नागढुङगा-नौविसे सुरुङमार्ग चैतबाट निर्माण सुरु, तीन बर्षमा तयार पार्ने लक्ष्य :: Pahilopost.com

काठमाडौँः नागढुङगा नौविसे सुरुङमार्ग चैतबाट निर्माण हुने भएको छ। सडक विभागको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले दुई महिनाभित्र कम्पनी छनोट गरेर चैतबाट निर्माणको काम सुरु गर्ने तयारी थालेको आयोजनाका इन्जिनियर छविलाल पौडेलले जानकारी दिए। कम्पनी छनोटका लागि प्राविधिक प्रस्तावमाथि अहिले महाशाखामा छलफल भइरहेको छ। सुरुङमार्ग निर्माण गर्नका लागि महाशाखाले साउनमा ग्लोवल

सम्बन्धित सामग्री

ग्वार्काे फ्लाई ओभरको निर्माण सुरु १४ महिनाभित्र सक्ने लक्ष्य

काठमाडौं उपत्यकाको भित्री चक्रपथको ग्वार्काे चोकमा फ्लाई ओभर (ओभर पास) बनाउन सुरु गरिएको छ । आयोजनाको ठेक्का प्राप्त आरसी, समानान्तर र रेलिग्रेले शुक्रबार साँझदेखि निर्माणको काम सुरु गरेका हुन् । पहिलो चरणमा निर्माण...

ग्वार्कोमा फ्लाइओभर निर्माण सुरु भएसँगै सडकमा बढ्यो ट्राफिक जाम (तस्बिरसहित)

काठमाडौँ – ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ। आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य सुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो। फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरु गरेको हो। फ्लाइ ओभर […]

सुर्खेतमा चार्जिङ स्टेसन निर्माण गरिँदै

विद्युतीय सवारी चार्जका लागि सुर्खेतमा चार्जिङ स्टेसन निर्माण थालिएको छ ।नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगर नगरपालिकास्थित बसपार्क क्षेत्रमा चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो । यो कर्णाली प्रदेशको पहिलो चार्जिङ स्टेसन हुनेछ । नेपालभर ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ । सोहीअनुसार सुर्खेतमा पनि दुई वटा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको […]

लमजुङमा चारवटा मोटरेवल पुल निर्माण

लमजुङमा निर्माणाधीन मोटरेबल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा निर्माणाधिन नौवटा मोटरेबल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु भएका मोटरेबल पुलहरू यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका हुन् । चालु आर्थिक वर्षको हालसम्म चारवटा मोटरेबल पुल निर्माण सम्पन्न भएको र यो आर्थिक वर्ष भित्र थप दुईवटा मोटरेबल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास

माथिल्लो मैलुङ्ग ‘ए’ को निर्माण अन्तिम चरणमा

रसुवा – रसुवा र धादिङ जिल्लाको सीमा सोमदाङ क्षेत्रमा निर्माणाधीन माथिल्लो मैलुङ्ग ‘ए’ जलविद्युत् आयोजनाको काम असोज महिनामा सम्पन्न गर्ने लक्ष्य राखे काममा ढिलाइ भएको छ । विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र कोरोना भाइरसको असरले गर्दा निर्माण सम्पन्न गर्ने म्याद थपिएको थियो । ०६९ सालदेखि निर्माण सुरु भएको आयोजनाले गत असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य […]

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म नौ किलोमिटर पहुँचमार्ग र छहरीमा बन्ने विद्युत गृह जोड्ने राहुघाट नदीमाथी ३७ मिटर लामो बेलिब्रिज निर्माण भएको छ”, उनले भने , “एक हप्ताभित्र बाँधतर्फबाट पनि सुरुङ खन्न सुरु गर्छौं ।”तीन हजार ६०० मिटर लामो सुरुङ र एक किलोमिटर पेनस्टक पाइपलाइन रहने आयोजनाको आउटलेटदेखि विद्युत गृहको उचाइ (हेडरेड) ४०० मिटर छ । एसएसएसएन साकुरा जेभी सिभिल ठेकेदार रहेको आयोजनाको इलेक्ट्रोमेकानिकल ठेकेदार छनोट गर्ने क्रममा रहेको आयोजना प्रमुख हमालले बताए ।कूल रु तीन अर्ब ५७ करोड लागत अनुमान गरिएको आयोजना सन् २०२३ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । नेपाल बैंकको अगुवाइमा अन्य बैंकले लगानी गरेका छन् । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा बस्तीदेखि टाढा रहेको आयोजनाको दुई वर्षअघिदेखि थालिएको पहुँचमार्ग निर्माण सकिएपछि बाँध, सुरुङ र विद्युत्गृहको कामले गति लिएको छ ।विद्युत्गृह निर्माणस्थलमा कटान रोकथामका लागि पर्खाल निर्माण गर्ने काम सकेर डिजाइन तयार पारिएको छ । राहुघाट नदीको बायाँतर्फबाट निर्माण भएको पहुँचमार्गलाई विद्युत्गृह र आउटलेट जोड्न राहुघाट नदीमा बेलिब्रिज बनाएको आयोजनाका जनसम्पर्क अधिकृत राम खत्रीले बताए ।यस आयोजनाबाट उत्पादन भएको विद्युत् रघुगङ्गा गाउँपालिका–३ अम्बाङमा निर्माण हुन लागेको १३२ केभी क्षमताको राहुघाट सबस्टेशनबाट केन्द्रीय ग्रिडमा जोडिने छ । ठूलोखोला राहुघाटको सहायक नदी हो । विद्युत विकास विभागका अनुसार राहुघाट र सहायक खोलामा १४६.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।तुदी पावर लिमिटेड प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना गत वर्षदेखि निर्माण सुरु भएको थियो । प्रवासी म्याग्देलीको अगुवाइमा मोना हाइड्रोपावर लिमिटेडले रघुगङ्गा–७ चिमखोलामा ५.५ मेगावाट क्षमताका बगरखोला जलविद्युत् आयोजनाको सर्वेक्षणको काम सकेर निर्माण सुरु गर्न विद्युत् विकास विभागमा अनुमति मागेको छ । बगरखोला पनि राहुघाटको सहायक नदी हो ।रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा कर्णाली हाइड्रो लिमिटेडले ४.७५ मेगावाट क्षमताको स्यानोखोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति लिएको छ । कुइनेमङ्गलमै ग्रिन माउन्ट इनर्जी लिमिटेडले ४.९० मेगावाट क्षमताको अपर ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले १५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका विद्युत् विकास विभागले जनाएको छ ।राहुघाट र सहायक नदीमा बन्ने जलविद्युत् आयोजना निर्माणलाई गति दिन मौवाफाँटदेखि दग्नाम, दर्मीजा, चिमखोला हँुदै कुइनेमङ्गले जोड्ने सडक निर्माणमा गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले जलविद्युत् आयोजनासँग साझेदारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

दोबामा अस्पताल भवन निर्माण सुरु

'आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो', उनले भने, 'आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'

ताकममा अस्पताल भवन निर्माण सुरु

'आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टा-छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो', उनले भने 'आगामी २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'

लाइसेन्स लिएको १४ वर्षपछि बल्ल निर्माण सुरु

रसुवास्थित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनाको अनुमतिपत्र (लाइसेन्स) सन् २०१२ मा नेपाली कम्पनीबाट लिएपछि कोरियन कम्पनीले सन् २०१९ को अप्रिलमै आयोजना सम्पन्न गर्ने घोषणा गरेको थियो । तर सम्पन्न हुने मितिको दुई वर्षपछि बल्ल आयोजनाको निर्माण कार्य मंगलबारदेखि सुरु भएको छ । आयोजनाले २०८३ मंसिर अर्थात नोभेम्बर २०२६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ […]