भक्तपुर : भक्तपुरका दही व्यवसायीलाई दही बनाउन भ्याईनभ्याई भएको छ। असार पन्ध्रको अवसरमा दहीको माग उच्च हुने भएपछि आइतवार दही व्यवसायीहरुलाई दही बनाउन भ्याईनभ्याई भएको हो। यसवर्ष असार पन्ध्र सोमवार परेको छ।
नेपाली समाजमा असारको १५ गते दही चिउरा खाने प्रचलन रहेको छ। मध्य असारमा रोपाईंमा रमाउँदैं हिलो खेल्दै दही चिउरा खाने ...