जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्च अदालतले गरेको निर्णयले देशलाई अनिश्चिततातर्फ धकेलेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले मान्यता नदिइ २० मन्त्रीको पद मुक्त गरेको थियो । त्यसमा अधिकांश मन्त्री जसपाका थिए । अदालतको यो निर्णयले जसपा महन्थ ठाकुर पक्षलाई ठूलो धक्का लागेको छ ।बिहीबार ठाकुरले विघटित प्रतिनिधिसभाका सांसदहरुलाई बोलाएर सर्