काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा भदौ २१ गते हुने भएको छ । सभा ज्योति विकास बैंकको केन्द्रिय कार्यालय सभाहल कमलपोखरीमा बिहान ९ बजे हुने जानकारी दिएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, क्यािपटलको सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालकहरुको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा बढाउने प्रस्ताव गरेको छ । यस्तै, क्यापिटलको केन्द्रिय कार्यालयको ठेगाना परिवर्तन गर्ने प्रस्ताव गरेको छ ।