खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका खाद्य गोदाममा चामल सकिएपछि जिल्लाभरि बिक्री वितरण बन्द भएको छ । गत आर्थिक वर्षमा ढुवानी भएको चामल बिक्री भइसकेको र चालु आर्थिक वर्षको चामल ढुवानी गर्न ठेक्का स्वीकृत नभएकाले सबै खाद्य गोदाम रित्तिएका हुन् ।