बागमती प्रदेश सरकारले प्रदेश गौरवका आयोजना घोषणा गरी कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरे पनि अधिकांश कार्यान्वयनमा आएका छैनन् भने कार्यान्वयन भएको सेवा प्रवाहसमेत सन्तोषजनक नभएको पाइएको छ । बागमती प्रदेश सरकारले आर्थिक २०७६/७७ को नीति तथा कार्यव्रmम र बजेट वक्तव्यमा चार वटा योजनालाई प्रदेश गौरवको योजना घोषणा गरी कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गरेकोमा अधिकांश कार्यान्वयन नभएको पाइएको हो ।