वैशाख ३० मा चुनाव घोषणा गरी जनप्रतिनिधिहरूको अधिकार हनन् गरियोः नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वैशाख ३० मा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् । नेकपा (एस) निकट दोलखा–काठमाडौँ सम्पर्क मञ्चले गरेको कार्यकर्ता भेलामा अध्यक्ष नेपालले वैशाख ३० मा स्थानीय तह निर्वाचन हुनेमा आशंकासमेत व्यक्त गरे । ‘३० वैशाखमा चुनाव हुने भनेर निर्वाचन […]

सम्बन्धित सामग्री

अझै भएन चुनाव घोषणा

आगामी मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगले ताकेता गरिरहेको छ । असोज कार्तिकमा दसैँ तिहारको समय हुने र मङ्सिरको दोस्रो सातापछि हिमाली क्षेत्रमा हिमपात हुने जस्ता कारण कार्तिकको अन्तिम सातादेखि मङ्सिर पहिलो साताभित्र चुनाव गर्न आयोगले सुझाव दिँदै आएको छ । निर्वाचनको तयारी गर्न १ सय २० दिन समय चाहिने भएकोले असारको अन्तिम सातादेखि साउनको पहिलो साताभित्र चुनावको मिति घोषणा गर्न आयोगले आग्रह गरे पनि सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । सरकारले मङ्सिरमा

अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए ।बिहीबार  खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा गर्न खोज्नुभएको थियो । केही विधेयकहरु पारित भएपछि चुनावको मिति घोषणा हुन्छ।  मलाई लाग्छ मंसिर ४ गतेका लागि चुनावक

साउनको पहिलो साता चुनाव घोषणा हुने

काठमाडौं, १३ असार । सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति साउनको पहिलो साता घोषणा गर्ने भएको छ । कात्तिको अन्तिम या मंसिरको पहिलो साता चुनाव गर्ने गरी मिति सिफारिश हुने विश्वस्त स्रोतले रिपोटर्स नेपाललाई जानकारी दिएको छ । चुनाव एकै चरणमा गर्ने या दुई चरणमा गर्ने भन्नेबारे भने छलफल चलिरहेको […]

सरकारलाई दबाब दिएर चुनाव घोषणा गराउन सफल भयौं- ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि आफ्नो पार्टीले दिएको दबाबका कारण सरकारले चुनाव घोषणा गरेको दाबी गरेका छन् । तोकिएको मितिमै निर्वाचन गराउन निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गराउने दबाब कायम राख्नुपर्ने उनले बताए । स्थानीय तहको चुनाव तयारी सम्बन्धमा एमाले कार्यकर्तालाई शुक्रवार दिएको भर्चुअल प्रशिक्षणमा ओलीले आफूहरूको दबाबका कारण सरकार चुनाव घोषणा गर्न बाध्य भएको बताएका हुन् ।  ‘संविधान कार्यान्वयन गर्नुपर्छ, संविधान बाहिर जान पाइँदैन भनेर परमादेशी सरकारलाई जुन दबाब दियौँ, चुन...

चुनाव घोषणा गराउन एमालेले दबाबमूलक आन्दोलन गर्ने

प्रमुख विपक्षी दल एमालेले स्थानीय चुनाव घोषणा गराउन सरकारविरुद्ध दबाबमूलक आन्दोलन घोषणा गरेको छ । एमाले केन्द्रीय सचिवालयको बुधबारको बैठकले सातवटै प्रदेशमा दबाबमूलक आन्दोलन घोषणा गरेको छ ।  निर्वाचन आयोगले आगामी ४ जेठमा...

प्रधानमन्त्री देउवाले गरे चाँडै चुनाव घोषणा गर्ने संकेत

काठमाडौं, ७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै चुनावको मिति घोषणा गर्ने संकेत गरेका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै चुनावी तयारीमा लाग्न आग्रह गरे । ‘आगामी वर्ष तीन तहको चुनाव गर्नुपर्ने दायित्व छ,’ देउवाले भने,‘सबैलाई चुनावको तयारीमा लाग्न आग्रह गर्दछु ।’ सरकारमा रहेका दलका शिर्ष नेताहरुबीच चुनावको घोषणा गर्ने छलफल चल्न थाल्दै […]

एमाले सिध्याउँछौं भन्नेले चुनाव घोषणा गरे हुन्छ : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले चुनावको सामना गर्न तयार रहेको बताएका छन्।  सत्तारुढ दलहरुले गठबन्धन बनाएर एमाले सिध्याउँछौँ भनेको प्रति टिप्पणी गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले चुनाव घोषणा गर्न चुनौति दिँदै भनेका छन्, ‘गठबन्धन बनाएर एमाले सिध्याउँछौं भन्नेहरुले चुनाव घोषणा गरे हुन्छ, एमाले त्यसलाई सामना गर्न तयार छ।’ गठबन्धन सरकारले दुई महिनामै संसद र सरकारको हुर्मत लिइसकेको पोखरेलको आरोप छ। उनले संसद व

प्रधानमन्त्रीमा दुवै दाबी किर्ते हुन्, खारेज गरी चुनाव घोषणा होस् : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन्।उनले दुवै दाबी जाली र किर्ते  भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न भनेका छन्। 'दुवै जाली/किर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्

संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि