राहुघाट जलविद्युतको भौतिक प्रगति ५५ प्रतिशत

रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत भएको छ । राहुघाट नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको छ । आयोजनाले भर्टिकल ‘प्रेसर साफ्ट’ को ‘ब्रेक थु्र’ गरेको छ । रघुगंगा गाउँपालिका–३ पिप्लेदेखि तिल्केनीचौरमा निर्माणाधीन विद्युतगृहमा सुरुङबाट आउने पानीलाई विद्युतगृहमा खसाल्ने ठाडो १९६ मिटर सुरुङ सोमबार जोडिएको […]

सम्बन्धित सामग्री

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : सकिनुपर्ने समयमा आधा काम

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ ।  ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : सकिनुपर्ने समयमा आधा काम

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ ।  ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : सकिनुपर्ने समयमा आधा काम

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः सकिनुपर्ने समयमा आधा काम

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ।

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजना सकिनेबेला आधामात्रै काम

२४ भदौ, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन एक सय ३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय …

राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह

अहिलेसम्म करिब ८० प्रतिशत भौतिक प्रगति भएको राहुघाटबाट आगामी सन् २०२५ मार्चभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ ।

बेनी–जोमसोम–कोरला सडकको आठ खण्डको निर्माण पूरा, भौतिक प्रगति ७५ %

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको आठओटा खण्ड स्तरोन्नति गरिएको छ ।  पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/०७४ देखि शुरु भएको सो योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति सकिएको हो ।  म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन रु सात अर्ब ५५ करोड लागत अनुमान गरिएको सो योजनाका लागि आर्थिक वर्ष २०७९/०८० सम्म रु ६ अर्बभन्दा बढी खर्च भइसकेको छ ।  योजनाका प्रमुख जगत प्रजापतिले ६ ओटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुईओटा खण्डको १७ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिँदा समग्र योजनाको भौतिक प्रगति ७५ पुगेको जानकारी दिए ।   ‘एक सय किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएकामा मुस्ताङको थासाङ गाउँपालिका–५ को कैकुखोलादेखि खन्ती जोड्ने १६ किलोमिटर खण्डमा कालोपत्र सकिएको छ,’ उनले भने, ‘कागबेनी–कोरलाखण्डको सातमध्ये २५ किलोमिटर दूरीमा चराङ–छोसेरबाहेक ६ खण्डमा ग्राभेल गरिएको छ ।’  एक किलोमिटर तीन सय मिटर दूरीको गलेश्वर–राहुुघाटखण्डमा पूरै सडक कालोपत्रे गरिएको छ भने कैकुखोला–खन्तीखण्डकमा आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको छ ।  १३ किलोमिटर लामो जोमसोम–कागबेनी सडक कालोपत्र गर्न विसं २०७८ मा ठेक्का सम्झौता गरेका ठेकेदार डेढ वर्षपछि काममा फर्किएको योजना प्रमुख प्रजापतिले जानकारी दिए । तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौं खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा तीन वर्षपछि ठेकेदार काममा फर्किएका छन् ।  ८५ प्रतिशत भौतिक प्रगति भएको यो खण्डको सडक ११ मिटर फराकिलो बनाएर ग्राभेल गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  जोमसोम–कोरला खण्डको अन्य ६ ओटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकेर निर्माण व्यवसायीले हस्तान्तरण गरिसकेको योजना प्रमुख प्रजापतिले बताए ।  १८ किलोमिटर दूरीको कागबेनी–ताङ्वे बज्रगुरु खड्गकृष्ण जेभी, ११ किलोमिटर ताङ्वे–चैलेको दिवाडाफे एपेक्स जेभी, ११ किलोमिटर दूरीको चैले–भेनाको कान्छाराम कोशी एण्ड न्यौपाने जेभी र १२ किलोमिटर भेना–झैते सडक कञ्चनजङ्गा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए ।  झैते–चराङ १९ किलोमिटर कञ्चनजङ्गा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी खण्डको ४२, तीन किलोमिटर दूरीको बेनी–गलेश्वर खण्डको ८५ प्रतिशत, राहुघाट–नारच्याङ पुल खण्डको ८५ प्रतिशत, नारच्याङपुल–घाँसा खण्डको ६० प्रतिशत प्रगति भएको छ । म्याग्दीको राहुघाटदेखि मुस्ताङको घाँसा खण्डको सडक पहिरोले असर पारेको छ ।  योजनामार्फत आठओटा पक्की पुल र तीनओटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एकओटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । १२ ओटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । यस सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । रासस

राहुघाटको भौतिक प्रगति ३८ प्रतिशत

म्याग्दीको रघुगङ्गामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको चार वर्ष बितिसकेको छ । तर, यसको भौतिक प्रगति ३८ प्रतिशतमात्रै छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा निर्माण गरिरहेको ४० मेगावाट क्षमताको यो जलविद्युत् आयोजनाको प्रगति लक्ष्यअनुसार हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाले गति लिन नसकेको हो ।

राहुघाट जलविद्युत् आयोजना : पाँच वर्षमा ३८ प्रतिशत मात्रै भौतिक प्रगति

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजनामा अहिलेसम्म उक्त भौतिक प्रगति भएको हो । नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत शेयर लगानीमा २०७३ सालमा स्थापित उक्त कम्पनीसँग २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)ले सुरुङ र विद्युत्गृह निर्माण गरिरहेको आयोजनाले बताएको छ । आयोजना प्रमुख राजबहादुर विष्टले कमजोर भूबनोटका कारण सुरुङ निर्माणमा अपेक्षाकृत प्रगति नभएको बताए । कुल ६ दशमलव २ किलोमिटर लामो सुरुङमध्ये हालसम्म २ दशमलव २ किलोमिटर मात्र निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्जसाफ्ट र सुरुङको ब्रेक थ्रू भएर ३३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ । सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ । सुरुङ, विद्युत्गृह र ड्याम साइट निर्माणमा अहिले ४५० जना जनशक्ति परिचालन भएको आयोजनाले बताएको छ । विद्युत्गृहबाट दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरिएको छ । बुग्लस्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटरेबल पुल निर्माण भएको छ । यस्तै राहुघाटबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न लुपइन–लुपआउटका चारओटा टावर तयार भएको छ । अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत् खरीदविक्री सम्झौता (पीपीए) गरेको थियो । अहिले सिभिल ठेकेदारले मात्रै काम गरिरहेकोमा यसै सातादेखि इलेक्ट्रोमेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रकल्स लिमिटेड (भेल)ले समेत कार्यक्षेत्रमा काम शुरू गरेको रघुगंगा आइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए । २०७६ कात्तिकमा १ करोड २ लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्काको सम्झौता भए पनि सम्झौता भएको दुई वर्षपछि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालित भएको हो । विद्युत्गृहमा सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार तथा परामर्शदाताले समेत समन्वय गरेर पूर्वाधार निर्माणलाई तीव्रता दिने कम्पनीका प्रबन्ध सञ्चालक केसीले बताए । ३६ महिना अवधि रहेको इलेक्ट्रोमेकानिकल ठेक्काको समय अब १ वर्ष मात्रै बाँकी छ । सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक विपद् र कोरोनाको महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको छ । राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण गर्दा रघुगंगा गाउँपालिका–३ पिप्लेको साजा क्षेत्रका अधिकांश घर चर्किएका छन् । हरेक दिन सुरुङभित्र गरिने विष्फोटको कम्पनले घरहरू चर्किने क्रम बढे पनि आयोजनाले उचित ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । घरहरू चर्किएर बस्न नमिल्ने अवस्थामा पुग्दा समेत पुनर्निर्माणका लागि न्यून मात्रामा रकम दिने भएकाले आफूहरू समस्यामा परेको स्थानीय नारायण सुवेदीले बताए । उनका अनुसार अहिले आयोजनाबाट घर चर्किएर भत्कने अवस्थामा पुगेका घरधनीलाई अस्थायी आवास निर्माण गर्न १ लाख ७५ हजार मात्रै रकम दिने गरिएको छ । उक्त रकम अपुग हुने भएकाले स्थानीयवासी चर्किएकै घरमा जोखिमपूर्ण रूपमा बस्ने गरेका छन् । पिप्लेमा मात्रै दर्जनौं घर चर्किएका छन् ।

तस्वीर : ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङमार्ग

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर ३ को सुरुङमार्ग । ३८ प्रतिशत मात्रै भौतिक प्रगति भएको यस आयोजनामा कुल ६ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार २०० मिटर मात्रै सुरुङ निर्माण सकिएको छ । तस्वीर : रासस