गुल्मीमा असार १५ गते सम्मका लागि निषेधाज्ञा बढाइएको छ । सोमबार राती १२ बजेदेखि असार १५ गते राती १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा जारी निषेधाज्ञापत्र मार्फत १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ । निषेधाज्ञामा अटेरी गरे प्रचलित कानुनअनुसार कार्बाही गरिने समेत पत्रमा चेतावनी दिइएको छ ।