१ नम्बर प्रदेश सरकार गठन भएको ४ वर्षपछि मात्रै राजधानीका लागि जग्गाको खोजी गर्न थालिएको छ ।
हालसम्म ३ वटा मुख्यमन्त्री पाएको १ नम्बर प्रदेशले नाम र स्थायी संरचना पाउन सकेको छैन ।
तत्कालीन नेकपा तथा नेकपा एमालेबाट ३ वर्ष ७ महिना ७ दिन तत्कालीन मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको नेतृत्व गरेका थिए भने एमालेकै भीमप्रसाद आचार्यले पनि ६८ दिन प्रदेश १ सरकारको बागडोर सम्हालेका थिए ।
बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेश राजधानीको प्रशासनिक संरचना निर्माणका लागि जग्गा खोज्न शुरू गरेको छ । ...