बिक्री घट्दा कोटाको चामल ढुवानी भएन

खाद्यको भन्दा बजारको चामल सस्तो भएर बिक्रीदर घट्दा चालु आर्थिक वर्ष माछाखोलामा कोटाअनुसार चामल ढुवानी हुन सकेन । पाँच सय क्विन्टल कोटा रहेको माछाखोलामा दुई सय ८० क्विन्टल मात्र ढुवानी भएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखाका सूचना अधिकारी शिव सुनारले बताए ।

सम्बन्धित सामग्री

मार्तडीमा दुई सय क्विन्टल चामल ढुवानी

दुई सातादेखि चामल अभाव रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्तडीमा शनिबार दुई सय क्विन्टल चामल ढुवानी गरिएको छ । कम्पनीको हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्री केन्द्रमा भने अझै चामल अभाव छ ।

मुगुका खाद्य डिपो रित्तिए : सर्वसाधारणलाई समस्या

मुगु – मुगुमा तीन वटा खाद्य डिपो र दुई वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । गत आवको खाद्यान्न कोटाको चामल ढुवानी भइसकेको र यो चालु आवको नयाँ खाद्यान्न कोटा ठेक्का टेण्डर स्वीकृत नहुँदा श्रीकोट, पुलु, सोरुकोट खाद्य डिपो र कालै, रातापानी बिक्री केन्द्रका गोदाम साउन महिनाको सुरुआतमै रित्तिएका हुन् । गमगढीस्थित खाद्य व्यवस्था तथा […]

चामल गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव

कालिकोट । सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारण समयमै चामल पाउनबाट वञ्चित छन् । चालू वर्ष पनि तोकिएको समय चामल ढुवानी नहुँदा दैनिक २० देखि ३० क्विन्टलसम्म चामल बिक्री हुने […] The post चामल गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दुर्गमका लागि झन्डै दुई लाख क्विन्टल चामल ढुवानी गरिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष एक लाख ८० हजार क्विन्टल चामल ढुवानी गर्ने भएको छ । खाद्य कम्पनीले २४ दुर्गम जिल्लामा सुपथ मूल्यमा चामल उपलब्ध गराउन सो चामल ढुवानी गर्न लागेको हो । चामल ढुवानीका लागि ४७ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सरकारले प्रत्येक वर्ष बजेटमा दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्न रकम छुट्याउने गरेको छ । सरकारले दुर्गम जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान दिने गर्छ । कम्पनीले स्थल र हवाई मार्गबाट ती जिल्लामा खाद्यान्न ढुवानी गर्छ । कम्पनीका बिक्री प्रमुख भीम थापाले विभिन्न जिल्लामा सडक र हवाई मार्गबाट चामल पठाउने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाको मागका आधारमा थप परिणाममा चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो ।

हुम्लामा चामल लिन सीडीओको सिफारिस!

सुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ। पर्याप्त खाद्यान्न नभएको भन्दै कम्पनीले बिक्री बन्द गरेको हो। कम्पनीले अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट बिक्री गर्ने बताएको छ। नमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि खाद्यान्न बिक्री स्थगित गरेको बताए।जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल

मुगुका खाद्य डिपोमा सकियो चामल

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका खाद्य गोदाममा चामल सकिएपछि जिल्लाभरि बिक्री वितरण बन्द भएको छ । गत आर्थिक वर्षमा ढुवानी भएको चामल बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानी गर्न ठेक्का स्वीकृत नभएकाले सबै खाद्य गोदाम रित्तिएका हुन् ।

मुगुका खाद्य गोदाममा चामल सकिएपछि वितरण बन्द

जिल्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा चामल सकिएपछि बिक्री वितरण बन्द गरिएको छ । गत आर्थिक वर्षमा ढुवानी भएको चामल बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानी गर्न ठेक्का स्वीकृत भइनसकेको  हुँदा गोदाममा चामल सकिएपछि बिक्री वितरण बन्द गरिएको कम्पनीका प्रमुख अधिकारी पुष्कर भामले बताए ।

उपल्लो डोल्पा : चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

जाजरकोट : उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रूपैयाँ पर्छ।उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा मसिनो मूल्य ७ हजार, मोटा ५ हजार र सोना मन्सुली ५ हजार ६ सय रूपैयाँमा कम्पनीले उपलब्ध गराउँदै आएको छ।सुर्खेतदेखि धोसम्मको चामल ढुवानी भाडा प्रतिकेजी ६५ रूपैयाँ, धारगाउँ ५६ रूपैयाँ र सालदाङमा ९० रूपैयाँ ढ

डोल्पाको पीडा : चामलको मूल्यभन्दा ढुवानीको मूल्य बढी

जाजरकोट– उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको विवरणअनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकेजी ९० रुपैयाँ पर्ने गर्दछ । प्रतिक्विन्टल उपल्लो डोल्पाको सालदाङमा जिरा मसिनोको मूल्य सात हजार रुपैयाँ, मोटाको पाँच हजार र सोना पाँच हजार ६०० रुपैयाँमा कम्पनीले उपलब्ध गराउदै […]

गोदामको मौज्दात चामल सकियो

बाजुरा। कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएको छ। महामारीको कहरमा निषेधाज्ञामा चामल बिक्रीदर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका प्रमुख मेघराज ओझाले बताए। कम्पनीमा रहेको चार हजार ८०० क्‍विन्टल चामल बिक्री भइसकेको छ। सदरमुकाम आउने सडकको अवस्था राम्रो नभएकाले ठेकेदारले चामल ढुवानी गर्न नसकेको ओझाको भनाइ छ।