२०७४ सालको निर्वाचनमा झन्डै दुई तिहाइनजिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार बनेपछि कांग्रेस कमजोर प्रतिपक्षको भूमिकामा छ । कांग्रेसले सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । यसैगरी पार्टीभित्रको खिचातानीले पनि कांग्रेस यतिबेला किंकर्तव्यविमूढ देखिएको छ । लामो समय सत्तामा बसे पनि मुलुकमा सदाचार, पारदर्शिता, जवाफदेहिता कायम गर्न नसकेको आरोप कांग्रेसलाई लाग्ने गरेको छ […]