सरकारलाई टेर्दैनन् कर्मचारी, आर्थिक कारोबार ठप्प

लेखाका कर्मचारी नहुँदा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक कारोबार ठप्प भएको छ । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाको विकास खर्चको भुक्तानीदेखि दीर्घरोगीले नियमित रूपमा पाउने आर्थिक सुविधासमेत पाउन सकेका छैनन् । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजनाको भुक्तानी, क्यान्सर, मिर्गौलाको डायलासिस गराइरहेका बिरामी, मेरुदण्ड पक्षाघात भएका बिरामीले राज्यबाट नियमित रूपमा पाउने रकम र कर्मचारीको तलब भत्तासमेत विगत आठ महिनादेखि रोकिएको छ ।

सम्बन्धित सामग्री

सफ्टवेयरमा समस्याले मधेश सरकारको आर्थिक कारोबार झण्डै दुई महिनादेखि ठप्प

एक कर्मचारीले भने, ‘मन्त्रालयमा हुने दैनिक खर्च सवारी इन्धन, फोटो कपी पेपरदेखि विभिन्न आर्थिक कारोबार उधारोमा हुने गरेको छ ।'

करार कर्मचारी विवादले गाउँपालिकाकाे आर्थिक कारोबार ठप्प

पर्वत : करारमा राखिएका कर्मचारीहरूको विषयमा विवाद उत्पन्न भएपछि जिल्लाको जलजला गाउँपालिकाका आर्थिक कार्यहरू स्थगित अवस्थामा रहेका छन्।विगत पाँच वर्षदेखि वा त्यसयता भर्ना गरिएका करारका कर्मचारी सबैलाई निकाल्नुपर्ने भन्दै नेकपा एमालेसँग सम्बद्ध कार्यपालिका सदस्यहरूले असार १० मा सम्पन्न भएको बाह्रौँ अधिवेशनयता समस्या निकालिरहेको गाउँपालिकाले विज्ञप्ति निकालेर बताएको छ।कानुनले परिकल्पना नगरेको प्रतिपक्षको भूमिकामा उत्रिँदै लामो समयसम्म बैठकको छलफलमा सहभागी भएता पनि उपस्थितिमा समेत दस्

आर्थिक कारोबार ठप्प : बचतकर्ताले पाएनन् रकम

काठमाडौँ,२३ भदौ । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था आर्थिक संटमा परेपछि हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न ऋणीलाई आग्रह गरेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधन भएपछि सङ्कटमा परेको सो सहकारीले सार्वजनिक सूचनामार्फत हप्ता दिनभित्र सावाँ, ब्याज र हर्जना रकम चुक्ता गर्न ऋणीलाई आग्रह गरेको हो । ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल […]

आर्थिक कारोबार ठप्प हुँदा वीपी प्रतिष्ठानको अस्पताल सेवा प्रभावित

माघ २७, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार ठप्प हुँदा दैनिक प्रशासनिक काम सहित अस्पतालको सेवा समेत प्रभावित भएको छ ।  स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानका वहालवाला पदाधिकारीहरुलाई काम रोकेर मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरे यता आर्थिक कारोबार ठप्प भएको छ । सरकारले पठाएका कर्मचारीलाई प्रतिष्ठानको ऐन, नियमावलीले आर्थिक कारोबार गर्ने अधिकार नदिएकाले समस्या भएको छ ।  आर्थिक कारोबार नहुँदा स्पाइनल, मुटु, क्यान्सरलगायतको उपचारमा बिरामीले १ लाखसम्मको उपचार खर्च अन्तर्गतको औषधी किनेर सोधभर्ना पाउनुपर्ने रकम बिरामीले पाउन सकेका छैनन् । यस्ता बिरामीहरुले प्रतिष्ठानमा नभएको औषधी बाहिर मेडिकलमा किन्ने र बिल बुझाएर सोधभर्ना लिने गरेका थिए ।  यस्तै, ल्याबमा चाहिने रि एजेण्टसहितका सामग्री, एक्सरेको आवश्यक सामग्रीहरु पनि खरीद आदेश गर्न नपाएर समस्या हुँदै गएको छ । अक्सिजनको साना सिलिण्डर बाहिर भरेर ल्याउन नपाउँदा पनि समस्या बढ्दै गएको छ भने बिरामीहरुलाई खुवाउने खानाको सामग्री, बिग्रिएको सामान मर्मत गर्ने लगायतका कामहरु ठप्प छन् ।  आर्थिक प्रशासनको काम रोकिएको जस्तो देखिएपनि समग्रमा अस्पताल सेवालाई नै प्रभावित बनाइरहेको खरीद शाखा प्रमुख सागर ताम्राकारले बताए ।  खरीद शाखाका अनुसार प्रतिष्ठानले वर्षभरि आवश्यक पर्ने सामानको टेण्डर गरेको हुन्छ । टेण्डर अनुसारको सामान एकैपटक भने ल्याएर राखिएको हुँदैन । म्याद गुज्रिने, सामान राख्न ठाउँ अभाव हुने, एकै पटक धेरै रकम भुक्तानी गर्नुपर्ने लगायत समस्याले गर्दा टेण्डरपछि सम्झौता गरेर ३÷४ महीनामा खरीद आदेश मार्फत ती सामान ल्याउने गरिएको हुन्छ ।  अहिले पदाधिकारीहरु नभएकोले खरीद आदेश स्वीकृत गर्न नसक्दा अस्पताल सेवा प्रभावित हुने गरी समस्या शुरु भएको हो । कतिपय अत्यावश्यक सामानहरु कर्मचारीहरुले आफैले भविष्यमा भुक्तानी हुन्छ भन्दै आपूर्ति गरिरहेका छन् । पदाधिकारीलाई सरकारले काम गर्न रोकेको र आर्थिक अधिकार सहित प्रशासन सम्हाल्न आएका डा. श्याम सुन्दर यादवले पनि काम गर्ने अवस्था नभएपछि सबै कारोबार ठप्प भएको कर्मचारीको भनाइ छ । मन्त्रिपरिषद् बैठकले गत पुस ३० गते निर्णय गर्दै माघ ६ गते डा.श्यामसुन्दर यादव सहित महालेखाबाट कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारीलाई पठाएको थियो । त्यसयता प्रतिष्ठानको आर्थिक कारोबार पूर्णरुपमा ठप्प छ । प्रतिष्ठानको ऐन र नियमावली अध्ययनपछि सरकारले पठाएका डा.श्यामसुन्दर यादव पनि आफू अधिकारविहिन अवस्थामा रहेको भन्दै फर्किएका छन् । प्रतिष्ठानमा आर्थिक कारोबार गर्न नसक्ने अवस्था भएपछि यादव काठमाडौं फर्किएका हुन् ।  सरकारले उनलाई प्रशासनिक र आर्थिक अधिकारसमेत दिएर प्रतिष्ठान पठाएको थियो । तर, प्रतिष्ठानको ऐन, नियमावलीले उपकुलपतिलाई मात्र आर्थिक अधिकार दिएको र सरकारले पठाएका कर्मचारीलाई त्यस्तो अधिकार नभएको भन्दै प्रतिष्ठानका कर्मचारीहरुले तत्कालको अवस्थामा उनलाई सहयोग गर्न नसक्ने बताएपछि उनी काठमाडौं फर्किएका हुन् ।

धनुषाका दश स्थानीय तहको आर्थिक कारोबार ठप्प

जनकपुरधाम – बजेट पारित र प्राविधिक समस्याका कारण धनुषाका दश वटा स्थानीय तहको आर्थिक कारोबार ठप्प रहेको छ । सम्बन्धित निकायको बेवसाइटमा रकमसहितको विनियोजित योजनाको विवरण अपलोड गरी अद्यावधिक गर्न नसक्दा कुल १८ मध्ये दश स्थानीय तहको आर्थिक कारोबार ठप्प भएको हो । बजेट पारित गर्न नसकेको, पारित भए पनि खाता खोल्न नवीकरण ग…

धनुषाका दश स्थानीय तहको आर्थिक कारोबार ठप्प

जनकपुरधाम – बजेट पारित र प्राविधिक समस्याका कारण धनुषाका दश वटा स्थानीय तहको आर्थिक कारोबार ठप्प रहेको छ । सम्बन्धित निकायको बेवसाइटमा रकमसहितको विनियोजित योजनाको विवरण अपलोड गरी अद्यावधिक गर्न नसक्दा कुल १८ मध्ये दश स्थानीय तहको आर्थिक कारोबार ठप्प भएको हो । बजेट पारित गर्न नसकेको, पारित भए पनि खाता खोल्न नवीकरण ग…

जनकपुरधाम उपमहानगरको आर्थिक कारोबार ठप्प

जनकपुरधाम उपमहानगरपालिकाले नयाँ आर्थिक वर्षको खाता सञ्चालन गर्न नसक्दा दुई महिनाभन्दा लामो समयदेखि आर्थिक कारोबार हुन सकेको छैन । स्थानीय तहको आन्तरिक लेखा परीक्षण विवरण प्राप्त गरेपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले सम्बन्धित स्थानीय तहको खाता नयाँ आर्थिक वर्षका लागि नवीकरण गराउने प्रावधान छ । तर जनकपुरधाम उपमहानगरपालिकाले आन्तरिक लेखा परीक्षणको फाइल कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई उपलब्ध नगराएका कारण अझै खाता सञ्चालन हुन नसकेको हो ।नगर प्रमुख लालकिशोर साहले अघिल्लो आर्थिक वर्षको आन्तर

जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार तीन महिनादेखि ठप्प

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार तीन महिनादेखि ठप्प रहेको छ । उपमहानगरपालिकाको नयाँ खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार ठप्प भएको हो । वडाध्यक्षहरूले मेयर लालकिशोर साहले पछिल्लो परिषद्को फाइल क्लोज नगरेकाले अहिलेसम्म नयाँ खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार ठप्प हुन गएको आरोप लगाएका छन् । …

जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार तीन महिनादेखि ठप्प

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार तीन महिनादेखि ठप्प रहेको छ । उपमहानगरपालिकाको नयाँ खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार ठप्प भएको हो । वडाध्यक्षहरूले मेयर लालकिशोर साहले पछिल्लो परिषद्को फाइल क्लोज नगरेकाले अहिलेसम्म नयाँ खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार ठप्प हुन गएको आरोप लगाएका छन् । …

चिनियाँ व्यापारी नआउँदा रुद्राक्षको कारोबार ठप्प

संखुवासभाको प्रमुख आय आर्जनका रुपमा रहेको रुद्राक्ष व्यवसाय लकडाउनका कारण ठप्प भएको छ ।वर्षेनी ३ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको रुद्राक्ष चिनियाँ व्यापारी नआउँदा ठप्प भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुङ्खेले बताए । लकडाउनको अवधी अघि गाउँ गाउँमा छ्याप्छाप्ती पुग्ने चिनियाँ व्यापारीहरु यस वर्ष देखिएका छैनन् । सयौंको संख्यामा रुद्राक्ष कृषकहरु थपिएका छन् […]