काठमाडौं । ईक्रा नेपाल लिमिटेडले ११ औं वार्षिक साधारणसभा असोज २५ गते गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले काठमाडौंको ठमेलस्थित एलोफ्ट काठमाडौंमा उक्त दिन १२ः३० बजे वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष (आव) २०७९/८० का लागि सञ्चालक समिति प्रस्तावित हाल कायम चुक्ता पूँजीको ५९.१० प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) पारित गर्नेछ । जसअनुसार कम्पनीले आफ्ना शेयरधनीहरूलाई कुल ४ करोड २५ लाख ५३ हजार ५३८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
त्यस्तै सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र चालू आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।