सुर्खेत : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले खाद्यान्न बिक्री बन्द गरेको छ। पर्याप्त खाद्यान्न नभएको भन्दै कम्पनीले बिक्री बन्द गरेको हो। कम्पनीले अति आवश्यक काममा प्रमुख जिल्ला अधिकारीको सिफारिसबाट बिक्री गर्ने बताएको छ। नमित्त शाखा प्रमुख नवीनप्रसाद आचार्यले अर्को सूचना नभएसम्मका लागि खाद्यान्न बिक्री स्थगित गरेको बताए।जिल्लाभरि रहेका डिपो र बिक्री केन्द्रमा चामल सकिएको र सिमकोट शाखामा मौज्दात कम भएपछि जिल्लाभरि बिक्री बन्द गरिएको हो । ठेकेदारले सबै चामल ढुवानी नगर्दा चामल