काठमाडौँ। आज सोमवार शेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार भएको छ। आज नेप्से ३.८३ अङ्कले बढेर १ हजार ८५८ दशमलव ८९ अङ्कमा पुगेको छ।
आज बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र व्यापार समूहबाहेकका सबै समूहको शेयर बढेकोमा बीमा, अन्य र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ।