नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दीपेश थारुले पदबाट राजीनामा दिएर बर्दियाको राजपुर नगरपालिको मेयरमा उम्मेदवारी दिएका छन् । गत वैशाख ९ गते राजीनामा बुझाएका थारुको आइतबार राजीनामा स्वीकृत भएको हो । मेयरको प्रचारमा व्यस्त रहेका थारु प्रदेशबाट भन्दा स्थानीय तहबाट अझ धेरै जनताको सेवा सकिने बताउँछन् । उनले भने, ‘नेपालको संविधानले प्रदेशलाई भन्दा धेरै अधिकार स्थानीय तहलाई दिएको छ । प्रदेशभन्दा यहाँबाटै धेरै काम गर्न सकिन्छ भन्ने ठानेर प्रदेशसभा छाडेर स्थानी