एनएमबि लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने

२८ पुस, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । २७ पुस बुधबार बसेको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले हाल काय चुक्ता पुँजी ६५ करोड ५८ लाख ६२ हजार ८८२ रुपैयाँको १० प्रतिशतले हुने आउने ६ करोड […]

सम्बन्धित सामग्री

राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्तले घटायो लाभांश

२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ । ९ चैतमा बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । तर, नेपाल राष्ट्र बैंकले लघुवित्त […]

नेप्सेमा सूचीकृत ६० मध्ये ४५ लघुवित्तले गरे लाभांश घोषणा

काठमाडौं । नेप्सेमा सूचीकृत ४५ लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । नेप्सेमा जम्मा ६० लघुवित्त कम्पनी सूचीकृत छन् । अधिकांश लघुवित्त कम्पनीहरूले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् भने केहीको बाँकी छ । यी कम्पनीहरूमध्ये सबैभन्दा बढी जाल्पा सामुदायिक लघुवित्तले ७३ प्रतिशत बोनस शेयर र ३ दशमलव ८४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्र्ने प्रस्ताव गरेको हो । यस कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।  ४५ कम्पनीहरूमध्ये एनआईसी एशिया लघुवित्तले नगद लाभांशमात्रै वितरण गर्ने घोषणा गरेको छ । त्यस्तै गुराँस लघुवित्तले सबैभन्दा कम ४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  सबैको लघुवित्त, लक्ष्मी लघुवित्त, सिभिल लघुवित्त, आदर्श लघुवित्त, डिप्रोक्स लघुवित्त, सपोर्ट लघुवित्त, छिमेक लघुवित्त, स्वाभिमान लघुवित्त, आशा लघुवित्त, स्वरोजगार लघुवित्त जनउत्थान सामुदायिक लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले घोषित लाभांशबारे निर्णय गर्न साधारण सभाको मिति तय गरिसकेका छन् ।  त्यस्तै एनआईसी एशिया लघुवित्त, किसान लघुवित्त, सामुदायिक लघुवित्त, समता घरेलु, विजय लघुवित्त, सूर्योदय वोमी लघुवित्त, नेशनल माइक्रोफाइनान्स लघुवित्त, सामुदायिक लघुवित्त र जीवन विकास लघुवित्तले साधारण सभाको मिति तय गर्न बाँकी छ भने अन्य कम्पनीले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् ।  तीन लघुवित्तको लाभांश संशोधन लाभांश घोषणा गरेका लघुवित्तहरूमध्ये तीन कम्पनीको लाभांश संशोधन भएको छ । नेसनल माइक्रोफाइनान्स लघुवित्त, जीवन विकास लघुवित्त र आशा लघुवित्तको लाभांश संशोधन भएको हो । नेशनल माइक्रोफाइनान्स लघुवित्तले यसअघि ३८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपछि संशोधन गरेको हो । यस्तै आशा लघुवित्तले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले लाभांश घटाएर स्वीकृति दिएको छ । यस्तै जीवन विकास लघुवित्तको लाभांश पनि संशोधन भएको छ । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९ दशमलव ३६ प्रतिशत नगद लाभांश गरी कुल ३७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  लाभांश रद्द  नाडेप लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट वितरणका लागि प्रस्ताव गरेको लाभांश रद्द भएको छ । डिप्रोक्स लघुवित्तसँगको मर्जर तोडिएपछि कुनै अर्को वित्तीय संस्थासँग मर्जरमा नगएसम्म कम्पनीलाई लाभांश वितरणमा राष्ट्र बैंकले रोक लगाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर शून्य दशमलव ५२ प्रतिशत नगद गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । संशोधनपछिको लाभांश यस्तो छ  कम्पनीको नाम   २०७८÷७९ को लाभांश ( प्रतिशत)     कुल लाभांश – प्रतिशत)    बोनस शेयर  नगद लाभांश    जाल्पा सामुदायिक लघुवित्त 73 3.8421 76.84 उपकार लघुवित्त 61.75 3.25 65 महिला लघुवित्त 47.5 2.5 50 नेशनल माइक्रोफाइनान्स लघुवित्त  34.45   34.45 जीवन विकास लघुवित्त 26 7.15 33.15 सिवाईसी नेपाल लघुवित्त 30 1.58 31.58 आँधिखोला लघुवित्त 30 1.58 31.58 फरवार्ड लघुवित्त 25 5 30 आरएमडिसी लघुवित्त 26 1.3684 27.37 साना किसान लघुवित्त 26 1.3684 27.37 छिमेक लघुवित्त 22 3.26 25.26 महुली लघुवित्त 20 5 25 नेरुडे लघुवित्त 22 1.1579 23.16 स्वरोेजगार लघुवित्त 22 1.1579 23.16 मिर्मिरे लघुवित्त 23   23 स्वाभिमान लघुवित्त 20 1.0526 21.05 विजय लघुवित्त 20 1.0526 21.05 सामुदायिक लघुवित्त 10 11.0526 21.05 डिप्रोक्स लघुवित्त 10 11.0526 21.05 आदर्श लघुवित्त 20 1.05 21.05 स्वावलम्बन लघुवित्त 15 6.05 21.05 इन्फिनिटी लघुवित्त 20   20 फस्र्ट माइक्रोफाइनान्स लघुवित्त 19 1 20 साधना लघुवित्त 19 1 20 निर्धन उत्थान लघुवित्त 19 1 20 नयाँ सारथी लघुवित्त 19 1 20 कालिका लघुवित्त 19 1 20 लक्ष्मी लघुवित्त 15 5 20 ग्लोबल आइएमई लघुवित्त 12 8 20 मेरो माइक्रोफाइनान्स लघुवित्त 10 10 20 सबैको लघुवित्त 18 0.95 18.95 समता घरेलु लघुवित्त 15 3 18 मिथिला लघुवित्त 15 0.7895 15.79 जनउत्थान सामुदायिक लघुवित्त 15 0.7895 15.79 सूर्योदय वोमी लघुवित्त 15   15  आशा लघु्वित्त 14.2857 0.7143 15 एनआईसी एशिया लघुवित्त   14.75 14.75 समीट लघुवित्त 13.5628 0.7138 14.28 सिभिल लघुवित्त 11 0.58 11.58 सपोर्ट लघुवित्त 11 0.5789 11.58 आरएसडिसी लघुवित्त 8 3 11 एनएमबि लघुवित्त 10 0.5263 10.53 किसान लघुवित्त  7 0.3684 7.37 मनकामना स्मार्ट लघुवित्त 4.75 0.25 5 गुराँस लघुवित्त  4 0.2105 4.21

डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश दिने

२६ पुस, काठमाडौं । डिप्रोक्स लघुवित्तले २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २५ पुस आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११.०५३ प्रतिशत नगद लाभांश […]

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

६ पुस, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । ५ पुस मंगलबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २० करोडको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ […]

नेप्सेमा फर्स्ट माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था First Microfinance Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर ५ गते बुक क्लोज गरेकोले आज मूल्य संयोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९२१ रुपैयाँ ८२ पैसा रहेको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य १ हजार १४ रुपैयाँ थियो । कम्पनीले आज मङ्सिर ५ गते बुक क्लोज गरेकोले  मङ्सिर २ गते म्म कायम सेयरधनिहरुले बार्षिक साधारणसभामा भाग लिन तथा स्वीकृत लाभांश प्राप्त गर्नेछन्।  लघुवित्तले मङ्सिर १८ गतेको लागि १२ औं साधारणसभा आब्हान गरेको छ। लघुवित्तको संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ मा १०।५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। भदौ १९ गते बसेको संचालक समितिले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यस अवधिमा लघुवित्तको चुक्तापुंजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्तापुंजी ९५ करोड नाघ्नेछ।

फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था First Microfinance Laghubitta Bittiya Sanstha  को लाभांश सुरक्षित गर्ने आज मङ्सिर २ गते बिहिबार अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारणसभा प्रयोजनार्थ  मङ्सिर ५ गतेको लागि बुक क्लोज मिति तय गरेकोले आज मङ्सिर ४ गतेसम्म कायम सेयरधनिहरुले बार्षिक साधारणसभामा भाग लिन तथा स्वीकृत लाभांश प्राप्त गर्नेछन्।  लघुवित्तले मङ्सिर १८ गतेको लागि १२ औं साधारणसभा आब्हान गरेको छ। लघुवित्तको संचालक समितिले आर्थिक बर्ष २०७७-०७८ मा १०।५३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। भदौ १९ गते बसेको संचालक समितिले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।यस अवधिमा लघुवित्तको चुक्तापुंजी ८७ करोड ६८ लाख ११ हजार २०० रहेको छ। १० प्रतिशत बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्तापुंजी ९५ करोड नाघ्नेछ।

नेप्सेमा लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज कार्तिक ३० गते मंगलबार २ वटा लघुवित्तको शेयर मूल्य समायोजन भएको छ ।  आज लक्ष्मी लघुवित्त र आरएसडिसी लघुवित्तको मूल्य समायोजन भएको हो। यी दुई लघुवित्तले साधारणसभा प्रयोजनको लागि आज कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  ।लक्ष्मी लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६०८ रुपैयाँ ८३ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १९३० रुपैयाँ ६० पैसा थियो । त्यस्तै आरएसडिसी लघुवित्तको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७९२ रुपैयाँ ७३ पैसा कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८७२ रुपैयाँ थियो । लक्ष्मी लघुवित्त Laxmi Laghubitta Bittiya Sanstha  ले मङ्सिर १० गते आफ्नो दशौँ बार्षिक साधारणसभा डाकेको छ। लघुवित्तको बार्षिक साधारणसभाका मूल एजेन्डामा गत आर्थिक बर्षको लाभांश स्वीकृत गर्ने रहेको छ। लघुवित्तको यहि असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष २० प्रतिशत बोनस सेयर र ७।३६८४२१ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश दिने प्रस्ताव गरेको थियो। लघुवित्तले ६ करोड ४० लाख रुपैयाँ बराबरको बोनस सेयर र २ करोड ३५ लाख रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो। सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।  बार्षिक साधारणसभाका लागि लघुवित्तले कात्तिक ३० गतेको लागि बुक क्लोज मिति तय गरेको छ। कात्तिक २९ गते सोमबारसम्म कायम सेयरधनिहरुले मात्रै लघुवित्तको बार्षिक साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । त्यस्तै आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले मङ्सिर १० गते शुक्रबार बुटवलमा साधारणसभा गर्ने निर्णय गरेको छ ।सभाले लाभांश सहितका विविध प्रस्ताव पारित गर्ने छ । कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ७ करोड ३१ लाख ९५ ९ सय ७६ हजार बराबरको  बोनस शेयर र कर प्रयोजन सहितको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५२ हजार ४ सय २० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।  हाल कम्पनीको चुक्ता पुंजी ७३ करोड १९ लाख ५९ हजार रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस संगै कार्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । आरएसडीसी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । गएको शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को  सञ्चित मुनाफाबाट सेयरधनीलाई  वितरण गर्ने  लाभांश घोषणा गरेको हो । लघुवित्तले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको ०.५३ प्रतिशत...