काठमाडौं : मुलुकको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।समझदारीपछि दुवै संस्था मिलेर पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने भएका छन्। महासंघको सचिवालय काठमाडौंमा बिहीबार भएको समझदारीपत्रमा नेपाल पर्यटन बोर्डका तर्फबाट कार्यकारी प्रमुख डा धनन्जय रेग्मी र महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरे।समझदारी पत्रमा पर्यटन विकासमा विभिन्न तहमा सरोकारवालाहरूको बैठक गरी उदीयमान