संखुवासभा सभापोखरीका महेन्द्र कुमार जोगी तीन वर्ष अघिदेखि क्यान्सर रोगले पीडित छन् । उनलाई ‘क्लासिकल होजकिन लिम्फोमा’ नामक क्यान्सर भएको छ । उनले कोशी अस्पतालमा ६ पटक र भरतपुर अस्पतालमा १२ पटक किमो थेरापी गरे । त्यसपछि निको भएको अनुमान गरेका उनलाई पुनः ब्रेन ट्युमरमा त्यही खालको क्यान्सर देखियो । विराटनगरको आर्या अस्पतालमा अपरेसन गरेर गत चैतमा ट्युमर निकालियो । तर फेरि त्यही क्यान्सर देखिएपछि उनी अहिले भरतपुर क्यान्सर अस्पतालमा टाउको सेक्न (रेडिएसन दिन) लाइनमा बसिरहेका छन् ।उपचारकै क