हेटौंडा : बागमती प्रदेश सरकारको कार्यकाल ४ वर्ष पुग्न लागेको छ। करिब ४ वर्षमा एमालेले एकल नेतृत्वमा दुईवटा सरकार बनायो। पार्टी विभाजनपश्चात देशैभर सत्ताच्युत हुँदै गएको एमाले बागमती प्रदेश सरकारबाट पनि बाहिरिने निश्चित छ। तर , ४ वटा नीति तथा कार्यक्रम र बजेट ल्याएको एमाले नेतृत्वको प्रदेश सरकारले सुरुदेखि नै प्राथमिकतामा राखेको गौरवको आयोजना हालसम्म सुरु पनि भएका छैनन्।बिहीबार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत माग्ने क्रममा एमाले नेतृत्वको सरकारले हालसम्म ग