केन्द्रबाटै गठबन्धनमा आबद्ध ५ दलबीच विराटनगर महानगरपालिका तथा धरान र इटहरी उपमहानगरपालिकाको भागबण्डा गरिएपछि यहाँ विभिन्न प्रतिक्रिया सुरु भएको छ । धरानमा प्रमुखमा दाबी गरेको नेपाली काँग्रेसले सोहीअनुसार पाउने र उपमेयर दाबी गर्दै गरेको माओवादी केन्द्रले पनि सोहीअनुसार पाउने भएपछि त्यहाँ धेरै समस्या नरहेको नेताहरुले बताएका हुन् ।‘हामीले यही ढंगले गठबन्धन होस् भन्ने चाहेका थियौं, यो स्वागत योग्य छ,’ माओवादी केन्द्रका नेता अइन्द्र विक्रम बेघाले भने, ‘अब वडाको विभाजनका लागि हा