राजस्व छलि गरेको आरोपमा २ ओटा फर्मविरुद्ध मुद्दा दायर

वैशाख २, काठमाडौं । झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा न्यू राहुल मोवाइल सेन्टर सहित दुई ओटा फर्मविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ  ।   उनीहरुबाट ३० करोड २८ लाख २ हजार ५७९ रुपैयाँ बिगो असुल गरी उक्त फर्महरुका कारोबार सञ्चालक र प्रोप्राइटर तथा बैंक खाता सञ्चालकहरुलाई जरिवाना र कैद मागदाबी गरिएको हो ।  चैत २५ र २६ गते उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज र उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।  मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं. ५ बस्ने न्यू राहुल मोवाइल सेन्टरका प्रोपाइटर काजल केशरीबाट १२ करोड ३५ लाख २५ हजार २२ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदाबी सहित चैत २६ गते उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा दर्ता गरिएको हो ।  मालवस्तु खरीदको विवरण लुकाई छिपाई विक्री गर्दा समेत विजक जारी नगरी र गैर विजक (लुज विल) जारी गरी कानून विपरित छुट्टै खाता तयार गरी कारोबारलाई नदेखाई मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले बताएको छ ।  त्यस्तै, झुटा तथा नक्कली मुअकर विजक प्रयोग गरी राजस्व छली गर्ने वीरगञ्ज महानगरपालिका वडा नं. १२ रानीघाटका ब्याहुत ट्रेडर्स वीरगञ्जका प्रोप्राइटर अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख ७७ हजार ५५१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी सहित चैत २५ गते उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरिएको  हो । ब्याहुत ट्रेडर्स वीरगन्जका प्रोप्राइटर अनिल कुमार कलवारले मालबस्तु गैर विजक (लुज विल) मार्फत हाईटेक इन्टरनेशनलसँग खरीद गरी उक्त मालवस्तु खरीदको विवरण लुकाई छिपाई विक्री गर्दा समेत विजक जारी नगरी कानून विपरित छुट्टै खाता तयार गरी कारोबारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोबार गरेको भन्ने गलत र झुटा विवरण पेश गरी मू.अ.कर मा दर्ता समेत नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको आरोप छ  ।

सम्बन्धित सामग्री

तीन कम्पनीविरुद्ध उच्च अदालत मुद्दा दायर, ५६ करोड मागदाबी

राजस्व अनसन्धान विभागले ठगी मुद्दाको आरोपमा तीन कम्पनी विरुद्ध पाटन उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले नक्कली बिल प्रयोग गरि राजस्व छलि गर्ने बारा जितपुरको दुई वटा फर्म युनिक लुद्दिन इन्टरनेशनल प्रालि र न्यू माया ट्रेड कन्सर्न र अबैध सुन ओसारपसारमा संलग्न काठमाडौं स्थित मैतीदेवीको बुद्ध ज्वेलरी वर्कशपलाई कारबाही गरेको हो । विभागका अनुुसार युनिक लुनिले वस्तु खरिद नै नगरि नक्कलि मूल्य अविवृद्धि बिल प्रयोग गरि ५ करोड ३५ लाख १२ हजार ८०४ रुपैयाँ मूल्य अभिवृद्धि कर, ९ करोड ३४ लाख २७

३० करोड राजस्व छलि गरेको आरोपमा २ फर्म विरुद्ध मुद्दा दायर

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा न्यू राहुल मोवाइल सेन्टर सहित २ वटा फर्म विरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको छ  ।  उनीहरुबाट  ३० करोड  २८  लाख २ हजार ५ सय ७९ रुपैया बिगो असुल गरी उक्त फर्महरुका कारोवार संचालक र प्रोप्राइटर तथा बैक खाता संचालकहरुलाई ...

५६ करोड राजश्व चुहावटको अभियोगमा पाँच कम्पनी विरुद्ध मुद्दा दायर

काठमाडौं : नक्कली भ्याट बिल प्रयोग गरि ५६ करोड बढी राजस्व छलि गर्ने पाँच कम्पनी विरुद्ध राष्ट्रिय अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। बारा, पर्सा, सिराहा र उदयपुरका पाँच वटा व्यापारीक फर्म विरुद्ध विभागले शुक्रबार मुद्दा दायर गरेको हो।विभागका अनुसार पर्सा जिल्लाको पर्सागढी नगरपालिका–४ स्थित ओम श्रीराम इन्टरप्राइजेज सहित सिराहाको बारा करैयामाई गाउँपालिका–७ मा सञ्चालित एभरेष्ट नेपाल ट्रेड कन्सर्न, महोत्तरी पिपरा गाँउपालिका–५ को द भिजन इन्टरप्राइजेज, पर्सा वीर