चिनियाँ व्यापारी नआउँदा रुद्राक्षको कारोबार ठप्प

संखुवासभाको प्रमुख आय आर्जनका रुपमा रहेको रुद्राक्ष व्यवसाय लकडाउनका कारण ठप्प भएको छ ।वर्षेनी ३ अर्ब भन्दा बढीको आर्थिक कारोबार भइरहेको रुद्राक्ष चिनियाँ व्यापारी नआउँदा ठप्प भएको रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुङ्खेले बताए । लकडाउनको अवधी अघि गाउँ गाउँमा छ्याप्छाप्ती पुग्ने चिनियाँ व्यापारीहरु यस वर्ष देखिएका छैनन् । सयौंको संख्यामा रुद्राक्ष कृषकहरु थपिएका छन् […]