नागढुङ्गा-नौबिसे सुरुङमार्ग बनाउन पाँच चिनियाँ र एक जापानी कम्पनी इच्छुक, चार वर्षमा बनाउने लक्ष्य :: Pahilopost.com

काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्ग निर्माण गर्न छ वटा कम्पनीले इच्छा देखाएका छन्। सुरुङमार्ग निर्माण गर्नका लागि सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले निकालेको ग्लोवल टेण्डरमा पाँच चिनियाँ र एउटा जापानी कम्पनीले आवेदन हालेका छन्। महाशाखा इन्जिनियर छविलाल पौडेलका अनुसार अब कम्पनीको प्राविधिक र आर्थिक मूल्याङकन अघि बढ्ने छ।