‘खर्चिलो भए पनि सुरुङमार्ग नै उपयुक्त’

काठमाडौं। मुलुकमा सडक सञ्जाल विस्तारसँगै अहिले यसलाई सुरक्षित र दीर्घकालीन रूपमा टिकाउ बनाउन सकिने उपायबारे छलफल शुरू भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘लाइफ टाइम’ सडक योजना बनाउने विषयमा पूर्वाधार विज्ञहरूसँग छलफल शुरू गरेको हो । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले बुधवारदेखि पूर्वाधार विज्ञहरूसँग छलफल शुरू गरेका छन् । अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा छलफल गरिएको छ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य, मेघराज धिताल, तारानिधि भट्टराई, बिबी देउजा लगायतसँग मन्त्री ज्वालाले छलफल गरेका थिए । सो अवसरमा उनीहरूले खर्चिलो भए पनि नेपालको अवस्थाअनुसार सुरुङमार्ग निर्माण नै उपयुक्त हुने सुझाव दिएका छन् । मुलुकमा सञ्चालनमा आइसकेका सडकहरू बाढी, पहिरो जस्ता कारण छिट्टै क्षति हुने र सडकको आयु पनि लामो नभएको भन्दै उनीहरूले भौगोलिक अवस्था अनुसार सुरुङमार्ग बनाउन सुझाव दिएका छन् । मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षाले थपेका चुनौती कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा राय, सुझाव पनि मागेका छन् । ‘सडक गाउँ बस्तीमा पुर्‍याउने भए पनि हाम्रा धेरै गाउँ बस्तीहरू चुरे र महाभारत शृंखलामा पर्छन्,’ मन्त्री ज्वालाले भने, ‘जहाँ सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा निकै चुनौती छ ।’ जति राम्रो सडक बनाए पनि बाढी पहिरोले सडकको आयु एकदमै छोटो हुने गरेको विज्ञहरूले बताएका छन् । यस्ता समस्या समाधान गर्न सुरुङमार्ग निर्माण गनुपर्ने आवश्यकता पनि उनीहरूले औंल्याएका छन् । यसैगरी सो अवसरमा हाल सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन शुरू गर्न उनीहरूले सुझाएका छन् । मुलुकमा सडक राजमार्गमा बनेको पहिलो सुरुङमार्ग नागढुंगा सुरुङमार्ग आयोजना हाल निर्माणाधीन छ भने आपत्कालीन सुरुङमार्ग तयार भइसकेको छ । मुख्य सुरुङमार्ग दशैंअघि नै सम्पन्न गर्ने लक्ष्य आयोजनाले राखेको छ । यसबाहेक सडकको दूरी घटाउन र पहिरोबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकारले सिद्धबाबा सुरुङमार्ग निर्माण प्रक्रिया पनि अघि बढाएको छ । निर्माणको चरणमा रहेका यी दुई सुरुङमार्गबाहेक सडक विभागले मुलुकका विभिन्न स्थानका सडकमा पनि सुरुङमार्ग बनाउने विषयमा अध्ययन शुरू गरिसकेको छ । विभागले करीब २ दर्जन स्थानमा सुरुङमार्ग बनाउने विषय अघि बढाएको छ । कतिपय स्थानमा प्रस्तावित सुरुङमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ भने धेरैको सम्भाव्यता अध्ययन भएको विभागले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

नागढुंगा सुरुङमार्ग निर्माणमा ढिलाइ

निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने भएको छ।

अनिश्चिततातर्फ नागढुंगा सुरुङमार्ग

नागढुंगा सुरुङमार्ग आयोजना प्रभावितक्षेत्रका स्थानीयको अवरोधका कारणले नागढुंगा सुरुङमार्ग तीन सातादेखि अनिश्चिततातर्फ धकेलिएको छ।...

हप्ता दिनदेखि ठप्प नागढुंगा सुरुङमार्ग निर्माण

नागढुंगा सुरुङमार्ग आयोजना प्रभावित क्षेत्रका जनताको अवरोधका कारणले सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने समय अनिश्चिततातर्फ धकेलिएको छ।...

लामाबगर सुरुङमार्ग छेडियो

सरकारको प्राथमिकतामा नपरेको लामाबगर सुरुङमार्गको काम निजी क्षेत्रले बनाएको छ । यो सुरुङमार्ग ११ सय मिटर लामो छ । दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि सुरुङमार्ग निर्माण सुरु गरेको हो । नेपालको हालसम्मको सबैभन्दा लामो सुरुङमार्ग हो । यसअघि बाहिरी सडक […]

बागमती प्रदेशको सुरुङमार्ग योजना, केन्द्रीय बजेटमा

हेटौँडा : बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममा राखेका तीनवटा सुरुङमार्ग निर्माण योजना केन्द्रीय सरकारको बजेटमा पनि परेको छ।संघीय सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बागमती प्रदेशका सुरुङमार्ग योजना निर्माण गरिने बताएका हुन्।उनले प्रदेश सरकारको साझा कार्यक्रममा रहेको मकवानपुरको भीमफेदी–कुलेखानी, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग र धादिङ र चितवनलाई जोड्ने हुग्दिखोला–शक्तिखोर सुरुङमार्ग निर्माण गरिने

सुरुङमार्ग निर्माणकार्य छ दिनदेखि ठप्प

सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले आक्रमण गरेपछि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणकार्य ठप्प भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले स्थानीयले आयोजनाको कार्यालय र कार्यरत जनशक्तिमाथि आक्रमण गरेपछि सुरक्षा अभावमा चैत २८ गतेदेखि नै सुरुङ निर्माणकार्य ठप्प भएको जानकारी दिए । उनले भने, “आयोजनाको कार्यालय, काम गरिरहेका जापानी इन्जिनियर र कामदारमाथि साङ्घातिक आक्रमण गर्नुका साथै गाडीलगायतका भौतिक संरचनामा समेत हानि पुर्‍याएको भन्दै जापानी निर्माण

कोरोनाले सुस्तायो नागढुंगा सुरुङमार्ग

काठमाडौं । कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै नागढुंगा–नौबिसे सिस्नेखोला सुरुङमार्ग सुरुङमार्ग निर्माण कार्यमा असर परेको छ । सुरुङमार्ग आयोजनामा कार्यरत १ सय २७ जनामा संक्रमण पुष्टि भएपछि केही दिनयता निर्माण कार्य सुस्ताउन पुगेको हो । कामदारमा कोरोना संक्रमण भएपछि कतिपय उनीहरू निर्माणस्थलमा नै ‘आइसोलेसन’मा बसेका छन् भने कतिपय आआफ्नो घरमा नै आइसोलेसनमा […] The post कोरोनाले सुस्तायो नागढुंगा सुरुङमार्ग appeared first on राजधानी राष्ट्रिय दैनिक.

थप चार सुरुङमार्ग अध्ययनमा, २३ सुरुङमार्ग बनाउन गृहकार्य

२९ असोज, काठमाडौं । सडक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा थप चारवटा सुरुङमार्ग निर्माणका लागि अध्ययन अघि बढाउने भएको छ । विभागका अनुसार कर्णालीमा समेत यो वर्ष सुरुङमार्ग निर्माणको लागि अध्ययन हुनेछ । पूर्वाधार विज्ञहरुले समग्र राष्ट्रिय यातायात सञ्जाल प्रणालीको गुरुयोजना तयार नगरी जथाभावी सुरुङमार्ग बनाउन नहुने बताउँदै आएपनि सरकारले घुम्ती सडकयुक्त पहाडमा सुरुङमार्ग […]

सुरुङमार्ग निर्माणका लागि नौ कम्पनीको आवेदन

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग   निर्माणका लागि नौ वटा कम्पनीले आवेदन दिएका छन् ।सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक डा. विजय जैसीले सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि नौ वटा अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दर्ता गराएको जानकारी दिए ।सुरुङमार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपियाँको बजेट सुनिश्चित भइसकेको छ । सुरुङमार्गका लागि चालू आर्थिक व

सुरुङमार्ग निर्माणसँगै जनशक्ति पनि तयार गरिँदै

काठमाडौं, साउन ५। नेपालका विभिन्न ठाउँमा सुरुङमार्ग बनाउने प्रस्ताव गरिए पनि दक्ष जनशक्तिको अभाव छ । यही अभावलाई पूर्ति गर्न नागढुंगा–नौबीसे सुरुङमार्गको आयोजनाको तयारी गर्दादेखि नै नेपाली इन्जिनीयर तथा प्राविधिकहरूलाई सुरुङमार्ग निर्माणमा खटाउने सहमति भएको थियो । यसै अनुसार सुरुङमार्ग निर्माणसँगै मुलुकभित्र टनेल (सुरुङमार्ग) जनशक्ति पनि तयार हुन थालेको छ । सुरुङमार्ग निर्माणमा काम गर्ने […]