राजस्व चुहावटमा कैद र १२ करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौँ : राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका ५ का  न्यू समीक्षा सप्लायर्सकी सञ्चालक २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगञ्ज महानगरपालिका ८ का सोही सप्लायर्सका बैंक खाता सञ्चालक ४१ वर्षीय प्रदीपकुमार गुप्ता पक्राउ परेका छन्।उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो।उनीहरू

सम्बन्धित सामग्री

इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदरलाई २५ करोड ६९ लाख जरिवाना, ३ वर्ष कैद

विशेष अदालतले विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई दोषी ठहर गर्दै १२ करोड ८४ लाख ८७ हजार ९ सय ५५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना कायम गरेको छ।

इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदरलाई २५ करोड ६९ लाख जरिवाना, ३ वर्ष कैद

विशेष अदालतले विशेष अदालतले सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका पूर्व अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई दोषी ठहर गर्दै १२ करोड ८४ लाख ८७ हजार ९ सय ५५ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना कायम गरेको छ।

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै रु ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको रु ७९ करोडभन्दा बढी रकम असुल गरी हदैसम्मको कैद सजाय माग दाबीसहित उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र उक्त फर्मका प्रोपाइटर विमलावती चौधरीले सबैभन्दा बढी राजस्व छली गरेको पाइएको छ । उनीहरूविरुद्ध बिगो मूल्याङ्कन गर्दा रु १२ करोड ८५ लाखभन्दा बढी बिगोबराबरको राजस्व छली गरेको निष्कर्ष निकाल्दै बिगोबराबरको जरिवाना र हदैसम्मको कैद सजाय माग गरी सोमबार मुद्दा दर्ता गरिएको हो । उक्त ट्रेडर्सको कारोबारसम्बन्धी कागजात तथा विरणहरुको विश्लेषण गर्दा विसं २०७९ भदौ देखि २०८० भदौसम्ममा भिसिटिएस प्रणालीमा प्रविष्टी गरेको विवरणमा रु छ लाख ४९ हजार चार सयबराबरको मालवस्तु खरिद गरेको देखिएको तर भन्सार प्रज्ञापनपत्रलगायतका अन्य विश्वसनीय स्रोत बिना नै करोडौँका मालवस्तु बिक्री गरेको देखिएको अधिकारीले बताए । उक्त ट्रेडर्सले भन्सार चोरीपैठारी गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरेको पाइएको विभागले बताएको छ । यस्तै अन्य प्रतिवादीहरु गुरु इम्पेक्सका प्रोपाइटर सीताराम रौनयार, शुभश्री इन्टरप्राइजेजका रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका मीराकुमारी श्रीवास्तव, एसपी कन्सर्नका प्रभुशंकर रौनियार न्यु एसकुमार इन्टरनेशनलका रामछत्री कलवारले गरेको कारोबारका सम्बन्धमा छानबिन गर्दा राहुल दुवेदीसहितका ती फर्मका प्रोपाइटरहरु तथा भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा ठूलो परिमाणको मालवस्तु भन्सार छली मालवस्तु नेपाल भित्र्याइ चोरीपैठारी गरेको पाइएको विभागको निष्कर्ष छ । विभागले प्रयोगमा ल्याएको भिसिटिएस प्रणालीमा राहुलकुमार दुवेदीले प्रविष्ट गरेको विवरण र आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त भ्याट रिटर्न अनुसन्धान तथा विष्लेषणमा विभागले उक्त तथ्य पत्ता लगाएको हो । भन्सार छली तथा मालवस्तु चोरी पैठारीको आरोपमा विभागले राहुलकुमार दुवेदीको हकमा रु १७ करोड ३८ लाख, सीताराम रौनियारको हकमा रु एक करोड ८२ लाख, रिजवान अन्सारीको हकमा रु दुई करोड ११ लाख, मीराकुमारी श्रीवास्तवको हकमा रु दुई करोड ११ लाख, प्रभुशंकर रौनियारको हकमा रु एक करोड ७८ लाख र रामछत्री कलवारको हकमा रु एक करोड ७७ लाख बिगो बराबरको भन्सार छली गरेको निष्कर्षसहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । रासस

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी गुप्ता र गुरुङलाई सिआइबीले गर्यो पक्राउ

वीरगञ्ज- राजस्व चुहावट मुद्दामा एक वर्ष कैद र १२ करोड जरिवाना पाएका वीरगञ्जका प्रदीप गुप्तासहित दुई जनालाई सिआइबीले पक्राउ गरेको छ। राजस्व चुहावट मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका पर्सा वीरगञ्ज महानरपालिका-८ बस्ने समीक्षा सप्लायर्सका बैंक खाता संञ्चालक प्रदीपकुमार गुप्ता र संचालक धादिङको रोराङ गाउँपालिका- ५ बस्ने सप्लायर्सकी सञ्चालक कुमारी गुरुङलाई सिआइबीको टोलीले पक्राउ […]

नेपालमा ५३ हजारभन्दा बढी अपराधी फरार, कसरी पक्राउ पर्लान्?

काठमाडाैँ – किस्ट बैंकका तत्कालिन सीईओ कमल ज्ञवाली २०७५ असोजमा भारतबाट पक्राउ परे। ब‍ैङ्किङ कसुरमा मुद्धा दर्ता भएपछि फरार रहेका ज्ञवाली भारतको एक धार्मिक स्थलमा जोगीको भेषमा जिवन बिताइरहेका थिए। २०७३ सालमा तत्कालिन पाटन पुनरावेदन अदालतले दोषी ठहर गर्दै ज्ञवालीलाई ४ वर्ष कैद र १२ करोड ५० लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। महानगरीय […]

राजस्व छलि गरेको आरोपमा २ ओटा फर्मविरुद्ध मुद्दा दायर

वैशाख २, काठमाडौं । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा न्यू राहुल मोवाइल सेन्टर सहित दुई ओटा फर्मविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ  ।   उनीहरुबाट ३० करोड २८ लाख २ हजार ५७९ रुपैयाँ बिगो असुल गरी उक्त फर्महरुका कारोबार सञ्चालक र प्रोप्राइटर तथा बैंक खाता सञ्चालकहरुलाई जरिवाना र कैद मागदाबी गरिएको हो ।  चैत २५ र २६ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज र उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।  मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. ५ बस्ने न्यू राहुल मोवाइल सेन्टरका प्रोपाइटर काजल केशरीबाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदाबी सहित चैत २६ गते उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा दर्ता गरिएको हो ।  मालवस्तु खरीदको विवरण लुकाई छिपाई विक्री गर्दा समेत विजक जारी नगरी र गैर विजक (लुज विल) जारी गरी कानून विपरित छुट्टै खाता तयार गरी कारोबारलाई नदेखाई मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले बताएको छ ।  त्यस्तै, झुटा तथा नक्कली मुअकर विजक प्रयोग गरी राजस्व छली गर्ने वीरगञ्ज महानगरपालिका वडा नं. १२ रानीघाटका ब्याहुत ट्रेडर्स वीरगञ्जका प्रोप्राइटर अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी सहित चैत २५ गते उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरिएको  हो । ब्याहुत ट्रेडर्स वीरगन्जका प्रोप्राइटर अनिल कुमार कलवारले मालबस्तु गैर विजक (लुज विल) मार्फत हाईटेक इन्टरनेशनलसँग खरीद गरी उक्त मालवस्तु खरीदको विवरण लुकाई छिपाई विक्री गर्दा समेत विजक जारी नगरी कानून विपरित छुट्टै खाता तयार गरी कारोबारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोबार गरेको भन्ने गलत र झुटा विवरण पेश गरी मू.अ.कर मा दर्ता समेत नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको आरोप छ  ।