पढ्दै सिक्दै कमाउँदै विद्यार्थी

बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयमा सञ्चालन गरेको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । परम्परागत सिप लोप भइरहेका बेला नगरपालिकाले ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रमको अवधारणा ल्याएर विद्यार्थीलाई विभिन्न सामग्री निर्माण गर्न लगाएको छ । विद्यार्थीले विद्यालयमै सिप सिक्नुका साथै सामग्री निर्माण गरेर पैसा कमाउने गरेका छन् । प्रत्येक हप्ताको शुक्रबार विद्यार्थीले निगालोबाट बन्ने डोका निर्माण गरेर पढ्दै सिक्दै कमाउँदै गरेका छन् । विद्यार्थीलाई सिपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विद्यालयमा यस किसिमको सामग्री निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ । विद्यार्थीले निर्माण गरेका सामग्री पालिकाले नै खरिद गर्दै आएको छ । नगरपालिकाभित्र रहेका प्रत्येक सामुदायिक विद्यालयमा सञ्चालन गर्ने गरेर पढ्दै सिक्दै कमाउँदै कार्यक्रम अगाडि बढाइएको नगरप्रमुख अम्मर खड्काले बताउनुभयो ।

सम्बन्धित सामग्री

कृषि प्राविधिक शिक्षालयका विद्यार्थी ‘पढ्दै, सिक्दै, कमाउँदै’

शिक्षासंगै सीप र अभ्यासलाई एकसाथ अघि बढाउँदा विद्यार्थीहरुलाई उत्साहित बनाउने क्रम देशभरकै विद्यालयहरुमा विस्तारै बढ्दै गएको छ । यसै क्रममा म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थी अहिले च्याउखेतीमा व्यस्त छन् । कहिले तरकारी र फलफूलबारीमा मल बीउ राख्दै, कहिले आलुको बीउ ग्रेडिङ गर्दै, कहिले च्याउखेतीको तालिममा व्यस्त रहने यहाँका विद्यार्थीले पढाइसँगै सिकाइ …

किसानका खेतबारीमा विद्यार्थी : पढ्दै, सिक्दै, कमाउँदै

गलेश्वर- शिरानमा गाउँ, पुछारमा जङ्गल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय ।          म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबार...

पढ्दै, सिक्दै, कमाउँदै विद्यार्थी

केही दिनयता काभ्रेको नमोबुद्ध–४ मेथिकोटस्थित जनक माविको कक्षा १० मा अध्ययनरत पुष्पा सिग्देलको दैनिकी फेरिएको छ ।