असार १५, धान दिवस र नेपाली कृषि क्षेत्रको अवस्था

अझै पनि देशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदान रहेको छ। यसो भन्दै गर्दा असार १५ र दही चिउरा खाने प्रचलनले कृषि र मानव जीवनलाई एकपटक  स्मरण गराइदिन्छ।सरकारले हरेक वर्ष असार १५ गतेलाई धान दिवसका रूपमा मनाउन लागेको दुई दशक पुग्न लागिसकेको छ।देशको परिस्थिति जेजस्तो भएपनि मनसुन, झमझम वर्षा अनि असार १५ भन्नासाथ कृषिमा आश्रित जनता र कृषि पेशासँग सम्बन्धित सबैलाई अत्यन्त व्यस्त समय अर्थात् असारको माँचो भनेर बुझाउने गर्दछ।कृषिमा विकास, कृषिमा सुधार भन्ने आवाज र अभ्यासले

सम्बन्धित सामग्री

कतै केपी ओलीले रोपे धान, कतै रेणु दाहालले रोपिन्, किसानलाई सधै सिँचाइ र मलको पीर

असार १५ को अवशरमा नेपालका विभिन्न स्थानमा धान दिवस मनाइएको छ । धान रोपेर र विभिन्न कार्यक्रमहरु गरेर धान दिवस मनाइएको हो । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले […]

असारको चटारो र धान दिवस

विषय प्रवेश असार १५ गते राष्ट्रिय धान दिवस मनाउन थालिएको धेरै वर्ष भयो। तर कृषि प्रधान देशमा कृषि उत्पादन निरन्तर घटेको छ। गत आर्थिक वर्षमा मात्रै सोचेभन्दा १२ लाख मेट्रिक टन धानको उत्पादनमा कमी भयो। गत वर्ष मनसुनले सुरुमै उब्जनीयोग्य जमिन उजाड भयो। केही ठाउँमा लगाएको बाली पाकेको बेला पानी पर्दा सोत्तर भयो। धेरै मानिसको […]

असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]

असार १५ अर्थात् मानु रोपेर मुरी उब्जाउने दिन

म्याग्दी : आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। नेपालमा विविध कार्यक्रमका साथ  औपचारिक रुपमा १९औँ धान दिवस मनाइँदै  छ।नेपाल सरकारको विसं २०६१  मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमासमेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रुपले धान दिवस मनाउँदै आएका छन्।नेपालको प्रमुख बाली धानधान नेपालीहरुका लागि केवल खाद्यान्न मात्र नभएर यसको महत्व  धर्म र  नेपाली संस्कृतिसँग पनि जोडिएको छ।धान विश्वक

आज धान दिवस : चालु आर्थिक वर्षमा २७ अर्बको चामल आयात

असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि असार १५ का दिन हरेक वर्ष धान दिवस मनाउँदै आएको छ ।मुलुक कृषि प्रधान भएकाले पनि त्यसको महत्व दर्साउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँटमा आजकल धान होइन, कङ्क्रिटका जङ्गल बढ्दै गएको छ ।खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन । सोही कारण हरेक दिन विदेशिने युवाले पठाउने विप्रेषण खर्चबाटै चामल आयात हुने गरेको छ । भन्सार विभागले

१९औँ राष्ट्रिय धान दिवस मनाइने

सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ । “धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग” भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले जनाएको छ । विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि अनुसन्धान परिषद् (नार

१९ औँ राष्ट्रिय धान दिवस मनाइने

काठमाडौँ । सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाइने भएको छ । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले […]

आज १८औं धान दिवस

काठमाडौं। आज कोरोना महामारीकाबीच १८औं धान दिवस मनाईदै छ। हरेक वर्षको असार १५ गते नेपालमा धान दिवस मनाइँदै आएको छ। खासगरी आजको दिनलाई नेपाली किसानहरुले मानो रोपेर मुरी फलाउने दिनको रुपमा समेत लिन्छन्। कृषि तथा पशुपन्छी मन्त्रालयले सूचना निकाल्दै कोभिड–१९ महामारीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर धान रोप्न भनेको छ।

यस वर्षको राष्ट्रिय धान दिवस साङ्केतिक रुपमा मनाइने

काठमाण्डाै - यस वर्षको राष्ट्रिय धान दिवस साङ्केतिक रुपमा मनाइने भएको छ । हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस तथा राेपाइँं महोत्सवका रुपमा मनाउने गरिन्छ । कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष पनि अघिल्लो वर्ष जस्तै स्वास्थ्यका मापदण्ड पालना गरेर साङ्केतिक रुपमा दिवस मनाउने निर्णय भएको कृषि विभागले जनाएको छ । विभागले जिल्ला स्तरका धान दिवस कार्यक्रम समेत सरकारी फार्ममा साङ्केतिक रुपमा मनाउन निर्देशन दिएको छ । हिलो खेल्ने लगायत सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन । दिवस मनाउनका लागि दूरी कायम ग...

धान दिवस मनाउने तयारी

काठमाडौं, जेठ ३१ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक असार १५ गते मनाइने धान दिवस मनाउने तयारी थालेको छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि विभागले सो दिवस मनाउने तयारीका लागि आइतवार मातहतका निकायसँग छलफल गरेको छ । विभागका महानिर्देशक डा गोविन्द शर्माले कोभिड–१९ का कारण जारी निषेधज्ञाले गर्दा १८औँ धान दिवस धुमधामसाथ मनाउन नपाए पनि […]