आन्तरिक राजस्व र भन्सारमा नयाँ महानिर्देशक, फेरिए अर्थका महाशाखा प्रमुख

१४ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ । अर्थ मन्त्रालयमा मंगलबार सरुवा भएर आएका तिवारीलाई आन्तरिक राजस्व विभागमा पठाइएको हो । आन्तरिक राजस्व विभागको महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभागमा महानिर्देशक पद रिक्त थियो । त्यसैगरी भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त भएका छन् । […]

सम्बन्धित सामग्री

आन्तरिक राजस्व विभागको महानिर्देशकमा भुपाल बराल

काठमाडौं– आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी भुपाल बराललाई दिइएको छ ।  महानिर्देशकको जिम्मेवारी दिँदै सहसचिव बराललाई आन्तरिक राजस्व विभागमा सरुवा गरिएको बताइएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले शुक्रबारबाट लागू हुनेगरि जिम्मेवारी दिएको अर्थ मन्त्रालय सचिवालयले जनाएको छ ।  यसअघिका महानिर्देशक दीर्घराज मैनालीलाई अर्थ मन्त्रालय पठाइएको छ ।

आन्तरिक राजस्व विभागका २२८ अधिकृतको एकैपटक सरुवा (सूचीसहित)

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागका २ सय २८ कर्मचारीको एकसाथ सरुवा गरेको छ ।

आन्तरिक राजस्व विभागको महानिर्देशकमा मैनाली

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनालीको सरुवा भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुखमा रहेका मैनालीलाई विभागमा तानेको हो । मंगलबार नै आफूले सरुवाको पत्र बुझेको मैनालीले जानकारी दिए । निर्वाचनअघि नै...

अर्थ मन्त्रालयमा महानिर्देशक फेर्न चलखेल

काठमाडौं, कात्तिक २५ । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् । राजस्व संकलनदेखि महत्वपूर्ण कार्य गर्ने जिम्मेवारीमा रहेका यी निकायमा निर्वाचन आउनै लाग्दा अर्थ मन्त्रालयले महानिर्देशक फेर्ने प्रयास गर्नुलाई शंकास्पद मानिएको छ । […]

अर्थ मन्त्रालयमा महानिर्देशक फेर्न चलखेल

काठमाडौं । अर्थ मन्त्रालयले निर्वाचन मुखैमा भन्सार विभागका महानिर्देशक र आन्तरिक राजस्व विभागका महानिर्देशक फेर्ने प्रयास गरे पनि असफल भएको छ । यी दुवै सरकारी निकाय आकर्षक र महत्वपूर्ण मानिन्छन् । राजस्व संकलनदेखि महत्वपूर्ण कार्य गर्ने जिम्मेवारीमा रहेका यी निकायमा निर्वाचन आउनै लाग्दा अर्थ मन्त्रालयले महानिर्देशक फेर्ने प्रयास गर्नुलाई शंकास्पद मानिएको छ । अर्थ मन्त्रालयले […] The post अर्थ मन्त्रालयमा महानिर्देशक फेर्न चलखेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अर्थ मन्त्रालयमा भित्रिए ५ जना नयाँ सहसचिव, को–को आए ?

कार्यभार सम्हालेको ६ महिना नबित्दै आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलको सरुवा भएको छ। गत २ भदौमा विभागको महानिर्देशक भएका पौडेल अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन । यसअघि आन्तरिक राजस्व विभागले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपछि अर्थमन्त्री जनार्दन शर्मा अहिले सरुवा गरिएका पोडेलसँग सन्तुष्ट थिएनन् । बिहीबार चाल आर्थिक वर्षका लागि विनियोजित बजेटको अर्धवार्षिक समीक्षा गरेलगत्तै अर्थमन्त्री शर्माले विभागका महानिर्देशक पौडेललाई अन्य ठाउँमा सरुवा गराउनेदेखि लिए...

आन्तरिक राजस्व विभागमा कार्यसम्पादन सम्झौता

काठमाडौं (अस) । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरूसँग कार्य सम्पादन सम्झौता गरेको छ । बजेट कार्यान्वयनमा प्रभावकारिता ल्याउने उद्देश्यले अघिल्लो सरकारले शुरू गरेको कार्यसम्पादन सम्झौताको प्रभावकारितामा प्रश्न उठिरहेका बेला बिहीवार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले विभागका उपमहानिर्देशक र निर्देशकहरूबीच आर्थिक वर्ष २०७८÷७९ का लागि कार्यसम्पादन सम्झौता गरे । अर्थ मन्त्रालयको वार्षिक नीति र कार्यक्रम तथा आन्तरिक राजस्व विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, देशभरि रहेका आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता सेवा कार्यालयहरूले वार्षिक सम्पादन गर्नुपर्ने कामसमेत समावेश गरी कार्यसम्पादन सम्झौता गरिएको विभागले जानकारी दिएको छ । कार्यसम्पादन सम्झौतामा वार्षिक क्रियाकलाप, परिमाणात्मक रूपमा उल्लेख गरिएको उपलब्धिसूचक, मूल्यांकनका आधार तथा कार्यसम्पादन गर्नुपर्ने समयसीमा समेत उल्लेख गरिएको छ । यसबाट विभागका निर्देशकहरूको कार्यसम्पादन मूल्यांकन वस्तुनिष्ठ र यथार्थपरक हुने बताइएको छ । यसले कर्मचारीलाई थप जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुग्ने विभागको भनाइ छ । यस्तै प्रकारको सम्झौता देशभर रहेका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयका प्रमुखहरूसँग समेत गरिने विभागका अधिकारीहरू बताउँछन् । यसअघि अर्थसचिव र आन्तरिक राजस्व विभागमा महानिर्देशक तथा महानिर्देशक र उपमहानिर्देशकबीच यस्तै प्रकारको वार्षिक कार्यसम्पादन सम्झौता सम्पन्न भइसकेको छ । विभागका नीति विश्लेषण तथा व्यवस्थापन महाशाखाका प्रमुख मुक्तिप्रसाद पाण्डे, सञ्चालन महाशाखा प्रमुख आनन्द काप्mले, अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख शम्भुप्रसाद मरासिनी र सूचनाप्रविधि विज्ञ रमेश शर्मा पौडेलले कार्यसम्पादन सम्झौता गरे ।

धेरै कर तिरेको भन्दै आइएमई रेमिट चौथो पटक सम्मानित

आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले एक समारोहबीच सबैभन्दा बढी कर तिरेको भन्दै आइएमई रेमिटलाई चौथो पटक सम्मान गरेको हो । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् ।आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा […]

आन्तरिक राजस्व विभागमा मैनाली

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकको जिम्मेवारी दीर्घराज मैनालीलाई दिएको छ । यसअघि, मैनाली राजस्व अनुसन्धान विभाग महानिर्देशक थिए । मैनाली कुशल र सुधारक प्रशासकका रूपमा परिचित छन् । राजस्व अनुसन्धान विभागमा रह“दा राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थालेर उनी चर्चामा आएका थिए । अर्थ मन्त्रालयले मैनालीलाई आन्तरिक राजस्व विभागको जिम्मेवारी दिएर सहमतिका लागि […] The post आन्तरिक राजस्व विभागमा मैनाली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.