अझै भएन चुनाव घोषणा

आगामी मङ्सिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगले ताकेता गरिरहेको छ । असोज कार्तिकमा दसैँ तिहारको समय हुने र मङ्सिरको दोस्रो सातापछि हिमाली क्षेत्रमा हिमपात हुने जस्ता कारण कार्तिकको अन्तिम सातादेखि मङ्सिर पहिलो साताभित्र चुनाव गर्न आयोगले सुझाव दिँदै आएको छ । निर्वाचनको तयारी गर्न १ सय २० दिन समय चाहिने भएकोले असारको अन्तिम सातादेखि साउनको पहिलो साताभित्र चुनावको मिति घोषणा गर्न आयोगले आग्रह गरे पनि सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । सरकारले मङ्सिरमा

सम्बन्धित सामग्री

पूरा भएन मध्यावधि चुनावबाट बहुमत ल्याउने क्यानडेली प्रधानमन्त्री ट्रुडोको सपना

सर्वेक्षणहरूमा आफ्नो लोकप्रियता बढेको देखिएका बेला ट्रुडोले मध्यावधि चुनाव घोषणा गरे। सन् २०१५ मा जस्तै फेरि बहुमत ल्याएर ढुक्कले देश चलाउने उनको सपना थियो।

प्रधानमन्त्रीको मनसाय चुनाव घोषणा गर्ने तर नगर्ने

राष्ट्रपतिज्यूले आफ्नो कर्तव्य पूरा गर्नु भएन । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रक्रियामा दलको चिठी हेर्ने होइन, सांसदको संख्या हेर्ने हो । संसदीय दलको नेता नभएको सांसद प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्छ उपधारा ५ बमोजिम । यसमा कुनै पनि दलले निर्णय नगरेको व्यक्ति पनि सांसदको हैसियतमा प्रधानमन्त्रीको उम्मेदवार बन्न सक्छ । जसरी भए पनि […]

राजनीतिमा नीति र नैतिकता

वर्तमान संविधान घोषणा हुँदै गर्दा जलाउने काम पनि भयो । संविधान जलाउँदा सङ्घीयता खारेज हुने हो कि भन्ने डर पनि भयो । संविधानमा किन सबैको कुरा समावेश भएन ? कस्तो भयो संविधान जनमानसमा चासो र चिन्ताको विषय भयो । तर अन्तरिम सरकार गठन भयो, स्थानीय, प्रदेश र सङ्घीय चुनाव घोषणा भए । चुनावमा संविधानको समर्थन गर्ने, नगर्ने सबैले भाग लिए । नयाँ संविधानअनुसार संसद् तथा सरकारका सबै सेवासुविधा लिए पनि संविधान संविधान जलाउने, संविधानलाई टेकी देश हाँक्ने काम गरे तर पनि समय समयमा संविधानको विरोध गर्न छाडेनन् । यसरी निर्वाचित जनप्रतिनिधिहरूले जनताको सपथ संविधानसम्मत् ढङ्गले खाएको वास्तै राखेनन् । सडकमा संविधानको विरोध गरी कालो दिवस मनाउँदा कतै हाँसो त कतै चिन्ताको रूपमा हेरियो । नेपालका नैतिकवान नेता आफूबाहेक अरूलाई नदेख्नेलाई आफ्नो कर्तुत थाहै रहेनछ । जननिर्वाचित प्रधानमन्त्रीलाई मन्त्रिमण्डलमा आफ्नै साथी र तिनका सङ्गठनले गाली गर्दा, संविधानको विरोध गर्दा तिनको नीति, नियत र नैतिकताको कुरा उठाउनु न्यायसङ्गत् नै होला ।