सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीलाई ५% बोनस शेयर दिने

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रवार (पौष ३० गते ) सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ । साथै सभाले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स” लाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन   &nbs...

सम्बन्धित सामग्री

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सिभिल बैंक र रिलायन्स फाइनान्सले (मंगलवार) बुक क्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सिभिल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको म...

सिभिल बैंकले कुल ५.२६ % लाभांश पुस ३० गते पारित गर्दै

पुस ९,  काठमाडौं । सिभिल बैंक लिमिटेडले पुस ३० गते प्रस्तावित कुल ५ दशमलव २६ प्रतिशत लाभांश पारित गर्ने भएको छ । उक्त दिन कम्पनीले ११ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको पुस ८ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याकेंट बालुवाटार, काठमाडौंमा विहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय गरेको हो ।   गत आर्थिक वर्ष २०७७/ ७८ सम्मको मुुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी रू. ८ अर्ब ६४ करोड ३६ लाख ६० हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तालाई सभाले अन्तिम रुप दिनेछ ।  यस वर्ष कम्पनीले गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको दिन मंगलवार कम्पनीको शेयरमूल्यमा सामान्य घटबढ भएको छ । लाभांशसँगै कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसमेत सभाले गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।