अर्थ मन्त्रालयमा सहसचिव हेरफेर : आन्तरिक राजश्वको महानिर्देशकमा पौडेल, भन्सारमा सापकोटा र बजेट महाशाखामा बराल

अर्थ मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी बाँडफाँड गरिएको छ । केही दिन अघि मन्त्रालय सरुवा भएका सहसचिवत्रय शोभाकान्त पौडेल, भूपाल बराल र नारायण सापकोटालाई मन्त्रालय तथा अन्तर्गतका विभागीय जिम्मेवारी दिइएको हो । बुधवारको मन्त्री स्तरीय निर्णयबाट सहसचिव पौडेललाई आन्तरिक राजश्व विभागको महानिर्देशकमा पठाइएको छ भने बराल मन्त्रालयकै बजेट महाशाखा प्रमुख बनेका छन् । यस्तै भन्सार विभागको महानिर्देशकमा नारायण सापकोटालाई जिम्मेवारी दिइएको छ । यसअघि आन्तरिक राजश्व विभागमा झक्क प्रसाद आचार्य,  बजेट महाशाखामा सुमन शर्मा र भ...

सम्बन्धित सामग्री

स्वास्थ्यलाई अर्थ मन्त्रालयले भन्यो : ९८ आधारभूत अस्पताल बनाउन बजेट छैन

२३ माघ, काठमाडौं । देशका विभिन्न स्थानीय तहमा निमार्णाधीन ९८ आधारभूत अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट नदिने भएको छ । यी अस्पतालका लागि स्रोत सुनिश्चित नभएको भन्दै अर्थले बजेट दिन इन्कार गरेको हो । निर्माणको घोषणा गर्दा नै स्रोत सुनिश्चित नगरिएको भन्दै अर्थ मन्त्रालयले बजेट दिन इन्कार गरेको हो । गत १ कात्तिकमा स्वास्थ्य मन्त्रालयले […]

बजेट निर्माणलाई तीव्रता दिदै अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९–८० को बजेट निर्माणलाई तीव्रता दिएको छ। १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यता...

बजेट निर्माणमा जुट्यो अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माणलाई तिव्रता दिएको छ । १५ जेठमा बजेट सार्वजनिक गर्नैपर्ने संवैधानिक व्यवस्थाअनुसार गृहकार्य गरिरहेको अर्थ मन्त्रालयले बिहीबारदेखि योजना आयोगको उपस्थितिमा विभिन्न मन्त्रालयसँग नियमित बैठक गर्ने कार्यतालिका बनाएको छ ।१३ वैशाखसम्मका लागि बनाइएको कार्यतालिकाको बिहीबारबाट कार्यान्वयन सुरू गरिएको छ । बिहीबार बिहान ९ बजे सहरी विकास मन्त्रालय, दिउँसो […]

आगामी बजेट तथा कार्यक्रममा अर्थ मन्त्रालयले माग्यो सुझाव

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ । बजेट तर्जुमासम्बन्धी काम थालिसकेको मन्त्रालयले मागेअनुसार नागरिकस्तरबाट सुझाव प्राप्त भए र समेटिए ‘नागरिक बजेट’ सूचकमा नेपाल थप बलियो हुनेछ ।बजेट तथा कार्यक्रमलाई बढी जनमुखी, प्रतिफलमुखी र कार्यान्वयनयोग्य बनाउन सुझाव माग गरिएको मन्त्रालयको योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाले जानकारी दिएको छ । यही लक्ष्यसाथ हाल सरोकारवालाहरुसँग छलफल एवम् परामर्श तथा सुझाव संकलन थालिएको पनि

फास्ट ट्र्याकलाई बजेट अभाव हुन्न : अर्थ मन्त्रालय

२६ माघ, काठमाडौं । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित गर्न माग गरिरहेका बेला अर्थ मन्त्रालयले यस्तो जवाफ दिएको हो । बुधबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै अर्थ मन्त्रालयका […]

बजेट कार्यान्वनयनका लागि अर्थ मन्त्रालयले निर्देशिका जारी गर्दै

काठमाडौं, असोज १३ । अर्थ मन्त्रालयले बजेट कार्यान्वनयन कार्यविधि निर्देशिका असोज महिना भित्रै जारी गर्ने जनाएको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट विस्थापन गर्दै आएको प्रतिस्थापन विधेयक संसदबाट पारित भइसकेको अवस्थामा यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले निर्देशिका ल्याउन लागेको हो । सरकार परिवर्तनसंगै बजेट अन्योलले झण्डै दुई महिना अप्ठ्यारो अवस्था रहेपनि अहिले […]

बजेट खर्चको क्षमता बढाउः अर्थ तथा विकास समिति

अर्थ तथा विकास समिति गण्डकी प्रदेशले बजेट खर्चको प्रतिशत बढाउने गरी काम गर्न अर्थमन्त्रीलाई निर्देशन दिएको छ ।...

चाँडै बजेट पारित गर्न स्थानीय तहलाई अर्थ मन्त्रालयको दवाव

काठमाडौं । अर्थ मन्त्रालयले समयमै बजेट पारित गर्न स्थानीय तहहरुलाई आग्रह गरेको छ । केही स्थानीय तहले अझै बजेट पारित नगरेकाले मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले पत्राचार गरेर समयमै बजेट पेस गरी पारित गर्न आग्रह गरेको छ । मन्त्रालयले बजेट पास गरेपछि मात्र खर्च गर्न स्थानीय निकायलाई सचेत गराएको छ । महाशाखाले बजेट नल्याएका स्थानीय […]

बजेट पास गरेर मात्रै खर्च गर्न पालिकालाई अर्थ मन्त्रालयको ध्यानाकर्षण

काठमाण्डाै – अर्थ मन्त्रालयले गाउँ/नगर सभाबाट पास गराएर मात्रै बजेट खर्च गर्न पालिकाहरूको ध्यानाकर्षण गराएको छ । असार १० गतेसम्म गाउँ/नगर सभामा बजेट पेस गर्नुपर्ने तथा सञ्चित कोषमाथि व्ययभार हुने रकमबाहेकका अन्य कार्यक्रम समावेश गरेर बजेट स्वीकृत गर्ने र खर्च गर्नुपर्ने कानुनी व्यवस्थालाई पालना गर्न अर्थ मन्त्रालयले ध्यानाकर्षण गराएको हो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले तोकेभन्दा बाहिर गएर बजेट नल्याउन र खर्च नगर्न पनि अर्थ मन्त्रालयले आग्रह गरेको छ । बजेट पेस र पारित नभएका पालिकालाई यथाशीघ्र...

अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनको गृहकार्य

काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ। मन्त्रालयले बजेटमा उल्लेखित योजना र कार्यक्रम समयमै सुरु गरेर परिणाम ल्याउन गृहकार्य सुरु गरेको हो। सोमबार आयोजित कार्यक्रममा मन्त्री विष्णु पौडेलले बजेट कार्यानका लागि आवश्यक कार्ययोजना बनाउन निर्देशन दिए।