काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलालाई रोक्न हरसम्भव प्रयास गरेको छ । ओली पक्षले राष्ट्रिय कार्यकर्ता भेलालाई नरोके वा त्यसमा सहभागी भए कारवाही गर्नेसम्मको चेतावनी समेत दिएको छ । भेलामा वामदेव गौतम र उनी निकटका नेता तथा केन्द्रीय सदस्यहरु समेत सहभागी हुने भएका छन् । गौतम र निकटका नेताहरु समेत सहभागी हुने भएपछि ओली समूहले कारवाही गर्ने चेतावनी दिएको हो ।