धनगढी- राष्ट्रिय जनमोर्चा डोटीले संघीयता खारेजीको माग गरेकाे छ। जनमाेर्चा डाेटीले संघीयता खारेजीकाे मागसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हाे। शुक्रबार डोटीका प्रमुख जिल्ला अधिकारी मार्फत् बुझाइएको ज्ञापनपत्रमा कुनै पनि दृष्टिले संघीयता नेपालका लागि उपयुक्त नभएको भन्दै खारेज हुनु पर्ने उल्लेख जनमाेर्चाले गरेकाे छ। ‘संघीयताका कारण गणतन्त्र र राष्ट्रियता दुईटै खतरामा परेको छ,’ ज्ञापन पत्रमा भनिएको […]