प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि