अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकमा रितेशकुमार शाक्य र भन्सार विभाग महानिर्देशकमा कमल भट्टराईलाई नियुक्त गरी खटाएको छ । सहसचिव शाक्य यसअघि मन्त्रालयकै योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख थिए । सहसचिव भट्टराई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख थिए ।यसअघि महानिर्देशक रहेका सहसचिव शोभाकान्त पौडेल गत शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि आन्तरिक राजस्व विभागमा महानिर्देशक पठाइएको थिएन । यस्तै, भन्सार विभागका महानिर्देशक नारायण सापकोटा