधान गराउने प्रचलनले नेपालमा मान्यता पाइसकेको छ ।  विकास योजनालाई सुचारु रूपले कार्यान्वयन गर्न देशमा विकास समिति ऐन, २०१३ जारी भयो । यस ऐनमा २०१४ सालमा दोस्रो संशोधन भएपश्चात् यसको दफा ९ मा मध्यस्थद्वारा विवादको निर्णय हुने व्यवस्था भयो । विकास योजनामा समितिसँग सम्झौता गर्नुपर्छ । त्यस्तो सम्झौता र त्यसलाई कार्यान्वयन गर्ने कुराका सम्बन्धमा उठ्ने झगडालाई निर्णयका लागि मध्यस्थछेउ पठाउनुुपर्ने गरी सम्झौतामा व्यवस्था भएकोमा सोहीअनुसार नियुक्त मध्यस्थले निर्णय गर्नुपर्ने र त्यस्तो झगडालाई हेर्ने र छिन्ने अधिकार कुनै अदालतलाई नहुने गरी मध्यस्थद्वारा विवाद समाधान गराउने प्रचलनको थालनी गरियो । यसको २५ वर्षपछि उद्योग, व्यापार, व्यवसायसँग सम्बद्ध विवादको समाधानका लागि विशेष कानूनका रूपमा मध्यस्थता ऐन, २०३८ बन्यो । यसले लगानी सम्बन्धमा मध्यस्थद्वारा गरिने विवाद समाधानको माध्यमलाई कानूनी मान्यता दिइयो । अहिले यस ऐनलाई खारेज गरी मध्यस्थता ऐन, २०५५ कार्यान्वयनमा रहेको छ । यसले मध्यस्थसम्बन्धी काम, कारबाहीलाई अझ विस्तृत बनाउने काम भएको छ । यस ऐनसँग सम्बद्ध प्राय: दुई प्रकारका विवाद अदालतमा प्रवेश भएको पाइन्छ । पहिलो– मध्यस्थको नियुक्ति र दोस्रो मध्यस्थको निर्णय बदर । ऐनको दफा ३० अनुसार मध्यस्थको निर्णय विवाद नेपाल कानूनबमोजिम मध्यस्थद्वारा निरोपण हुन नसक्ने भएमा र त्यस्तो निर्णय सार्वजनिक हित वा नीति प्रतिकूल हुने भएमा मध्यस्थको निर्णय उच्च अदालतबाट बदर हुन सक्छ । मध्यस्थको निर्णयलाई अदालतले प्रतिस्थापन गर्न मिल्दैन । अन्य वैकल्पिक उपचारको अभावमा सर्वोच्च अदालतमा रिट निवेदन भने लाग्न सक्ने देखिन्छ । मध्यस्थको निर्णयमाथि असाधारण अधिकारक्षेत्रअन्तर्गत रिट निवेदन लाग्ने व्यवस्थाले वैदेशिक लगानीलाई समेत हतोत्साही गर्न सक्ने हुँदा नेपाल मध्यस्थ परिषद् (नेप्का) समेत सम्बद्ध पक्षहरूसँग परामर्श गरी मध्यस्थको निर्णय उपरको सुनुवाइको तह कम र छिटो सुनुवाइ हुने व्यवस्था गर्न भन्दै नेपालको सर्वोच्च अदालतले कृषि सामग्री संस्थानका महाप्रबन्धक कृष्णचन्द्र झाविरुद्ध मिलिमिली इन्टरप्राइजेजका प्रोप्राइटर दिनेशभक्त श्रेष्ठसमेत (नेकाप. २०६६, निनं. ८१२८) भएको उत्प्रेषण मुद्दामा आदेश भएको छ । मध्यस्थ ऐनले नेपालमा विवाद समाधानका लागि सामान्यतया ३ जना मध्यस्थकर्ता रहने र उच्च अदालतले मध्यस्थ नियुक्त गर्न सक्ने कानूनी व्यवस्था गरेको छ । मध्यस्थले सामान्यतया १ सय २० दिनभित्र विवादमा आफ्नो निर्णय दिनुपर्छ । दफा ३० बमोजिम अदालतले आदेश दिएकोमा बाहेक मध्यस्थले आफूसमक्ष सुम्पिएको विषयमा एकपटक निर्णय गरिसकेपछि निर्णयको मूल सारमा असर पर्ने गरी पुन: अर्को निर्णय गर्न हुँदैन । तर, सामान्य प्रकृतिका गणितीय तथा छपाइ त्रुटि सच्याउन सक्छ । मध्यस्थद्वारा विवादको निर्णय भइसकेपछि पक्षहरूले उक्त निर्णयको प्रतिलिपि पाएको मितिले ४५ दिनभित्र कार्यान्वयन गर्नुपर्छ । उक्त अवधिभित्र निर्णय कार्यान्वयन हुन नसकेमा सो म्याद नाघेको ३० दिनभित्र सम्बद्ध पक्षले जिल्ला अदालतमा निवेदन दिर्ई कार्यान्वयन गर्न सक्छ ।  मध्यस्थले आफ्नो अधिकार पक्षहरूबीच भएको सम्झौताबाट प्राप्त गर्छ । पक्षहरूलाई उपस्थित गराउने, कागजपत्र पेश गर्न लगाउने, बयान लिने, बकपत्र गराउने, विशेषज्ञको राय लिने, बैंक ग्यारेन्टी वा जमानत लिने, विवादसँग सम्बद्ध वस्तु, उत्पादन, संरचना, उत्पादन प्रक्रिया वा त्यससम्बद्ध कुराको निरीक्षण गर्ने, नासिने, बिग्रिने चिजवस्तु पक्षहरूसँग परामर्श गरी विक्री गर्ने र आएको रकम धरौटी राख्ने, लिखतको प्रमाणित नक्कल दिने आदि अधिकार मध्यस्थता ऐन, २०५५ को दफा २१ अनुसार मध्यस्थले प्रयोग गर्न पाउँछ । करारीय दायित्वमा मध्यस्थले सम्झौताबाहिर गएर निर्णय दिन मिल्दैन । मध्यस्थलाई कुनै स्वविवेकीय अधिकार हुँदैन । यदि मध्यस्थले सम्झौताको शर्त र व्यवस्थाभन्दा बाहिर गई निर्णय दिन्छ भने त्यस्तो मध्यस्थले आफ्नो लागि अधिकार निर्धारण गरेको मानिन्छ । जब करारअन्तर्गत रही पक्षहरूले अधिकार दिँदैन, तबसम्म मध्यस्थ अधिकारविहीन हुन्छ भन्दै भारतको सर्वोच्च अदालतबाट एशोसिएटेड इन्जिनीयरिङ कम्पनीविरुद्ध आन्ध्र प्रदेश सरकार (एआईआर १९९२, एस.सि. २३२) भएको मुद्दामा व्याख्या भएको छ ।  नेपालमा खास गरी व्यावसायिक लगानीसम्बन्धी विवाद, व्यापारिक कारोबारसम्बन्धी विवाद, विकास निर्माणसँग सम्बद्ध सडक, भवन, पुल आदि कामको ठेक्कापट्टासम्बन्धी विवाद समाधानका लागि मध्यस्थताको प्रक्रिया अवलम्बन गरिँदै आएको छ । नेपाल सरकार र निजीकरणमा सहभागी हुने पक्षबीच निजीकरण सम्झौतामा उल्लिखित कुनै कुरामा विवाद उठेमा त्यस्तो विवादको समाधान छलफलद्वारा हुन नसकेमा मध्यस्थताद्वारा समाधान गर्न सकिने गरी निजीकरण ऐन २०५० मा उल्लेख छ । श्रम ऐन २०७४ अनुसार रोजगारदाता र श्रमिकबीचको सामूहिक मागदाबीसम्बन्धी विवादमा श्रम कार्यालयले मेलमिलाप गराउन नसकेमा मध्यस्थताको माध्यमबाट विवाद समाधान गर्न सक्छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुसार विदेशी लगानीका सम्बन्धमा नेपाली लगानीकर्ता र विदेशी लगानीकर्ताबीचको विवाद पक्षहरूको आपसी छलफल वा वार्ताबाट समाधान हुन नसकेमा सम्झौताबमोजिम नेपालको मध्यस्थता कानूनको आधारमा विवाद समाधान गर्नु पर्छ । औद्योगिक व्यवसाय ऐन, २०७६, नेपाल पेट्रोलियम ऐन, २०४१ जस्ता लगानीसम्बन्धी कतिपय कानूनमा मध्यस्थद्वारा विवाद समाधान गराउने व्यवस्था भएको देखिन्छ ।  लगानीकर्ता लामो समयसम्म आफ्नो लगानी रकम मुद्दामा फसाइ राख्न चाहँदैन । त्यसैले लगानीसम्बन्धी विवाद मध्यस्थद्वारा समाधान गराइन्छ । व्यवसायीहरू यस्ता विवाद अदालतमा प्रवेश गराउँन चाहँदैनन् । यस्ता प्रकृतिका विवाद अदालती प्रक्रियाबाट भन्दा मध्यस्थताको प्रक्रियाबाट छिटो छरिटो, सरल र कम खर्चमा समाधान हुने गर्छ । त्यसैले अहिले लगानी विवाद मध्यस्थद्वारा समाधान गर्ने कार्यले व्यापकता पाउन थालेको छ । यो विवाद समाधान गर्ने मान्य प्रक्रिया हो । व्यावसायिक कारोबारसम्बन्धी विवाद अदालती प्रक्रियाबाट भन्दा मध्यस्थद्वारा छिटो समाधान हुन्छ । अदालतमा प्रयोग हुने कानूनी व्यवस्था र त्यसका कार्यविधि लामो हुन्छ । अदालतमा मुद्दाको चाप धेरै हुने भएकाले निर्णय आउन धेरै समय लाग्छ । अदालतले मुद्दाको निर्णय गर्दा आफ्नै कार्यविधि र प्रक्रियाभित्र रहेर गर्नुपर्छ । अदालतले आफ्नो निर्धारित कानूनी व्यवस्थालाई पन्छाएर मुद्दामा निर्णय गर्न मिल्दैन । तर, मध्यस्थले सम्झौताभित्र रहेर निर्णय दिने गर्छ । अदालतबाट प्रयोग हुने कानून र त्यसका कार्यविधि मध्यस्थता प्रक्रियामा लागू हुँदैन । पक्षहरूको आपसी सल्लाहबाट मध्यस्थताको कार्यविधि तय गरी विवादको कारबाही प्रक्रिया अघि बढाउन सकिन्छ । विवादलाई बुझ्न सक्ने परिचित व्यक्ति मध्यस्थमा नियुक्ति हुने हुँदा विवाद छिटो टुंगिन्छ । परम्परागत रूपमा कारबाही हुने अदालती न्याय प्रक्रियाभन्दा मध्यस्थद्वारा विवाद समाधान गराउँदा छोटो समयमा विवाद टुंगिने र दुवै पक्षलाई मान्य हुने हुँदा व्यावसायिक प्रकृतिका लगानीसम्बन्धी विवाद मध्यस्थद्वारा समाधान गराउने प्रचलन बढ्दै गएको छ । त्यसैले विवाद समाधान गर्ने सशक्त र आकर्षक माध्यम मध्यस्थता हो । लेखक अधिवक्ता हुन् ।

चार क्लबले भने : एनएसलबारे विवाद छिटो समाधान गर

शहीद स्मारक ए डिभिजन लिग खेल्ने चार क्लबले नेपाल सुपर लिग (एनएसएल) का कारण उत्पन्न विवाद चाँडै समाधान गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई आग्रह गरेका छन् ।

सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक–दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने बताएका छन् । अदालतमा देखापरेका समस्या’bout गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेका हुन् । आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी […] The post सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक–दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने बताएका छन् । अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेका हुन् । आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी […]

विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नुपर्दछः नेता सिंह

विराटनगर, १ मंसिर । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सरकार न्यायालयमा भइरहेको विवादको मुखदर्शक भएर बस्न नमिल्ने बताएका छन् । बुधबार विराटनगर पुगेका नेता सिंहले बिराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै न्यायालय स्वतन्त्र निकाय भएकोले त्यहाँ देखिएको विवाद विधिसम्वत तरिकाले नै समाधान गर्नुपर्ने बताएका हुन् । एकदुई जना व्यक्तिका कारण सम्पूर्ण न्यायालयलाई नै विकृत बनाउन […]

न्यायालयको विवाद छिटो समाधान होस् भन्ने चाहेका छौं : गृहमन्त्री खाँण

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन्। गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै सरकार यो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको बताए।सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसाबले पनि स्वतन्त्र ढंगले चल्ने गरेको स्पष्ट पारे।गृहमन्त्री खाँणले सरकारल

पाँच पूर्वप्रमुख आयुक्तले भने : नेकपाको विवाद छिटो टुंगो लगाउ

काठमाडौं । पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद छिटो टुंगो लगाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पाँच पूर्वनिर्वाचन आयुक्तहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रचलित कानुनी र स्थापित नजीरहरुको आधारमा समस्या समाधान गर्न आग्रह गरेका हुन् । पूर्व प्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । ‘राजनीति दलको विवाद निरुपणमा ढिलाई गरेको भनि निर्वाचन आयोगका निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नहरुले हामीलाई गम्भीर बनाएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘आयोग अनिर्णयको बन्दी रहँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्नसक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी प्रचलित कानून तथा स्थापित नजिरहरुको आधारमा समेत यस विषयमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोग समक्ष आग्रह गर्दछौँ ।’ विभाजित सत्तारुढ नेकपाका दुवै पक्षले आ–आफ्नो समूहले आधिकारिकता पाउने दाबी गरिरहेपनि निर्वाचन आयोगले हालसम्म कुनै पनि समूहलाई आधिकारितक दिने निर्णय गर्न सकेको छैन ।