आर्थिक कारोबार ठप्प हुँदा वीपी प्रतिष्ठानको अस्पताल सेवा प्रभावित

माघ २७, धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार ठप्प हुँदा दैनिक प्रशासनिक काम सहित अस्पतालको सेवा समेत प्रभावित भएको छ ।  स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानका वहालवाला पदाधिकारीहरुलाई काम रोकेर मन्त्रालय र महालेखाबाट कर्मचारी पठाउने निर्णय गरे यता आर्थिक कारोबार ठप्प भएको छ । सरकारले पठाएका कर्मचारीलाई प्रतिष्ठानको ऐन, नियमावलीले आर्थिक कारोबार गर्ने अधिकार नदिएकाले समस्या भएको छ ।  आर्थिक कारोबार नहुँदा स्पाइनल, मुटु, क्यान्सरलगायतको उपचारमा बिरामीले १ लाखसम्मको उपचार खर्च अन्तर्गतको औषधी किनेर सोधभर्ना पाउनुपर्ने रकम बिरामीले पाउन सकेका छैनन् । यस्ता बिरामीहरुले प्रतिष्ठानमा नभएको औषधी बाहिर मेडिकलमा किन्ने र बिल बुझाएर सोधभर्ना लिने गरेका थिए ।  यस्तै, ल्याबमा चाहिने रि एजेण्टसहितका सामग्री, एक्सरेको आवश्यक सामग्रीहरु पनि खरीद आदेश गर्न नपाएर समस्या हुँदै गएको छ । अक्सिजनको साना सिलिण्डर बाहिर भरेर ल्याउन नपाउँदा पनि समस्या बढ्दै गएको छ भने बिरामीहरुलाई खुवाउने खानाको सामग्री, बिग्रिएको सामान मर्मत गर्ने लगायतका कामहरु ठप्प छन् ।  आर्थिक प्रशासनको काम रोकिएको जस्तो देखिएपनि समग्रमा अस्पताल सेवालाई नै प्रभावित बनाइरहेको खरीद शाखा प्रमुख सागर ताम्राकारले बताए ।  खरीद शाखाका अनुसार प्रतिष्ठानले वर्षभरि आवश्यक पर्ने सामानको टेण्डर गरेको हुन्छ । टेण्डर अनुसारको सामान एकैपटक भने ल्याएर राखिएको हुँदैन । म्याद गुज्रिने, सामान राख्न ठाउँ अभाव हुने, एकै पटक धेरै रकम भुक्तानी गर्नुपर्ने लगायत समस्याले गर्दा टेण्डरपछि सम्झौता गरेर ३÷४ महीनामा खरीद आदेश मार्फत ती सामान ल्याउने गरिएको हुन्छ ।  अहिले पदाधिकारीहरु नभएकोले खरीद आदेश स्वीकृत गर्न नसक्दा अस्पताल सेवा प्रभावित हुने गरी समस्या शुरु भएको हो । कतिपय अत्यावश्यक सामानहरु कर्मचारीहरुले आफैले भविष्यमा भुक्तानी हुन्छ भन्दै आपूर्ति गरिरहेका छन् । पदाधिकारीलाई सरकारले काम गर्न रोकेको र आर्थिक अधिकार सहित प्रशासन सम्हाल्न आएका डा. श्याम सुन्दर यादवले पनि काम गर्ने अवस्था नभएपछि सबै कारोबार ठप्प भएको कर्मचारीको भनाइ छ । मन्त्रिपरिषद् बैठकले गत पुस ३० गते निर्णय गर्दै माघ ६ गते डा.श्यामसुन्दर यादव सहित महालेखाबाट कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जिवि अधिकारीलाई पठाएको थियो । त्यसयता प्रतिष्ठानको आर्थिक कारोबार पूर्णरुपमा ठप्प छ । प्रतिष्ठानको ऐन र नियमावली अध्ययनपछि सरकारले पठाएका डा.श्यामसुन्दर यादव पनि आफू अधिकारविहिन अवस्थामा रहेको भन्दै फर्किएका छन् । प्रतिष्ठानमा आर्थिक कारोबार गर्न नसक्ने अवस्था भएपछि यादव काठमाडौं फर्किएका हुन् ।  सरकारले उनलाई प्रशासनिक र आर्थिक अधिकारसमेत दिएर प्रतिष्ठान पठाएको थियो । तर, प्रतिष्ठानको ऐन, नियमावलीले उपकुलपतिलाई मात्र आर्थिक अधिकार दिएको र सरकारले पठाएका कर्मचारीलाई त्यस्तो अधिकार नभएको भन्दै प्रतिष्ठानका कर्मचारीहरुले तत्कालको अवस्थामा उनलाई सहयोग गर्न नसक्ने बताएपछि उनी काठमाडौं फर्किएका हुन् । 

सम्बन्धित सामग्री

बजेट रोकिँदा ठूला अस्पतालका सेवा प्रभावित

काठमाडौं :  संसदबाट बजेट प्रतिस्थापन विधेयक पारित नभएपछि  सरकारी कोषबाट हुने आर्थिक कारोबार रोकिँदा त्यसको असर  सरकारी स्वास्थ्य संस्थाहरुमा पर्न थालेको छ।सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको बजेट प्रतिस्थापन विधेयक संसदबाट पारित नहुदाँ हाल सरकारी कोषबाट हुँदै आएको आर्थिक कारोबार रोकिँदा त्यसको असर सरकारी ठूला अस्पतालहरुमा पर्न थालेको हो।स्वायत्त रुपमा सन्चालन भएका केही ठूला अस्पताल (त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन