तनहुँ, २० भदौ ।तनहुँ जिल्लाको व्यास नगरपालिका–१० दुम्सीचौरस्थित भानु माध्यमिक विद्यालयमा सिक्दै र पढ्दै अभियान प्रभावकारी बन्दै गएको छ । दिनभरीको पढाइबाट थकित विद्यार्थीलाई तनाबमुक्त बनाउन अन्तिम समयमा विभिन्न किसिमका मनोरञ्नात्मक र सीपमूलक शिक्षा दिन थालिएको हो । विद्यालयले सिक्दै र पढ्दै अभियानअन्तर्गत गायन बाद्यबाजन, नृत्य, चित्रकला, हस्ताकला, वक्तृत्वकला, बाबियाँको डोरी बाट्नेलगायत कार्यलाई प्राथामिकता दिँदै […]