लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्तीले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएको बताएका छन् । उनले संघीयताको आवश्यकता मात्रै नभएर अनिवार्यता नै भएको बताए । रोल्पामा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेकोले त्यसका विरुद्धमा सबै राजनीतिक दलहरु एकैठाउँमा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘संघीयता आम नेपाली आमाका सन्तानहरुको बलिदान, राजनीतिक दलहरूको साझा आन्दोलनबाट आएको हो त्यसैले संघीयता नयाँ