भारतले ‘दान दिएको’ गाडीभित्र बसेर जब नेपाली क्रिकेटरहरुले हात हल्लाए
काठमाडौं । विश्वकप छनोट खेलपछि जिम्बावेबाट स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्न नवनियुक्त खेलकुद मन्त्री जगत विश्वकर्मा अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।
मन्त्री र अन्य...
क्लिन फिड लागू भएपश्चात् नेपालको विज्ञापन क्षेत्रमा आमूल परिवर्तन आउँछ भन्ने अपेक्षा गरिएको थियो । हुन पनि उक्त समयमा क्लिन फिड लागू नभएकै कारणले नेपालको विज्ञापन क्षेत्र धराशयी बन्दै गएको र सुधार हुन नसकेको भनेर प्रचार गरिएको थियो । कोभिड अगाडि १५–२० प्रतिशतको दरमा वृद्धि हुँदै गएको नेपाली विज्ञापन बजार त्यसपश्चात् पुन: उक्त गति लिन नसकेको तथ्यांकले देखाउँछ । प्रिन्ट क्षेत्र, रेडियो, टेलिभिजनलगायत क्षेत्रमा विज्ञापन बजार साँघुरो हुँदै गएको अवस्थामा इन्टरनेटबाट हुने विज्ञापन प्रभावकारी हुँदै गएको छ । ठूलै मात्रामा लगानी गरेर काठमाडौंको सडक खण्डमा सोलार बत्तीको जडान गरिएको थियो, तल विज्ञापन राख्ने उद्देश्यका साथ । तर, त्यहाँ समेत उल्लेखीय सहभागिता नदेख्दा, नेपालमा विज्ञापन क्षेत्र फस्टाउन नसकेको स्पष्ट बुझ्न सकिन्छ ।
हुन त नेपालमा अहिले आर्थिक मन्दी चलिरहेको छ, जसले गर्दा समग्र अर्थतन्त्र नै समस्यामा छ । उद्योग, कलकारखाना बन्द भएको यस समयमा मुख्य विज्ञापनदाताहरू – स्टील, सिमेन्ट, गाडी, मदिरा, वित्तीय संस्थाहरूले विज्ञापनका लागि बजेट घटाएको देखिन्छ । यसले गर्दा स्वाभाविक रूपमा विज्ञापन क्षेत्र संकटमा गएको बुझ्न सकिन्छ । तर, हिजो क्लिन फिड नभएर नेपाली विज्ञापन बजार विस्तार नभएको भनिएझैँ, आज अर्थतन्त्रको अवस्थालाई दोष दिइएको मात्र हो । नेपालमा विज्ञापन क्षेत्र विस्तार नहुनुको पछाडि विभिन्न कारक तत्त्वहरू रहिआएका छन् ।
सर्वप्रथम त, नेपाली वस्तु र सेवाको गुणस्तरमै प्रश्न उठ्ने गर्छ । जब नेपाली बजारमा विक्री हुने नेपाली वस्तुको माग बढी हुन्छ, तब बल्ल त्यसको विक्री बढी हुन्छ । नेपाली उत्पादन गुणस्तर नहुँदा नेपाली वस्तु र सेवाको जतिसुकै विज्ञापन गरे पनि, आयातित वस्तु र सेवाले बढी बजार प्राप्त गर्छ, जसले गर्दा विज्ञापन गरे पनि नगरे पनि कुनै औचित्य रहँदैन । नेपालमा विज्ञापन र विक्रीबीचको अध्ययन कतै भएको पाइँदैन । त्यसैले विज्ञापनलाई मिडियासँग सम्बन्ध सुमधुर पार्ने एउटा माध्यम र बाध्यताका रूपमा लिने गरिएको छ । फलस्वरूप, विज्ञापन क्षेत्रप्रति आकर्षणभन्दा पनि बोझसरह लिने गरिएको भेटिन्छ ।
एकपटक हेरिएको वा सुनिएको विज्ञापन पुन: हेर्न वा सुन्न मन नलाग्नाले श्रोता वा दर्शकमा उक्त विज्ञापनप्रति रुचि हुँदैन । रुचिको अभाव हुनुमा विज्ञापन गुणस्तरीय नहुनु एउटा कारण हो । दशकौं पुरानो विज्ञापन अहिले सम्झनु पर्दा केही सीमित विज्ञापन पनि आम मस्तिस्कमा छैन । हिजो जुन वेगमा ‘गोरखकाली टायर’, ‘उपहार चिया’, ‘रारा चाउचाउ’, ‘खुकुरी चुरोट’हरूको विज्ञापन दिमागमा बसेको थियो, आज त्यो छैन । हिजोभन्दा आज विज्ञापन गर्ने तरीका परिवर्तन भइसकेको छ । गुणस्तरहीन विज्ञापन निर्माण हुँदा विज्ञापनले उत्पादकत्व सिर्जना गर्न सकेको छैन ।
नेपालका विज्ञापन एजेन्सीहरू केही सीमित ठूला व्यक्तिहरूको हातमा रहिआएको छ । विज्ञापन नै अध्ययन गरेको भन्दा पनि व्यवसाय सम्हालेको झैं देखिने यो क्षेत्रमा नवीन सोचभन्दा पनि सीमित विज्ञापन खोसाखोस गर्ने होडबाजीमै रमाइरहेको देख्न सकिन्छ । उनीहरूलाई आफ्नो ग्राहक टिकाउन मात्र छ, विज्ञापन क्षेत्र सुधार गर्ने र नवीनतम प्रणाली विकास गर्ने सोच कतै पनि छैन । उद्योगहरूले नाफा आर्जन गरिरहेका छन्, त्यही नाफाबाट आफ्नो भाग खोस्नुपर्छ भन्ने सोच हाबी हुन थालेको देख्न सकिन्छ । यसले गर्दा नेपाली विज्ञापन क्षेत्रले ठूलो उपलब्धि हात पार्न सकेको छैन । पुरातन सोच हाबी भएकै कारण आज उत्पादन हुने विज्ञापन दशकौं पुरानोभन्दा केही फरक देखिँदैन ।
कुनै पनि क्षेत्र विस्तार हुनका लागि त्यहाँ अतिआवश्यक पक्ष भनेको दक्ष जनशक्ति हो । विज्ञापन क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ कुनै पनि युवाको उद्देश्य पारिभाषित हुँदैन । बेरोजगारीको चरम सीमामा कतै जागीर नपाएर प्रयास गरूँ न त भनेर प्रवेश गर्नेको थलो मात्र हुन सकेको छ । विज्ञापन क्षेत्र त्यस्तो व्यवस्थित पनि छैन, जसले गर्दा व्यवस्थापन संकायको विद्यार्थीको रहर त्यहाँ काम गर्ने हुँदैन । यसका लागि दुई प्रमुख कारण छन् – वृत्ति विकासको कम स्थान । जुन तहमा प्रवेश गरियो, त्यही तहबाट जागीरबाट बिदा हुनुपर्ने अवस्था छ । जसरी बैंक प्रवेश गर्ने युवाले उक्त बैंकको नायब प्रमुख कार्यकारीसम्मको सपना देख्न सक्छ, विज्ञापन क्षेत्रमा उक्त अवसर छैन, जसले आकर्षण गर्दैन । त्यसै गरी, दोस्रो कारण भनेको त्यहाँको व्यवस्थापनको समस्या हो । एउटा स्नातकोत्तर उत्तीर्ण गरेको युवा, एसएलसी पासको मातहतमा बसेर काम गर्नुपर्ने अवस्था छ, अझ न्यून तलबमा । अनि कसरी होस् उक्त क्षेत्रमा दक्ष जनशक्ति ? माथिल्ला वर्गको उच्च पारिश्रमिक र नाफा, नवप्रवेशीलाई न्यून ज्याला भएपश्चात् यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, रुचि राख्ने वर्ग भए तापनि यसै क्षेत्रलाई आफ्नो कार्यथलो बनाउँछु भनी संकल्प राख्नेहरूको अभाव रहिआएको छ ।
छिमेकी मुलुक भारतमा विज्ञापन क्षेत्रमा वार्षिक ३० खर्बभन्दा बढीको कारोबार हुने गरेको छ । यस क्षेत्रमा प्रवेश मात्र गर्न पनि उच्च प्रतिस्पर्धा रहिआएको अवस्थामा नेपालमा यो क्षेत्र विस्तार हुन नसकेकै हो । अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको यस क्षेत्रमा धेरै परिवार आश्रित समेत रहन जान्छन, तर यसको विकास नहुँदा यहाँ कुनै सम्भावना नदेख्नु शायद स्वाभाविक पनि हो । मात्र एउटा अर्थहीन वेबसाइट राखेर, अवार्ड कार्यक्रम गर्न मात्र उभिएको एडभरटाइजिङ एशोसिएशन अफ नेपाल (आन)ले आफ्नो कार्यक्षेत्र विस्तार गर्न सक्नुपर्छ र सशक्त उभिन सक्नुपर्छ । दक्ष जनशक्तिको खोज गरी यो क्षेत्रलाई गति प्रदान गर्न सक्नुपर्छ । अनि मात्र यस क्षेत्रले एउटा बलियो स्थान प्राप्त गर्नेछ ।
रेग्मी बैंकर हुन् ।
काठमाडौं । पछिल्लो ५ दिन लगातार शेयरबजार घटेको छ । पाँच कारोबार दिनमा नेप्से परिसूचक ८८ दशमलव ९५ अंक घटेर आइतवार १ हजार ९३८ दशमलव २५ विन्दुमा आइपुगेको छ ।
पछिल्लो समय नेपाली राजनीतिमा केही अस्थिरता छ । गठबन्धन सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । लगानीकर्ताले मन पराएका भनिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सरकारबाट बाहिरिएका छन् । यो बेला शेयरबजार राजनीतिक अस्थिरताले घटेको हो त भन्ने प्रश्नहरू आइरहेका छन् ।
राजनीतिक प्रभाव शेयरबजारमा क्षणिक मात्रै पर्ने जानकार बताउँछन् । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज भए पनि कर्जाको ब्याजदर चर्को छ । यसले गर्दा बजार छोटो समयमै १ हजार ८६७ बाट २ हजार २७७ सम्म पुगेर फर्किएको छ । यसबीचमा ट्रेडरले राम्रै प्रतिफल हात परे । टे«डरले बजार घटेर तल्लो विन्दुमा आएपछि मात्रै लगानी बढाउँछन् ।
गत पुस १० गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल र अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्त भएका थिए । त्यसको भोलिपल्ट पुस ११ गते बजार ५६ दशमलव ८८ अंक बढेर १ हजार ९२४ दशमलव शून्य ९ विन्दुमा बन्द भएको थियो । त्यसपछि बजार २ हजार २७७ विन्दुसम्म पुग्यो । नयाँ सरकार गठनअघि नेप्से १ हजार ८६७ विन्दुमा थियो ।
तर, नयाँ सरकारले विश्वासको मत पाएको दिनबाटै शेयरबजार नकारात्मक बन्यो । पुस २६ गते नयाँ सरकारले विश्वासको मत लिएको दिन २ हजार २७७ अंकसम्म उक्लिसकेको नेप्से २१ अंक घट्यो । त्यसको पर्सिपल्ट पुस २८ गते ४१ अंक घटेकोे थियो । दाहालको नेतृत्वमा एमालेसहितको सरकार केही समय चल्ने अपेक्षा गरेका लगानीकर्ताले नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धन लामो समय नटिक्ने चाल पाइसकेका थिए । त्यसपछि २ दिनमै बजार ६२ अंक घटेर २ हजार १४९ दशमलव ३९ विन्दुमा आइपुग्यो ।
माघ महीनाका लागि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने हल्ला थियो तर निक्षेपको ब्याज केही घटे पनि कर्जाको ब्याजदर यथावत् रह्यो । त्यपछि बजार माग र आपूर्तिका आधारमा केही दिन बढ्दै घट्दै आफ्नो बाटोमा हिँडिरह्यो ।
माघ २३ गते राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको ताजा अवस्था सार्वजनिक गरेको थियो । उक्त तथ्यांकले शोधनान्तर अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स आप्रवाहलगायत सूचकहरूमा महत्त्वपूर्ण सुधार भएको देखायो । त्यसको भोलिपल्ट बजार ७६ अंक बढेको थियो ।
त्यसपछि माघ २७ गते सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पूँजी बजारका विषय केही पनि नसमेटिएपछि बजार निरन्तर पाँच दिन घटेको थियो । त्यो ५ दिनमा बजार १३६ अंकले घटेको थियो ।
यसका साथै नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा ५० प्रतिशत साधारण जगेडा कोषमा, ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी थप लाभांश दिने रकमको ९५ प्रतिशतसम्म कोषमा राख्नुपर्ने भएपछि लघुवित्त कम्पनीका शेयर विक्रीमा चाप पर्दा समग्र बजार घट्न पुगेको थियो ।
केही दिनअगाडि मात्रै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बजार पुनः ओरालो लाग्न थालेको छ । यतिबेला लगानीकर्ताले रुचाएका अर्थमन्त्री विष्णुप्रसाद पनि सरकारबाट बाहिरिएका छन् । पछिल्लो दुईओटा बुलिश ट्रेन्डमा अर्थ मन्त्रालयको नेतृत्व गरेको एमाले र अर्थमन्त्रीबाट विष्णु पौडेल गुमाउँदा शेयरबजारमा लगानीकर्ताको मनोबल गिरेको विश्लेषक बताउँछन् । यसरी हेर्दा राजनीतिक घटनाक्रमभन्दा नीतिगत घटनाक्रमले शेयरबजारमा बढी प्रभाव पारेको देखिन्छ । पछिल्लो ५ कारोबार दिनमा नेप्से परिसूचक ८८ दशमलव ९४ अंक घटेको छ ।
पुस मसान्तपछि शेयरबजारको अफसिजन हुने हुनाले पनि बजार घटेको अधिवक्ता तथा धितोपत्रविज्ञ ज्योति दहाल बताउँछन् । उनका अनुसार राजनीतिक प्रभाव पनि थोरै मात्रामा परेको हुन सक्छ । ‘राजनीतिभन्दा पनि व्यक्ति केन्द्रित भएर यो व्यक्ति आए बजार बढ्छ या घट्छ भनेर व्याख्या गरिएको छ,’ उनले भने, ‘खासमा नीतिगत कुराले असर गर्छ जस्तो लाग्छ, शेयर कहिले बढ्नु कहिले घट्नुलाई सामान्य लिन्छु ।’
इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारका अनुसार नेपाली शेयरबजारमा राजनीतिको ठूलो प्रभाव हुन्छ । ‘एमाले माओवादीको सरकार बन्यो । अर्थमन्त्री, प्रधानमन्त्री र गभर्नर तीनै जना बसेर हामी शेयरबजारका लागि राम्रो गर्छौं, सबै इन्डिकेटर राम्रा छन् भनेका थिए । त्यसपछि लगानीकर्ताले लगानी बढाए । त्यसपछि बजार पनि बढ्यो,’ उनले आर्थिक अभियानसँग भने, ‘अझै बजारले ह्याट्रिक गर्छ भन्ने अपेक्षा थियो । तर, अर्थमन्त्री सरकारबाट बाहिरिए र नियामक निकाय राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई लाभांशमा केही कडाइ गर्यो । यी कारणले बजार प्रभावित भएको हो ।’
चर्चित गायक गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा विजयी भएका छन् । जनता समाजवादी पार्टीका उम्मेदवार शेर्पाले २ हजार ८ सय ८२ मतसहित अध्यक्षमा जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७ सय ५२ मत मात्र पाए । एक दशक भन्दा बढी समय अमेरिका बसेर फर्किएका शेर्पाले काँग्रेसको गढ बानिएको खिजिदेम्बामा बस्नेतलाई ५८३ मतान्तरले पराजित गरे ।यता उपाध्यक्षमा भने काँग्रेसकी सुशिला तामाङ विजयी भएकी छिन् । उनले २ हजार ८ सय २४ मत
काठमाडौं । आजभन्दा करीब २८ वर्षअघि हजुरी विष्टले आफ्नो घरको भान्सा कोठाबाट उत्पादन शुरू गरेको अचार अहिले यूरोपसम्म निर्यात हुन थालेको छ ।
उनले उत्पादन गर्न थालेको नवरस र किचेन रेसीपी विदेशमा विक्री हुन थालेको हो । उनका अनुसार यतिखेर उद्योगको कुल उत्पादनको करीब ९० प्रतिशत अचार नेपाली बजारमै विक्री हुने गर्छ भने १० प्रतिशत यूरोपका देशहरू र अमेरिका, जापानसम्म पनि निर्यात हुने गरेको छ ।
नेपाली बजारमा विक्रीको जिम्मा विन मल्टी पर्पोजले कोअपरेटिभ लिमिटेडले लिएको छ । उसले भाटभटेनी, बिगमार्ट र सेल्सवेरीलगायत स्थानमा अचार विक्रीका लागि पठाउने गर्छ ।
विदेशी बजारमा चाहिँ निर्यातकर्ता व्यापारीहरूले किनेर निर्यात गर्ने गरेका छन् । उनको उद्योगमा माछा, मासु, खुर्सानी, मुला, काँक्रो, आँप, गुन्द्रुक, अमला, लप्सी, कागतीलगायत विभिन्न थरीका अचार बन्ने गर्छन् ।
दुवै ब्रान्डका अचार बट्टामा ५ सय ग्रामदेखि १ केजीसम्म प्याकेजिङ र लेबलिङ गरी बजारमा पठाइन्छ । अचारको परिकार र त्यसमा प्रयोग भएको वस्तुका आधारमा १५० देखि १ हजार १ सय मूल्यसम्ममा बजारमा किन्न पाइन्छ । शतप्रतिशत अग्र्यानिक भएकाले यसमा कुनै पनि प्रकारको केमिकल नमिसाइएको विष्ट बताउँछिन् ।
उनले काम शुरू गर्दा नेपाली बजारमा विदेशबाट आयातित अचारको खपत अत्यधिक हुने गरेको थियो । बजारमा कुनै पनि नेपाली अचारका परिकार थिएनन् । यो बुझेर विन मल्टी पर्पोज कोअपरेटिभ लिमिटेडले विष्टलगायत अन्य केही महिलाको समूहलाई अचार उत्पादन गर्नेसम्बन्धी तालीम दिएको थियो ।
ललितपुरको धोबीघाटस्थित आफ्नै घरमा उनी एक्लैले शुरू गरेको व्यवसायमा अहिले २२ जना कामदारले रोजगारी पाएका छन् भने यसको वार्षिक कारोबार २ करोड रुपैयाँसम्मको हुने गरेको छ । उद्योगको लगानी करीब ६ करोड रुपैयाँ पुगेको छ । उद्योगलाई बढाउँदै लैजाने क्रममा ज्वाइँ ऋतुराज पाण्डे र छोरी हिमाले काठमाडौंमै अचार घर नामक रेष्टुराँसमेत सञ्चालनमा ल्याएको उनले बताइन् ।
रेस्टुराँमा पनि उनले उत्पादन गरेका ब्रान्डका अचार प्रयोग हुने गर्छ ।
कुनै पनि कामलाई सानो र ठूलोको दृष्टिले हेर्नेभन्दा पनि सबै कामलाई समान रूपले हेर्न सकेमा सफलता हात पार्न गाह्रो नहुने उनको बुझाइ छ । ‘मलाई घर खर्च चलाउन समस्या भएर वा आर्थिक रूपले निकै समस्या परेर काम शुरू गरेको होइन । आफैले केही गरौं भनेर यो काम शुरू गरें,’ उनले विगत सुनाइन् ।
उनी भन्छिन्, ‘१७ वर्षको उमेरमा आइकम पढ्दापढ्दै विवाह भयो । विवाहपछि श्रीमान् पीएचडी अध्ययनका लागि पेरिस जानुभयो । म पनिसँगै गएँ । ७ वर्ष विदेश बसेर आएपछि श्रीमान्ले त्रिभुवन विश्वविद्यालयमा शिक्षण र अरू विभिन्न काम थाल्नुभयो । मैले चाहिँ अचार बनाउने काम शुरू गरें ।’
समाजशास्त्री डोरबहादुर विष्टकी बुहारी भएर पनि अचार बेच्ने काम गरेको भनेर समाजमा कुरा काट्दा त्यसलाई वास्ता नगरेको उनको भनाइ छ । ‘बरु छरछिमेकीका घरघरमा झोलामा अचार बोकेर मैले बनाएको अचार कस्तो छ चाखिदिनुस् भनेर बेच्न जान्थें,’ खुशी हुँदै उनी भन्छिन् ।
उनी थप्छिन्, ‘मेरो यही विश्वासका कारण भारत, चीन, बंगलादेशलगायतका देश घुम्ने अवसर पनि पाएँ । सरकारबाट उत्कृष्ट महिला उद्यमी पुरस्कार समेत प्राप्त गरें ।’
उनको कामबाट प्रेरित भएर धेरैले यस्तै व्यवसाय थालेका छन् । त्यसले उनलाई ६६ वर्षको उमेरमा पुग्दा पनि ऊर्जा प्राप्त हुन्छ ।
काठमाडाैं : नेपाली कांग्रेसका नेता गगनकुमार थापाले ओलीवेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताएका छन्।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोईरालाले आयोजना गरेको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेता थापाले यस्तो बताएका हुन्। एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर कांग्रेसको अधिवेशनमा स्वयं प्रधानमन्त्री नै रातभर बसेर मतदातालाई हात जोडेको दृश्यले अधिवेशनको महत्वबारे स्पष्ट पार्ने बताए।नेता थापाले सभापत
नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलवार साझ अबेरसम्म मतदान चलिरहेको छ । दिउँसो साढे ३ बजेदेखि मतदान शुरु भएदेखि नै राति ८ बजेसम्म सभापतिका प्रत्यासी प्रधानमन्त्री शेरबहादुर देउवा मतदानस्थल राष्टिय सभागृहको गेट नजिकै अड्डा जमाएर बसेका छन् ।
एकातिर डा. शेखर कोइराला लगायतको प्यानल उभिएरै भोट मागिरहेको छ भने अर्को तर्फ देउवा कुर्सीमा बसेर भोट मागिरहेका छन् । देउवाले भ्याएसम्म सबै मतदातालाई नमस्कार फर्काइरहेका छन् ।
केहीबेर दोस्रो चरणको चुनावमा समर्थन गरेका प्रकाशमान सिंह, विमलेन्द्र निधिसँग उभिएर हात ...
नेपाली चलचित्र क्षेत्रमा कोही कलाकारलाई भ्याईनभ्याई छ भने कोही कलाकारको हात रित्तो छ । कोही कलाकारलाई बर्षमै दर्जन चलचित्रको अफर आउँछ । केही कलाकार भने चलचित्र नपाएर खाली बसिरहेका छन् । नायिका सुरविना कार्की पनि लामो समयदेखि चलचित्रको अफर कुरिरहेकी थिइन् । मुम्बईमा केही समय बसेर बलिउडमा जम्ने कोशिशमा लागेपनि उनी सफल हुन सकिनन् । […]
नेपालको दक्षिणी छिमेकी मुलुक लामो समयसम्म विदेशीको दासतामा रहँदा त्यहाँको समाजमा आफ्नोपन, आफ्ना विद्या, शाास्त्र, विधि र पद्धतिमा यत्ति धेरै अविश्वास पैदा हुन गयो कि सिँगो समाज विस्मृति, हीनताबोधको चरम शिकार हुन पुग्यो । फलस्वरूप आफ्ना पुर्खाहरूबाट रचित, सृजित र अभ्यास गरिने हरेक शास्त्र, विधा र शीपहरू अवैज्ञानिक र अव्याहारिक लाग्न थाले । अरबियन र यूरोपेली प्रभावका कारण पूरै समाजको आँखामा अन्धताको कालो पर्दा बाँधिँदा आजसम्म पनि त्यो समाज पूर्णतया दिग्भ्रममा छ ।
सदैव स्वतन्त्र र सार्वभौम रहेको मुलुक भए तापनि निकटतम छिमेकी मुुलुक भारतमा ९औं शताब्दीयता व्याप्त विस्मृति, हीनताबोध र अन्धताको प्रभाव नेपाली समाजमा पनि समानुपातिक रूपमा परेको पाइन्छ ।
हीनताबोधबाट ग्रस्त यी दुवै समाजले आफ्ना विशिष्ट गुणहरूलाई घृणा गरिरहेका हुन्छन् । जब पश्चिमी कुनै विद्वान्बाट कुनै संस्कृत ग्रन्थ, पूर्वीय पद्धतिका बारेमा सकारात्मक दृष्टिकोण आएपछि मात्र ती ग्रन्थ र पद्धतिले समाजमा मान्यता पाउँछन् । भरतको नाट्यवेद, पिंगलको छन्दशास्त्र, पाणिनीको व्याकरण, वात्स्यायनको योगशास्त्र, पतञ्जलीको योगसूत्र, वात्स्यायनको कामसूत्रलाई पश्चिमले यी ग्रन्थहरू विश्वका सर्वोत्कृष्ट ग्रन्थहरू हुन् भनेर चिनारी दिएपछि मात्रै नेपाल र भारतको समाजले यी ग्रन्थलाई महत्त्व दिन थालेका हुन् । यी दुवै समाज आफूप्रति यत्ति धेरै लज्जित छन् कि आफ्नो पद्धति र भाषामा आफ्ना विद्याहरू अभ्यास र उच्चारण गर्न पनि हिचकिचाउँछन् तर सोही विद्यालाई पश्चिमी लवजमा उच्चारण गर्दा आफूलाई सभ्य ठान्छन् । उदाहरणका लागि यहाँको समाजमा योगा भने पछि मानिसहरू आफूलाई सभ्य ठान्छन् भने योग भने पछि आफूलाई कसैले असभ्य भनिदिने हो कि भनेर संकोच मान्छन् ।
यही विस्मृति र हीनताबोधको दलदलमा नेपाली समाज यत्ति नराम्ररी फसेको छ, उसलाई आफ्ना पुर्खाले आविष्कार गरी प्रयोगमा ल्याएका हरेक विधा, विद्या, शीप र प्रचलनहरू मिथ्या लाग्न थालेका छन् । आफ्ना पुर्खाहरूबाट स्थापित मान्यताको वैज्ञानिकता, व्यावहारिकता र प्रभावकारिताका बारेमा संगठित र नियोजित रूपमा विना अध्ययन अत्यन्त नकारात्मक भाष्य समाजमा स्थापित गर्ने अभ्यास कथित पढे लेखेको वर्गबाट हुँदा यो अवस्था सृजना भएको हो ।
पूरै यूरोप तथा आधी एशियामा बोलिने भाषाहरूको जननीका रूपमा रहेको संस्कृतलाई मृत भाषा घोषणा गर्दै संस्कृत भाषाको नाम उच्चारण गर्नु पनि ठूलै अपराध गरेजस्तो गरी प्रतिरोध शुरू हुन्छ ।
रसायनयुक्त क्रिमले शिशुहरूको छाला बिगार्छ, तोरीको तेल सर्वोत्तम हो भनेर पश्चिमी संसारले भने पछि मात्रै नेपालका कथित शिक्षित परिवारले पुनः नवजात शिशुलाई घाममा राखेर तोरीको तेल घस्न थालेका हुन् । जन्क फुड राम्रो होइन भनेर पश्चिमी संसारले भनेपछि मात्रै नेपालको कथित शिक्षित समाज ढिडो, लिटोमा फर्केको हो ।
आफ्ना जति सबै नराम्रा भन्दै प्रतिरोध गर्ने कथित शिक्षित वर्गका कारण समाजका परम्परागत विद्याहरू क्रमशः लोप हुने अवस्थामा छन् । सर्पको विष रक्सी मुखमा राखी चुसेर फाल्ने थारूहरूको शीप यस्तै कथित शिक्षित वर्गको कुप्रचारको शिकार भई आज लोप हुने अवस्थामा पुगेको छ । जडीबुटीको परम्परागत प्रयोगले धेरै रोगहरू अस्पताल नपुग्दै सञ्चो हुने अवस्था विद्यमान हुँदाहुँदै आज त्यो प्रयोग नगर्ने वातावरण सृजना भएको छ । परम्परागत विद्याको प्रयोग गर्नेहरू असभ्य हुन् भनी प्रचार गरिएकाले घरेलु पद्धतिबाट सन्चो हुने प्रकृतिका रोगहरूको उपचारमा पनि अस्पताल धाउनु परिरहेको छ ।
बसेर शौच गर्ने परम्परागत चलनलाई असभ्य भन्दै कोमोड कल्चरमा रमेको नेपाली शिक्षित समाज पश्चिमी अनुसन्धानले कब्जियतको स्रोत कोमोडमा बसी शौच गर्नु हो भने पछि फेरि टुक्रुक्क बसेर शौच गर्ने दिशामा जान थालेको छ ।
विश्वमा जडीबुटीको अन्तरराष्ट्रिय व्यापारको तथ्यांकले भने यस क्षेत्रको महत्त्वका बारेमा आफै स्पष्ट पार्छ । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०२० मा विश्वका विभिन्न देशहरूले करीब ३ अर्ब ४० करोड यूएस डलर बराबरका विभिन्न किसिमका जडीबुटी आयात गरेको पाइन्छ । ५ वर्षअगाडि जडीबुटीको आयात ३ अर्ब यूएस डलर थियो ।
जडीबुटीका प्रमुख आयातकर्ताहरू यूएसए, जर्मनी, जापान, हङकङ, चीन, ताइवान, फ्रान्स, द.कोरिया, भारत र स्पेनजस्ता विकसित र विकासशील देशहरू रहेबाट जडीबुटीको महत्त्व पुष्टि हुन्छ । ग्लोबलन्यूज वायर डटकमका अनुसार सन् २०३० मा औषधिय जडीबुटीको विश्व बजार करीब ५५० अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको छ । सन् २०१९ मा यो आकार ८१ अर्ब यूएसडलरमा मात्र सीमित थियो । यी तथ्यांकबाट विश्वमा जडीबुटी र त्यसबाट निर्मित औषधिहरूको आकर्षणका बारेमा एउटा झलक दर्शाउँछ । तर, नेपालको कथित शिक्षित वर्ग जडीबुटीको नियोजित परित्यागको अभियानमा छ ।
विभिन्न देशहरूले आफ्ना परम्परागत चिकित्सा पद्धतिको प्रचारप्रसार गर्न विदेशमा समेत आफ्ना चिकित्सा केन्द्रहरू स्थापना गरेका हुन्छन् । आफ्ना परम्परागत पद्धति, खानपिन र उपभोगका सम्बन्धमा आफ्नै मानक, मान्यता, पद्धति र प्रणालीको स्थापना गरिएको हुन्छ । हजारौं हजार वर्षदेखि प्रयोगको कसीमा उत्तीर्ण भएका यस्ता स्थापित मानकका कारण यी पद्धतिहरू समाज सुहाउँदो, प्रभावकारी, प्राप्य र सहज हुने गर्छन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट हाम्रा पुर्खाले स्थापित गरेका चिकित्सा पद्धति, प्रचलन, रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा प्रयोग हुने परम्परागत खानपिन, जडीबुटीको महŒव, लेपन, सेवन र उपयोगका बारेमा बेलाबेलामा आफ्ना धारणाहरू प्रस्तुत हुने गर्छन् । प्रधानमन्त्रीबाट यस्ता धारणाहरू बाहिर आउँदासाथ कथित शिक्षित वर्ग विषयवस्तुमा प्रवेशै नगरी प्रधानमन्त्रीको धुँवाधार विरोधमा उत्रिने गरेको छ । यसका पछाडि राजनीतिक कारणमात्र होइन । खासमा नेपालमा एउटा यस्तो वर्ग छ जो नेपालीहरूमा परम्परागत शीप, पद्धति, शास्त्र, विधिविधान, प्रचलन, विधा र ज्ञान समाप्त होस्, मूलसँग शाखाहरूको सम्बन्ध विच्छेद होस् भन्ने चाहन्छ ।
विश्वभरि नै आधुनिक चिकित्सा पद्धति र परम्परागत चिकित्सा पद्धति सँगसँगै लैजानुुपर्छ भन्ने सम्यक् मान्यता स्थापित भइरहेको सन्दर्भमा नेपाली हावापानी सुहाउँदो परम्परागत चिकित्सा पद्धतिमाथि सुनियोजित आक्रमण आफैमा चिन्ता र चासोको विषय बन्न पुगेको छ ।
पुर्खाका अभ्यासहरूप्रति प्रायोजित वैरभाव राख्ने प्रवृत्तिबाट नेपाली हावापानी सुहाउँदा अभ्यासहरू माथि भइरहेको सुनियोजित आक्रमणलाई निस्तेज तुल्याउन यस क्षेत्रमा सरकारको सक्रिय उपस्थितिका लागि परम्परागत अभ्यासहरूलाई संस्थागत गरिनुपर्छ । विभिन्न जातजातिमा रहेका परम्परागत चिकित्सीय ज्ञानलगायत शीप र शास्त्रहरूको संरक्षण, प्रवद्र्धन र नवप्रवर्तनका लागि संस्थागत व्यवस्थाका साथै निरन्तरको आर्थिक सहयोग उपलब्ध हुने व्यवस्था हुन पनि त्यत्तिकै जरुरी छ । समाजमा स्थापित शीप, कला, विधा र शास्त्रका बारेमा पूरै समाजलाई सचेत र आकर्षित तुल्याउन राजनीतिक, सामाजिक, अनुसन्धान र शैक्षिक गतिविधिहरूमार्पmत विशेष पहल हुन जरुरी छ । यसो गर्न सकेको खण्डमा परम्परागत नेपाली पद्धतिलाई नियोजित रूपमा निषेध गर्ने वर्ग आफै किनारा लाग्ने तथा परम्परा र आधुनिकता एकअर्काका परिपूरकका रूपमा अस्तित्वमा रहने निश्चित छ ।
नमस्ते गर्नु पाखे हो हात मिलाउन सभ्य हो भन्ने कथित नेपाली शिक्षित समाजको मानसिकतामा वर्तमान महामारीले अभिवादनमा सर्वश्रेष्ठ विधि नमस्कार पो रहेछ भनेर परिवर्तन ल्याएझैं समयक्रम र सत्प्रयासले हाम्रा परम्परागत अभ्यासहरू, आयुर्वेद जडीबुटी आधारित चिकित्सा पद्धति र खानपिन सर्वश्रेष्ठ रहेछ भनेर प्रमाणित हुने निश्चित छ । तसर्थ प्रधानमन्त्रीबाट पूर्वीय पद्धतिको पक्षमा व्यक्त अभिव्यक्तिहरूलाई संस्थागत गर्नु आजको अपरिहार्य आवश्यकता हो ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।
असार १३, धनकुटा । देशका अधिकांश स्थानीय तहले असार १० गते बजेट तथा अगाडि नीति तथा कार्यक्रम ल्याएका छन् । सोही क्रममा धनकुटाका स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । धनकुटाका अधिकांश स्थानीय तहमा बहुमत र अल्पमतको खेल भएको छ ।
बहुमतवालाले पेलेर जाने रणनीति बनाए भने अल्पमतमा रहेकाले बहिस्कार गरेका छन् । यसै क्रममा धनकुटाको पाख्रिवास नगरपालिकामा भने तोडफोडसम्म हुन पुगेको छ । तोडफोड भएपछि त्यसको जिम्मा एकले अर्को पक्षले लिनुपर्ने बताउँदै आएका छन् ।
धनकुटाका ७ ओटै स्थानीय तहमा एमालेको ओली पक्षको एक्लै बहुमत रहेको छ भने अझ पाख्रिबास नगरपालिकामा एमालेको ओली पक्षको ५१ जनप्रतिनिधी र माधव नेपाल पक्षका १ जना जनप्रतिनिधी रहेका छन् । अरु दलका कुनै जनप्रतिनिधी छैनन् ।
एमालेले ‘क्लीन स्वीप’ गरेको पाख्रिबास नगरपालिकामा भएको विवादले भने उग्र रुप लिएको छ । नगरपालिकालको हलभित्र आठौं नगरसभा चलिरहँदा वडा नं. ४ का वडावासीहरुले आफ्नो वडाको बजेट कटौती गरी नगरप्रमुख वृषबहादुर राईले एकलौटी गर्न खोजेको भन्दै विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले अहिले राजनीतिक दलहरुबीच निक्कै खटपट भएको छ ।
दलहरुका ध्रुविकरण बढ्दै, प्रतिकार गर्ने एमाले ओली पक्षको चेतावनी
पाख्रिबासमा भएको तोडफोडपछि राजनीतिक दलहरुबीच ध्रुविकरण बढेको छ । नेकपा एमालेले सो घटनापछि राजनीतिक र कानूनी रुपमै प्रतिकार गर्ने चेतावनी दिएको छ भने नेपाली कांग्रेस सहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतले एमालेले सरकारी निकाय र एमालेले प्रतिकारमा उत्रिएपछि नहट्ने चेतावनी दिएका छन् । यसले गर्दा धनकुटामा बजेटकै विषयलाई लिएर राजनीतिक दलहरुमा हुन थालेको टकरावले जिल्लामा विकास निर्माणको मात्रै होइन, सुरक्षाको चुनौती पनि थपिदिएको छ ।
नगरपालिकामा भएको तोडफोडको विरोधमा शुक्रवार नेकपा एमालेले धनकुटामा पत्रकार सम्मेलन आयोजना गरी पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानूनी र राजनीतिक हिसावले प्रतिवाद गर्ने चेतावनी दियो ।
पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले गुण्डागर्दी शैली देखाउनेहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरे भने भने नेपाली कांग्रेस लगायत दलले गुण्डागर्दी शैलीमा नगरसभा विथोल्ने, सभाहल तोडफोड गर्ने, कुर्सी टेवल भाँच्ने, शिशा फुटाउने, जनप्रतिनिधि माथि हातपात गर्ने जस्तो जघन्य अपराध गरेकाले प्रतिवाद गर्ने चेतावनी दिए ।
सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने, घटनाको कारक स्थानीय तह : विपक्षी दल
एमालेले प्रतिकार गर्ने चेतावनी दिएलगत्तै शुक्रवार नै पाख्रिबासमा भएको विपक्षी दलको पत्रकार सम्मेलनमा सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने बताएका थिए । नेपाली कांग्रेस धनकुटा लगायत विपक्षी गठनबन्धनले पाख्रिवासका केही जनप्रतिनिधिहरुले गरेको स्थानीयलाई गरेको दुर्व्यवहार र हात हाल्ने समेत गरी उत्तेजित बनाउन कार्यको सशक्त प्रतिरोध गर्ने बताएका थिए ।
पाख्रिवासमा भएको सर्वदलीय भेलामा सत्ता पक्ष र प्रशासनले अन्याय र जवरस्ती गरे सशक्त प्रतिरोध गर्ने बताएका हुन् । उनीहरुले नगरप्रमुख वृषबहादुर राईसहितले ओली प्रवृत्ति देखाएका कारण सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रने समेत बताएका छन् ।
नेपाली कांग्रेसका पाख्रिबास नगर सभापति प्रेम भण्डारी, नेकपा माओवादी केन्द्र पाख्रिबास नगर अध्यक्ष मुक्ति बजगाई, नेकपा एमाले (नेपाल–खनाल) समुहका अध्यक्ष तथा वडा नं. ४ वडाध्यक्ष सोभित निरौला, जनता समाजवादी पार्टीका जितेन्द्र माङफुङ लगायतका नेताहरुले नगर प्रमुख वृषबहादुर राईले संघीयताको मर्म विपरित अलोकतान्त्रिक ढंगले वडाका बजेट व्यापक कटौती र चरम भ्रष्टचार गरेको भण्डारफोर गर्दै जनता समक्ष जाने बताएका थिए ।
पाख्रिवास नगरपालिकाका जनप्रतिनिधिहरुले नै गैरजिम्मेवार ढंगले हात हालेपछि स्वभाविक रुपमा प्रतिकार भएको र अब फेरि त्यसलाई प्रतिशोध साँध्नेगरी सरकारी पक्षबाट कुनै कदम चालिए यसको कडा विरोध गर्दै शसक्त प्रतिरोध गर्ने उनीहरुले पत्रकार सम्मेलनमा बताएका थिए ।
पाख्रिवास नगरपालिकामा भएको तोडफोडको जिम्मा स्वय नगरपालिकाले लिनुपर्ने विपक्षी दलले बताएका छन् । नगरसभामा जनताका शान्तिपूर्ण मागलाई दबाउन खोज्दा सो परिस्थति आएको उनीहरुको भनाइ छ । स्थानीय तहहरुले ल्याएका बजेटहरुमा पक्षपात पूर्ण योजनाहरु, विवादास्पद परियोजनाहरु, एकलौटी ढंगबाट गरिएका कार्यहरु तत्काल सच्याउनुपर्ने उनीहरुको भनाइ छ ।
जनताको भावना विपरित उठेका मागहरुलाई बुद्धीमता पूर्ण हिसाबले सम्बोधन गर्नुको सट्टा उल्टै गुण्डागर्दी धाकधम्की र छलछामको माध्यम अपनाउँदा उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि स्थानीय सरकारले लिनुपर्ने नेपाली कांग्रेश धनकुटाका सभापति अग्नी पौडेलले बताए ।
नगर सभामा तोडफोड गर्नेलाई कारवाही र क्षतिपूर्ति माग : नगरपालिका
पाख्रिबास नगरपालिकाको आठौ नगर सभामा आक्रमण गरी भौतिक सामग्री तोडफोड गर्नेहरु माथि कारवाहीको माग गरिएको छ । शनिवार पाख्रिबास नगरपालिका र नेकपा एमाले पाख्रिबास नगर कमिटीले छुट्टछुट्टै पत्रकार सम्मेलन मार्फत् विज्ञप्ति जारी गरेर कारवाहीको माग गरेका छन् ।
नगरपालिकाले प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर नगर सभा सदस्यहरुलाई हातपात गर्नेरुलाई कारवाही र ५ लाख बराबर बढीको भौतिक क्षतिको परिपूर्ति गराउन सम्बन्धित प्रशासन र प्रहरीलाई अपिल गरेका छन् ।
प्रमुख राईले बजेट विनियोजनमा नगरको वडा न.४ को असहमति भएकोले उनीहरुको असहमति नगर सभामा राखेर टुंग्याउने भनिए पनि आफूहरु माथि आक्रमण भएको बताए । तोकीएको समयमा वडाको बजेट तथा कार्यक्रम नआएपछि स्थानिय सरकार सञ्चालन ऐन अनुसार वडाका बहुमत सदस्यहरुले सिफारिस गरेको योजना समावेश गरिएको राईले जानकारी दिए ।
अध्यक्ष निरौलालाई साधारण सदस्य समेत नरहने गरी कारवाही : एमाले (ओली पक्ष)
घटनालाई लिएर उता नेकपा एमाले पाख्रिबास नगर कमिटीले वडा नं. ४ का वडा अध्यक्ष निरौलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । नेकपा एमाले पाख्रिबास नगर कमिटीले नगर कमिटीले आयोजना पत्रकार सम्मेलनमा गरेको नगर अध्यक्ष शान्तिराम गौतमले पार्टीले निरौलालाई कारबाही गरेको जानकारी दिए । विपक्षीहरु सँग साँठगाँठ गरी पाटी विरुद्धमा लागेर सार्वजनिक सम्पति तोडफोड गर्ने योजनाकार निरौलाको अध्यक्ष पदको खारेजीका लागि समेत निर्वाचन कार्यालय जाने गौतमले बताए ।
यता वडाध्यक्ष निरौलाले भने कारबाहीको अर्थ नरहने बताएका छन् । उनले जनताको योजना माग गर्दा कोठामा बसेर कारबाही गर्ने एमाले पार्टी नै नभएको बताएका छन् । उनले एमालेको विधान, विधी, सिद्धान्त अनुसार पार्टीको काम गरेको र स्थानीय तह सञ्चालन ऐन अनुसार वडाध्यक्षको काम गरिएको बताएका छन् । कारबाही कसले र किन गयो भन्ने जानकारी नभएको निरौलाको भनाइ छ ।
स्थानीय तहको विरोध
धनकुटाका सात ओटै स्थानीय तहहरुले पाख्रिबास नरपालिकामा नगरसभा सञ्चालन भइरहेको समयमा सभाहलभित्र भएको तोडफोडको विरोध जनाएका छन् ।
असार १० गते पाख्रिबास नगरपालिकाको हलमा नगरसभा चलिरहेका बेला नगरपालिका तोडफोडमा संलग्नलाई कारवाहीको दायरा ल्याउन पनि सात ओटै स्थानीय तहले माग गरेका छन् । सात ओटै स्थानीय तहले विज्ञप्ती जारी गर्दै यस्ता कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दै संलग्न जो सुकै भए पनि अबिलम्ब कानूनी दायरामा ल्याउन माग गरेका छन् ।
उमाकान्त खनाल, झापा ।
४० वर्षभन्दा बढी समय भारतीय जेलमा रहेका नेपाली दीपक जैसी तिम्सिना आइतवार बिहान नेपाल आइपुगेका छन् । भारतको सीमा पानीट्यांकीमा केही बेर कागजात बुझाउन लागेको समयपछि उनी भाइ प्रकाशचन्द्रसँगै सीमा नाकाबाट हिँडेर नेपालतर्फ प्रवेश गरे।
कर्तव्य ज्यान मुद्दामा सन् १९८० मा भारतको दार्जिलिङबाट पक्राउ परेका तिम्सिना ४० वर्ष बिनासुनुवाइ कारागारमा रहेका थिए। इलामको एकतप्पाबाट २०३७ सालमा हराएका तिम्सिना बुधवार अदालतको आदेशपछि शनिवार कोलकाताबाट कारागारमुक्त भएका थिए ।
आइतवार नै उनी इलामको माइ नगरपालिका १० मा रहेको उनको घर पुग्नेछन् । ४० वर्षपछि उनले आफ्नी ८६ वर्षीया आमा र परिवारका अन्य सदस्यलाई भेट्ने छन् ।
उनी २० वर्षको उमेरमा हराएका थिए र ६१ वर्षको उमेरमा घर फर्केका हुन् । उनका काकाका छोरा भाइ प्रकाशचन्द्र तिम्सिनाले उनलाई कारागारबाट छुटाएर नेपाल लिएर आएका हुन् ।
गत बुधवार कोलकाता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो ।
कस्तो अवस्थामा आइपुगे ?
उनलाई ‘तपाईँ कहाँ जाँदै हुनुहुन्छ’ भनेर सोध्दा मलिन स्वरमा भने, ‘दार्जिलिङ हो कि।’ कारागारमा रहँदा उनलाई ६÷६ महिनामा उनलाई पक्राउ गरिएको स्थान भारतको दार्जिलिङ लगिने गरिएको बताइएको छ ।
काँकरभिट्टास्थित विश्वसेवा विस्तार मञ्चको कार्यालयमा आइपुगेर उनलाई पानी पिउन दिँदा उनले भने, ‘पाइखाना पातलो हुन्छ, खान्न ।’
उनका दाँत सग्ला छैनन् । ओठ कामिरहेको थियो । हातका औँला नाचिरहेका थिए । गर्मीका कारण पङ्खा चलाउँदा हात बाँधेर जाडो भएजस्तो गरिरहेका थिए ।
‘तपाईँको आमा हुनहुन्छ नि’ भन्दा उनले जवाफ दिए, ‘पहला था।’
‘मैले होइन’
उनलाई कारागारमुक्त गरिए पनि उनको मुद्दाको फैसला भएको छैन ।अदालतले उनका भाइ प्रकाशचन्द्र र कोलकातास्थित महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा उनलाई कारागारमुक्त गर्ने आदेश दिएको हो ।
६÷६ महिनामा उनको अवस्थाको जानकारी अदालतलाई दिनुपर्ने सर्तमा उनी रिहा भएका हुन् । काँकरभिट्टामा उनलाई ‘तपाईँलाई किन जेलमा राखिएको ?’ भनेर सोध्दा उनले जवाफ दिए, ‘मर्डर’ ।
तर उनले सानो स्वरमा थपे, ‘मैले होइन।’ (बीबीसीबाट)