काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ४२औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा नेपाल स्टक एक्सचेन्ज लिमिटेड, यु.एन.आई, शान्तिमार्गमा उक्त दिन बिहान ११ बजे शुरु हुने जानकारी दिइएको छ ।
सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्ष (आव)को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले नेप्सेको चुक्ता पूँजीको रू. १ अर्बको ६४ प्रतिशतका दरले रू. ६४ करोड बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।