२७ सुरुङमार्ग निर्माण गर्ने लक्ष्य आधा दर्जनको मात्रै अध्ययन

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा चालु आर्थिक वर्षमा २७ वटा सुरुङमार्ग अध्ययन र निर्माण गर्ने घोषणा गरेका थिए। चालु आर्थिक वर्ष सम्पन्न हुन १५ दिन मात्र बाँकी रहँदा मुस्किलले आधा दर्जन सुरुङमार्गको अध्ययन कार्य अघि बढेको ...

सम्बन्धित सामग्री

‘खर्चिलो भए पनि सुरुङमार्ग नै उपयुक्त’

काठमाडौं। मुलुकमा सडक सञ्जाल विस्तारसँगै अहिले यसलाई सुरक्षित र दीर्घकालीन रूपमा टिकाउ बनाउन सकिने उपायबारे छलफल शुरू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘लाइफ टाइम’ सडक योजना बनाउने विषयमा पूर्वाधार विज्ञहरूसँग छलफल शुरू गरेको हो । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बुधवारदेखि पूर्वाधार विज्ञहरूसँग छलफल शुरू गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा छलफल गरिएको छ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य, मेघराज धिताल, तारानिधि भट्टराई, बिबी देउजा लगायतसँग मन्त्री ज्वालाले छलफल गरेका थिए । सो अवसरमा उनीहरूले खर्चिलो भए पनि नेपालको अवस्थाअनुसार सुरुङमार्ग निर्माण नै उपयुक्त हुने सुझाव दिएका छन् । मुलुकमा सञ्चालनमा आइसकेका सडकहरू बाढी, पहिरो जस्ता कारण छिट्टै क्षति हुने र सडकको आयु पनि लामो नभएको भन्दै उनीहरूले भौगोलिक अवस्था अनुसार सुरुङमार्ग बनाउन सुझाव दिएका छन् । मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौती कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा राय, सुझाव पनि मागेका छन् । ‘सडक गाउँ बस्तीमा पुर्‍याउने भए पनि हाम्रा धेरै गाउँ बस्तीहरू चुरे र महाभारत शृंखलामा पर्छन्,’ मन्त्री ज्वालाले भने, ‘जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा निकै चुनौती छ ।’ जति राम्रो सडक बनाए पनि बाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको विज्ञहरूले बताएका छन् । यस्ता समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गनुपर्ने आवश्यकता पनि उनीहरूले औंल्याएका छन् । यसैगरी सो अवसरमा हाल सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन शुरू गर्न उनीहरूले सुझाएका छन् । मुलुकमा सडक राजमार्गमा बनेको पहिलो सुरुङमार्ग नागढुंगा सुरुङमार्ग आयोजना हाल निर्माणाधीन छ भने आपत्कालीन सुरुङमार्ग तयार भइसकेको छ । मुख्य सुरुङमार्ग दशैंअघि नै सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । यसबाहेक सडकको दूरी घटाउन र पहिरोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले सिद्धबाबा सुरुङमार्ग निर्माण प्रक्रिया पनि अघि बढाएको छ । निर्माणको चरणमा रहेका यी दुई सुरुङमार्गबाहेक सडक विभागले मुलुकका विभिन्न स्थानका सडकमा पनि सुरुङमार्ग बनाउने विषयमा अध्ययन शुरू गरिसकेको छ । विभागले करीब २ दर्जन स्थानमा सुरुङमार्ग बनाउने विषय अघि बढाएको छ । कतिपय स्थानमा प्रस्तावित सुरुङमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ भने धेरैको सम्भाव्यता अध्ययन भएको विभागले जानकारी दिएको छ ।

दैनिक १० मिटर खनिन्छ थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग

मुलुककै ‘ड्रिम  प्रोजेक्ट’का  रूपमा  रहेको  थानकोट–नागढुङ्गा–सिस्नेखोला  सुरुङमार्गको  सुरुङ खन्ने  काम  दैनिक  लक्ष्यभन्दा  तीव्र  रूपमा अगाडि बढेको छ। दैनिक सात मिटर सुरुङ खन्ने लक्ष्य रहेकोमा अहिले दैनिक १० मिटर सुरुङ खन्ने काम भइरहेको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । आयोजना  प्रमुख  नरेशमान  शाक्यले अहिले सुरुङमार्गको पूर्वतिर (काठमाडौँ)बाट र पश्चिमतिर (धादिङ)बाट सुरुङ खन्ने काम निरन्तर  रूपमा ...

नागढुङ्गा सुरुङमार्ग निर्माण तीब्र, १४ महिना भित्र सम्पन्न हुने

बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । यसअघि केही प्राविधिक कारणले सुरुङमार्ग खन्ने काममा प्रभाव परेको भए तापनि हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा अगाडि बढेको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । दैनिक १३ देखि १४ मिटर खन्ने लक्ष्य भए पनि हाल दैनिक आठ मिटर खन्ने काम भइरहेको उहाँले बताउनुभयो । सुरुङको चार ठाउँबाट खनिएको बताउँदै आगामी दिनमा खन्ने कामलाई बढाउँदै लगिने उहाँले बताउनुभयो । हाल सुरुङको १० प्रतिशत काम सम्पन्न भएकोमा चार सय मिटर खनिसकिएको छ ।