मकवानपुर – वाग्मती प्रदेश सरकारका पूर्वमन्त्री एवम् प्रदेश सभाका सदस्य केशव स्थापितले पदबाट राजीनामा दिनुभएको छ । काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनका लागि उहाँले आज आइतवार प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा दिनुभयो ।
यही वैशाख ३० गते हुने पालिका चुनावमा नेकपा एमालेबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उठ्न स्थापितले आज राजीनामा दिनुभएको हो । उहाँले भोलि सोमवार उम्मेदवारी दिने हुनुभएको छ ।
मेयरमा उम्मेदवारी दिन लाग्नु भएका स्थापितले आफ्नो योजनाका साथ काम गर्ने बताउनुभयो ।&nb...