राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्तले घटायो लाभांश

२६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्तावित लाभांश संशोधन गरेको छ । ९ चैतमा बसेको सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ११.०५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । तर, नेपाल राष्ट्र बैंकले लघुवित्त […]

सम्बन्धित सामग्री

सामुदायिक लघुवित्तले यस वर्ष पनि लाभांश नदिने

सामुदायिक लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले वित्तीय विवरण पारित गरे स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । तर लाभांश भने प्रस्ताव गरेको छैन । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिमको अनुसूची र कर्जा नोक्सानी विवरण स्वीकृत गरी वार्षिक साधारण सभामा पेश गर्ने प्रयोजनार्थ प्रकाशित गर्न नेपाल राष्ट्र बैंक, लघुवित्त सुपरीवेक्षण विभागमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको हो ।  साथै आगामी वार्षिक साधारण सभावाट नगद लाभांश, वोनस शेयर तथा हकप्रद शेयर वितरण गरिने कुनै प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ। कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट पनि लाभांश दिएको थिएँन ।