प्रतिबन्ध नहटेसम्म इरानले जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने

इरानका वरिष्ठ नेता अली सालेजेगाले आफूमाथि लागेका सम्पूर्ण प्रतिबन्ध नहटेसम्म पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । ग्लासगोमा जारी जलवायु सम्झौतामा सालेजेगाले यस्तो अडान राखेका हुन् । प्रतिबन्धका कारण उर्जा तथा अन्य क्षेत्रमा पनि इरानको विकास कार्य रोकिएको उनले बताएका छन् ।इरान विश्वको आठौं ठूलो कार्बन उत्सर्जक हो । तर, पेरिस जलवायु सम्झौतामा हस्ताक्षर नगर्ने थोरै मुलुकमध्ये यो पनि पर्छ ।  पछिल्लो समय यहाँ दीर्घकालिन उर्जा क्षेत्रमा विदेशी लगानी घटेको छ । जसकारण, उत्सर्जन बढेक

सम्बन्धित सामग्री

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान

फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल र युरोपेली संघबीच सम्झौतामा हस्ताक्षर

काठमाडौँ : नेपाल सरकार र युरोपेली संघबीच दुईवटा वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ।शुक्रवार अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तरीय शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयुकी स्थायी प्रतिनिधि नोना डेप्रेजले हस्ताक्षर गरे।‘गुणस्तरीय शिक्षा सबैका लागि’ विद्यालय शिक्षा क्षेत्र योजनाका लागि ५ करोड यूरो अर्थात् ७ अर्ब ३८ करोड नेपाली रुपैयाँ

वनमा आश्रित समुदायको उत्थान गर्न विश्व बैंकको अनुदान

जलवायु कार्यमा वनमा आश्रित आदिवासी जनजाती र स्थानीय समुदायको उत्थान गर्न विश्व बैंकले ५८ करोड रुपैयाँ अनुदानदिने भएको छ ।विश्व बैंक र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाबीच बुधबार अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।नेपालको वन क्षेत्रमा आदिवासी जनजाति र स्थानीय समुदायको क्षमता सुदृढ गर्न ४.५ अमेरिकी मिलियन डलर अथार्त करिब ५८ करोड रुपैयाँको अनुदान सम्झौतामा हस्ताक्षर […]

नेपाल र विश्व बैंकबीच १३ अर्ब रुपैयाँको ऋण सम्झौतामा हस्ताक्षर

काठमाण्डाै – नेपाल सरकार र विश्व बैंकबीच १० करोड अमेरिकी डलर अर्थात् झन्डै ३ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको हरित, उत्थानशील र समावेशी विकासका लागि यो ऋण सम्झौता भएको हो । यसमा नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्ने प्रस्तावित बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि व...

विश्व बैंकले थप १५ करोड अमेरिकी डलर नेपाललाई दिने

काठमाडाैं : विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ।नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि विश्व बैंकले सो रकम ऋण सहायता स्वरुप नेपाललाई उपलब्ध गराउने सम्झौता भएकाे हो।बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव मधु कुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।कोभिड महामारी,

प्रतिबन्ध हटाए मात्रै पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्छौँ : इरान

आफूमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएमात्रै इरानले पेरिस जलवायु सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ । इरानका वरिष्ठ नेता अली सालेजेगाले अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण मुलुकको ऊर्जालगायतका विभिन्न क्षेत्रको विकासमा बाधा पुगेको बताएका छन् ।

अस्ट्रेलियालाई छैन जलवायु परिवर्तनको चिन्ता, दशकौंसम्म कोइला बेच्ने

अस्ट्रेलियाले भविष्यमा पनि दशकौंसम्म कोइला बेच्ने सोमवार बताएको छ ।  जलवायु परिवर्तनलाई रोक्न जीवाष्म इन्धनलाई हटाउँदै जाने सम्झौतामा हस्ताक्षर गर्न नमानेको अस्ट्रेलियाको यो भनाइ आएको हो । ग्लास्गोमा चलिरहेको कोप२६ जलवायु सम्मेलनमा ४० भन्दा बढी देशले कोइलाको प्रयोग निर्मूल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसमार्फत पृथ्वीको तापक्रम १.५ देखि २ डिग्री सेल्सियससम्ममा राख्ने लक्ष्य लिइएको छ । अस्ट्रेलिया तथा कोइला प्रयोग गर्ने चीन र अमेरिका जस्ता मुलुकहरूले यस प्रतिबद्धतामा हस्ताक्षर गरेनन् ।  ‘हामीले कोइलाख...

नेपालसहित विश्वका सयभन्दा धेरै देश वन विनाश रोक्न सहमत

काठमाण्डाै - विश्वका एक सयभन्दा धेरै देशले सन् २०३० भित्रमा वन विनाश  रोक्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नेपालसहित अमेरिका, बेलायत, क्यानडा, ब्राजिल, रुस, चीन, इन्डोनेसिया, पाकिस्तान, कङ्गोलगायतले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्बनडाइअक्साइड कटौतीका लागि महत्त्वपूर्ण भूमिका रहेका रुख काटिँदा जलवायु परिवर्तनमा सहयोग पुग्ने गरेको छ । जलवायु सम्मेलन कोप–२६ मा भएको महत्त्वपूर्ण सम्झौतामा वन संरक्षण तथा पुनर्स्थापना लागि थप वित्तीय लगानीको वाचा समेत गरिएको छ । वाचा कार्यान्वयनमा ल्याउन खर्च हुने १९ दशमल...

जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि

विश्व ओजोन तह दिवस बिहीबार वातावरण संरक्षणका विभिन्न पहल कदमीका साथ मनाइँदै छ । सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानिकारक तत्त्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तहको विनाश गर्ने हानिकारक तत्त्वहरूमा क्लोरोफ्लोरोकार्व, कार्बनडाइअक्साइडलगायत अन्य विभिन्न ९४ वटा रसायन पर्छन् । ओजोन तहको विनाशकै कारण जलवायु परिवर्तनको नकारात्मक असरसँगै बर्सेनि तापक्रम वृद्धि भइरहेको छ । वातावरण विभागका...