आरविवि मर्चेन्टको छैठौं वार्षिक साधारण सभाले पारित गर्‍यो १०% लाभांश वितरण गर्ने प्रस्ताव

कात्तिक ३०, काठमाडौं । आरविवि मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैठौं वार्षिक साधारण सभा मंगलवार सम्पन्न भएको छ । सभा सञ्चालक समितिका अध्यक्ष एवम् राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले १० प्रतिशत नगद लाभांश सहित आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित पारित गरेको छ । साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालिन सोच अनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दुरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैकिङ सेवा लिन सकिने वातावरण बनाउने बताए । 

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंकले शेयरधनीलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडाैँ – लुम्बिनी विकास बैंकले आफ्ना शेयरधनीलाई ८.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले बिहीबार १६ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरी आर्थिक वर्ष २०८०/८१ को लागि शेयरधनीलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको […]

नेप्सेको ४२औं वार्षिक साधारण सभा पुस २९ मा, ६४ % लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ४२औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा नेपाल स्टक एक्सचेन्ज लिमिटेड, यु.एन.आई, शान्तिमार्गमा उक्त दिन बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ ।  सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यस्तै सभाले नेप्सेको चुक्ता पूँजीको रू. १ अर्बको ६४ प्रतिशतका दरले रू. ६४ करोड बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

ईक्रा नेपालको वार्षिक साधारण सभा असोज २५ मा, ५९.१० % लाभांश वितरण गर्ने

काठमाडौं । ईक्रा नेपाल लिमिटेडले ११ औं वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ ।  कम्पनी सञ्चालक समितिको बैठकले काठमाडौंको ठमेलस्थित एलोफ्ट काठमाडौंमा उक्त दिन १२ः३० बजे वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।    सभाले आर्थिक वर्ष (आव) २०७९/८० का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्ता पूँजीको ५९.१० प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरूलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।  त्यस्तै सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

ज्योति क्यापिटलको प्रथम वार्षिक साधारण सभा भदौ २१ मा, १०.५३ लाभांश वितरण गर्ने

काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा भदौ २१ गते हुने भएको छ । सभा ज्योति  विकास बैंकको केन्द्रिय कार्यालय सभाहल कमलपोखरीमा बिहान ९ बजे हुने जानकारी दिएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साथै, क्यािपटलको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरुको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा बढाउने प्रस्ताव गरेको छ । यस्तै, क्यापिटलको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर तथा ७ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो । यसका साथै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने निर्णय पनि साधारण सभाले पारित गरेको […]

सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस शेयर दिने

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रवार (पौष ३० गते ) सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ । साथै सभाले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन   &nbs...

सेञ्चुरी बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा शुक्रबार भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत एकसाथ सभा सञ्चालन भएको थियो। साधारण सभाले बैंकको चुक्ता पुँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। ०७८ असार मसान्तमा कायम चुक्ता पुँजीमा रु. ९,०३,४४,२९,५०२.५०/मा ५.७५ प्रतिशतले हुन आउने […]

सनराइज बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १६ पुस । सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकको सभा बिहीबार (हिजो) आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ६.६५% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले मर्ज तथा एक्वीजिसनसम्बन्धी र प्रबन्धपत्र […]

डिप्रोक्स लघुवित्तको २१.०५ प्रतिशत लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चितवनमा सम्पन्न सभाले २१.० ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।२० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१.०३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी एक […]

गुडविल फाइनान्सको २६औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२% नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको छ । सस्थाका अध्यक्ष विश्व प्रकाश साखले प्रस्तुत गरेको आ.ब.२०७६÷०७७ को आय व्यय विवरण तथा उक्त आ.ब.को नाफाबाट ८.४% बोनस सेयर तथा ३.६% नगद लाभांश गरि १२%  वितरण गर्ने प्रस्ताव सर्वसम्वत रुपमा पारित गरेको हो । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २३.१८% ले वृद्धि गरी रु. ८,४९,३९,९८,७१७ तथा कर्जा तर्फ १५.८८ %ले वृद्धि