काठमाडौं । नेपाल ईन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोधर कुमार न्यौपानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैद र करिब २६ करोड रुपैयाँ जरिवाना भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश रामबहादुर थापाको इजलासले आइतबार सजाय निर्धारण गर्दै न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार ९५५ रुपैयाँ बिगो भराउने पनि फैसला गरेको छ । […]